News & Events »

मउवासंघद्धारा व्यवसायीलाई सहयोग (२०७८ पौष २२)

Donation to fire victim

मकवानपुर उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हित कोषबाट बिहीबार एक व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता र व्यवसायी हितकोष व्यवस्थापन समितिका संयोजक अनिल भक्त श्रेष्ठको संयोजनमा एक कार्यक्रम आयोजना गरी रु. पचासहजार सहयोग गरिएको हो । हेटौंडा–८ मा आर के किराना स्टोर्सको नामबाट व्यवसाय गर्दै आउनुभएका रामकृष्ण लामिछानेको पसलमा आगलागी भई ठूलो क्षति पुगेको थियो । उहालाई संघको सचिवालयमा निम्त्याई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । संघले २०७२ सालमा व्यवसायी हितकोष स्थापना गरी दैवी विपत्ति परेका व्यवसायीहरुलाई सहयोग गर्दै आएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनु भयो । संयोजक अनिल भक्त श्रेष्ठले हितकोषमा पर्याप्त रकम जम्मा गर्न सकेमा सहयोग रासी बढाउन सकिने बारे चर्चा गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback