News & Events »

माटो जोगाऔं अभियान बारे संघमा छलफल (२०७९ आषाढ ३)

Save soil
माटो जोगाऔं अभियानका अभियन्ताहरुलाई शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघमा स्वागत गरिएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा देशव्यापी रुपमा माटो जोगाऔं अभियानको लागि ३५०० किलोमिटर दौडन काठमाडौंबाट जेष्ठ ३० गतेदेखि सुरुभएको धावक नविन पुन मगरलगायतको टोलीलाई हेटौंडामा स्वागत गरिएको हो । स्वागत तथा छलफल कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले माटो जीवनको लागि अत्यन्त महत्वपूर्ण रहेकोले भावी पुस्ताको लागि पनि माटो जोगाउन पर्ने धारणा राख्नु भएको थियो ।
माटो जोगाऔं अभियानका अभियन्ताहरुको टोलीलाई प्राज्ञिक विद्यार्थी नेपाल र ईशा फाउण्डेशन नेपालका प्रतिनिधिहरुले पनि हेटौंडाको बुद्धचोकमा विभिन्न नाराहरु उद्घोष गर्दै स्वागत एवम् अभिनन्दन गरेको उनीहरुले बताएका थिए ।
२०७९ आषाढ ४ गते शनिबार बिहान ७ बजेदेखि साईकल तथा पैदल -याली गरी ८ बजे मकवानपुर उद्योग वाणिज्य संघको हलमा माटो जोगाऔं अभियान अन्तर्गत मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम रहेको आयोजकले बताएका छन् । सो कार्यक्रममा सहभागि हुन मकवानपुरवासीलाई उनीहरुले अनुरोध गरेका थिए ।

Save soil1



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback