News & Events »

योजना कार्यशाला गोष्ठी सम्पन्न (२०७८ पौष १७)

Planning Workshop1

मकवानपुर उद्योग वाणिज्य संघको तीन दिवसीय योजना कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा गोष्ठीको शुभारम्भ गरिएको थियो । नया कार्यसमिति चयन भइसकेपछि संघको लक्ष्य तथा उद्देश्य प्राप्तिको लागि समान धारणा तथा कार्यदिशा बनाउन संघको समाथ्र्य तथा चुनौतिहरु पहिचान गर्न र आपसी सदभाव बढाउन योजना कार्यशाला गोष्ठी अयोजना गर्ने गरिएको छ ।

 

Planning Workshop2

२०७८ पौष १५ गतेदेखि १७ गतेसम्म नवलपारसीको देवचुली नगरपालिका वडा नं. १७ मा उक्त योजना कार्यशाला गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Planning Workshop3

योजना कार्यशाला गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका कार्यक्रम अधिकृत अरुण श्रेष्ठले संघको क्षमता मूल्याङ्कन सम्बन्धमा सहजिकरण गर्नुभएको थियो । त्यसैगरी प्रमुख सहजकर्ताकोरुपमा आशुतोष तिवारीले कार्ययोजना तयारीमा सहजिकरण गर्नुभएको थियो । उहाले मिटिड्ड प्रोसिजर तालिमसमेत प्रदान गर्नुभएको थियो । योजना कार्यशाला गोष्ठीबाट तीन वर्षीय कार्यकालभित्र सम्पादन गरिने विभिन्न संस्थागत क्रियाकलापहरुको कार्यतालिकासहितको सूची तयार गरिएको छ । यसले संघको दिर्घकालिन हित तथा योजनाहरुमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback