News & Events »

मनहरीका व्यवसायीको परिवारलाई बीमा रकम प्रदान (२०७९ श्रावण १०)

Insurance1

दुर्घटनामा परी ज्यान गुमाउनु भएका मनहरी बजारका भा“डा व्यवसायी राजु प्रसाद साहको परिवारलाई बीमा बापतको रकम भुक्तानी गरिएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बीमा बापतको रकम रु. ५ लाखको चेक मृतक व्यवसायीका छोराहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
बैशाख २८ गते घरको छतबाट लडेर निधन हुनु भएका राजु प्रसाद साहका छोराहरु भगवान र आनन्दलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले व्यवसायिक हीतका लागि बीमा अनिबार्य भएको मनहरीको घटनाले पुष्टि गरेको बताउनुभएको थियो । उहा“ले अन्य व्यवसायीहरुलाई पनि समयमै संघको सदस्यता नवीकरण, व्यवसायिक र दुर्घटना बीमालगायतका कार्यहरुमा ध्यान दिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, कार्यसमिति सदस्य कुल प्रसाद चौलागाई, नेत्र प्रसाद खतिवडा, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछानेको सहभागिता रहेको थियो । चेक हस्तान्तरण समारोहमा वरिष्ठ उपाध्यक्ष तथा संघको बीमा समितिका संयोजक अग्रवालले बीमाको महत्वबारे प्रकाश पार्नु भएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपसभापति गणेशमान मानन्धरले समापन गर्नु भएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिमा आबद्ध रहेका मनहरीका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Insurance

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback