News & Events »

व्यवसायिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न (२०७९ श्रावण १२)

Business Interaction

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा एक दिवसीय व्यवसायिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता र संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष जिवनकाजि माकजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र उज्वल चौलागाई, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिव राजाराम कार्की, नेपाली काग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक बसन्त कुमार पाण्डे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतम, मकवानपुर चेम्बर अफ कमर्शका अध्यक्ष माधव न्यौपाने, मउवासंघका कार्यसमिति सदस्यहरु, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका पदाधिकारी, संघका सदस्य दिनेश उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरलगायत उद्योगी/व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव दिपक उप्रेती, उपाध्यक्ष उज्वल चौलागाई, अध्यक्ष कृष्ण कुमार गुप्ता, पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, संघका पूर्व उपाध्यक्ष तथा पर्यटन व्यवसायी भागिरथ शर्मा, मकवानपुर चेम्बर अफ कमर्शका अध्यक्ष माधव न्यौपाने, संघका सल्लाहकार महेन्द्र राउत, पत्रकार सुदिप सिवाकोटी, संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र मउवासंघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले विभिन्न चरणको क्रममा क्रमशः मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले हेटौंडामा नापतौल कार्यालय स्थापना, उद्योगी/व्यवसायीहरुलाई एक अंकको व्याजदरमा बैंक कर्जा प्रवाह, एल.सी. कार्यान्वयनमा सहजता, गरगहना आयातको लागि सहजता, औद्योगिक क्षेत्रको जमिन भाडा अस्वभाविक तथा अप्रत्यासित बृद्धिको निर्णय यथासिघ्र खारेजी, जिर्ण उद्योग संचालनमा ल्याउन सहुलियत पुनर्कर्जा, हेटौंडा कपडा उद्योग सिघ्र संचालन, मयुरधाप विस्तारित औद्योगिक क्षेत्र सिघ्र संचालन, ई.आई.ए/आई.ई.ई को व्यवस्थामा सरलिकरण, एकद्धार प्रणालीबाट उद्योग दर्ता, नया उद्योग स्थापना गर्न औद्योगिक क्षेत्रमा सहज जमिनको उपलब्धता आवश्यक रहेको भनाई राख्नुहुदैं मन्त्री दिलेन्द्र प्रसाद बडूसमक्ष ज्ञापन पत्र पेश गर्नुभएको थियो ।

Business Interaction1
त्यसैगरी संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्तव्य राख्नुहुदै उद्योग/व्यवसायको अवस्था र समस्या स्थानीयस्तरमा पुगी जानकारी लिन प्रभावकारी हुने र समाधान गर्न सहज हुने विश्वास लिएको, देशको अर्थतन्त्र सहज नभएको, आयातमा निर्भरता बढनुका साथै निर्यातको अपेक्षा पूरा गर्न नसकिएकोले व्यापार घाटा निम्त्याइरहेको बताउनु भयो । उहाले मुलुकको राष्ट्रिय उत्पादन र निर्यातजन्य उत्पादन बढाउन आवश्यक रहेको त्यसका लागि नीति निर्माण गरेको, सरकारले चलाएका दश वटा औद्योगिक क्षेत्र पूर्ण रुपमा संचालन हुन नसकेको, औद्योगिक क्षेत्रमा जमिन ओगटेर उद्योग संचालन नगरेकाको हकमा निर्णायक समाधान खोजिने बताउनु भयो । राष्ट्रिय उत्पादन बढाउन चलिरहेका उद्योगहरु पूर्ण क्षमतामा चालाउनु पर्ने, बिराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग जस्ता उद्योगहरु पुनः संचालनमा ल्याउनु पर्ने र नया उद्योगहरु स्थापना गर्नुपर्ने उहाको भनाई थियो । हेटौंडा कपडा उद्योग पुनः संचालन गर्न बजेट विनियोजन भइसकेको र निजी क्षेत्रले संचालन गर्न चाहेमा प्रक्रिया प्रारम्भ गरिने उहाले बताउनु भयो । बिदेशी मुद्रा संचिति र व्यापार घाटा घटाउन उद्योगहरुको साठी प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने, सुनशरीमा ६५० बिगा र सुदुरपश्चिमको हरैयामा ३२० बिगा जमिन उद्योग स्थापनाको लागि छुट्याइएको, औद्योगिक क्षेत्र नै निजी क्षेत्रले चलाउन चाहे भाडामा उपलब्ध गराउन सकिने, नापतौल कार्यालय हेटौंडामा स्थापना गर्न काठमाडौं गएपछि तुरुन्तै लाग्ने, झन्झट घटाउन उद्योग दर्ताको लागि एकल विन्दु सेवा केन्द्रको अवधारणामा मन्त्रालयले तयारी गरेको, सिमेन्ट, क्लिंकर र फुटवेयरमा देश आत्मनिर्भर भइसकेको, दैलेखको पेट्रोलियम पदार्थ निकाल्दा लागत भन्दा उत्पादन धेरै हुने देखिए उत्पादन शुरु गरिने, विजुली उत्पादन गरी एलपिजि ग्या“स खपत घटाउन सकिने र आरक्षको समस्या हटाएर मयुरधाप विस्तारित औद्योगिक क्षेत्र संचालन गरिने उहाले बताउनु भएको थियो ।

Business Interaction2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback