News & Events »

मोबाइल बैंकिड्ड सम्बन्धी एक दिवसीय तालिम सम्पन्न (२०७९ जेष्ठ १३)

training1

मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी विकास समितिले शुक्रबार मोबाइल बैंकिङ्ग सम्बन्धी एक दिवसीय तालिम सम्पन्न गरेको छ । समितिका सभापति अंकिता सुमार्गीको अध्यक्षतामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिममा महालक्ष्मी विकास बैंक, हेटौंडा शाखाका प्रमुख शम्भु प्रसाद पराजुली र अपरेसन ईन्चार्ज अन्जना ढुसुजुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

training2
कार्यक्रममा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, सहकोषाध्यक्ष निलम पाण्डे, कार्यसमिति सदस्यद्वय निलम वैद्य, सितादेवी भेटवाल, महिला उद्यमी विकास समितिका पूर्व सभापति सरिदी श्रेष्ठ, महालक्ष्मी विकास बैंक, हेटौंडा शाखाका सुपरभाइजरद्वय रामेश्वर अर्याल, रुषेश कुमार जोशीलगायत महिला उद्यमी विकास समितिका पदाधिकारी, सदस्य तथा अन्य महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
तालिममा समितिका सदस्य विमला अधिकारी, सचिव रिना गौतम, सभापति अंकिता सुमार्गी, मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल र अध्यक्ष कृष्ण कुमार गुप्ताले मन्तव्य राख्नु भएको थियो । अनलाइन प्रविधिबाट बैंकिङ्ग सुविधा लिंदा विभिन्न भुक्तानीमा सहज हुने, चोरी तथा झण्झट नहुने, समयको बचत हुने जस्ता सुविधाको बारेमा चर्चा गरिएको थियो ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback