News & Events »

महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसंग छलफल (२०८० जेष्ठ १२)

FNCCI team

मकवानपुर उद्योग वाणिज्य संघमा महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसंग छलफल कार्यक्रम आयोजना गरिएको थियो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभापतित्वमा कार्यक्रम गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले कार्यक्रममा मन्तव्य राख्नुहुदै औद्योगिक क्षेत्र व्यवस्थापनमा संघको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, नापतौल कार्यालय हेटौंडामा आवश्यक रहेको र खाद्य तथा गुण नियन्त्रण कार्यालयको कामकारवाही सरलिकरण गर्न आवश्यक रहेको बताउनु हुदै सोको लागि सहजिकरण गरिदिन नेपाल उद्योग वाणिज्य महासंघका उपस्थित केन्द्रीय नेतृत्व समक्ष अनुरोध गर्नुभएको थियो ।
संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवालले बैंकिङ समस्या समाधान हुनुपर्ने बताउनु भएको थियो । उहाले बागमती प्रदेश मन्त्रालयहरुसंग प्रदेशका अन्य जिल्लाका उद्योग वाणिज्य संघहरुको कुनै कामको लागि समन्वय आवश्यक भएमा मकवानपुर उद्योग वाणिज्य संघबाट सहयोग हुने बताउनु भएको थियो ।

FNCCI team1
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यले मन्तव्यको क्रममा बैंकिङ समस्या समाधानको लागि सरोकारवाला निकायहरुसंग समन्वयको प्रयास भइरहेको बताउनु भएको थियो । उहाले महासंघका विभिन्न विषयगत समितिहरु सहभागितामूलक बनाई समितिका कामकारावहीमा प्रभावकारिता ल्याउने प्रयत्न भइरहेको, जिल्ला नगर उद्योग वाणिज्य संघको नेतृत्व रहने गरी ऐलानी कृषि योग्य जमिनहरु लिजमा लिन महासंघबाट पहल भइरहेको बताउनु भएको थियो ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछेयु र जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दिपक उप्रेतीलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु सविन श्रेष्ठ, अमरेशचन्द्र बैदार, अनिलकृष्ण श्रेष्ठ, बेद बहादुर श्रेष्ठ, मञ्जु कुमार कोजु श्रेष्ठ, तारा बहादुर कार्कीलगायत बागमती प्रदेशका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

FNCCI team2

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback