News & Events »

रिद्धिसिद्धि सिमेन्ट उद्योग सुचारु (२०७९ आषाढ १०)

रिद्धिसिद्धि सिमेन्ट उद्योग शुक्रबारबाट संचालनमा आएको छ । विवादको कारण बन्द भएको उद्योग पुनः सुचारु भएको हो । उद्योग संचालनको लागि सरोकारवालाहरुको शुक्रबार छलफलबाट समाधान निकालिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति उज्जल चौलागाईको संयोजकत्वमा समस्याको सम्बोधन गर्ने तय भएपछि उद्योग संचालनमा आएको हो ।

सिमेन्ट उत्पादनको लागि आवश्यक कच्चा पदार्थ भारतीय सवारीसाधनबाट ढुवानी भएको सम्बन्धमा अध्ययन गरिने, वैज्ञानिक भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याइने र उद्योग आजैबाट संचालनमा आउनेगरी समस्याको तात्कालिन समाधान गरिएको संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनु भएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback