News & Events »

मउवासंघद्धारा चर्को बैंक व्याज विरुद्ध विरोध -याली (२०७९ आश्विन ७)

मकवानपुर उद्योग वाणिज्य संघले चर्को बैंक व्याजको विरुद्ध शुक्रबार विरोध -याली आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा संघमा आवद्ध विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु र उद्योगी/व्यवसायीहरुको सहभागितामा हेटौंडा–२ स्थित पल्पसा सदन परिसरबाट शुरुभएको -याली नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा ज्ञापनपत्र बुझाएर अध्यक्ष कृष्ण कुमार गुप्ताबाट मन्तव्य राखेपश्चात कार्यक्रम समापन गरिएको थियो । -यालीमा विभिन्न नारासहितको प्लेकार्ड र हातमा कालोपट्टी बाधी शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको थियो ।

Protest

महाभूकम्प, नाकावन्दी, कोरोना माहामारी जस्ता अकल्पनीय परिस्थितिले नेपाली अर्थतन्त्रमा गम्भीर चोट पुग्नुका साथै बढ्दो महंगी र आर्थिक मन्दीले नेपाली अर्थतन्त्र श्रीलंकाको जस्तो दुर्घटनामा नपरोस् भन्ने चिन्ता रहेको अध्यक्ष कृष्ण कुमार गुप्ताले हस्ताक्षर गरी पेश गर्नुभएको ज्ञापनपत्रमा उल्लेख छ ।

Protest1
बस्तु तथा सेवाको व्यापारमा निरन्तर गिरावट आइरहनुका साथै वडा दशैंको संघारमा आइपुग्दासमेत चहलपहल नबढ्नूले उद्योगी/व्यवसायी र नागरिकको व्यापार तथा क्रयशक्तिमा परेको दुष्प्रभावको रुपमा संघले चित्रण गरेको छ । साथै नेपाल सरकारले ठोस समाधानको मार्ग पहिल्याउन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको छ ।
राज्यलाई करमार्फत योगदान गर्ने उद्योग/व्यवसाय क्षेत्रलाई संकटको घडीमा संरक्षण आवश्यक भएको जनाइएको छ । राज्यले बेवास्ता गरे उद्योग/व्यवसाय धरासायी हुने र लगानीकर्ता निरुत्साहित हुनुका साथै राष्ट्रिय ज्ञान तथा पूजी पलायन भई राज्यलाई अपूरणीय क्षति हुनसक्ने भएकोले नेपाल सरकारबाट उपयुक्त पहलको लागि अनुरोध गरिएको छ ।
हालको चिन्ताजनक अवस्थामा बैंकिङ्ग क्षेत्रलाई बेलगाम छोड्नाले उद्योग/व्यवसाय क्षेत्र र आम नागरिकको संकट थप चुलिने सम्भावना बढ्न सक्नेतर्फ सचेत गराइएको छ । चर्को बैंक व्याजको भार उद्योगी/व्यवसायी तथा सर्वसाधारणलाई दिइरहदा नियामक निकायहरु संवेदनशील हुन पर्ने संघले जनाएको छ । संकटको समयमा सन्तुलित नियमन राज्यले गर्नुपर्ने र बैंक व्याजको दर एक अंकमा सिमित गर्नुपर्ने संघको माग रहेको बताइएको छ । बैंकहरुले पनि समस्याको समयमा नाफा मात्रै नहेरी जिम्मेवार हुन संघले अनुरोध गरेको छ । उद्योग/व्यवसाय क्षेत्र ध्वस्त भएमा त्यसको स्वभाविक दुष्प्रभाव बैंकिङ्गलगायत सबै क्षेत्रमा पर्ने भएकोले सबैको दिगो र सुदृढ भविष्य सुनिश्चितताको लागि नेपाल सरकार तथा सबै जिम्मेवार निकायहरुप्रति सुखद परिणाममुखी पहलकदमीको लागि संघले उक्त ज्ञापनपत्रमार्फत अनुरोध गरेको छ ।
ज्ञापनपत्र हस्तान्तरण गरिसकेपछि संघका अध्यक्ष कृृष्ण कुमार गुप्ताले सहभागि उद्योगी/व्यवसायीहरुलाई सम्बोधन गर्नुहुंदै यो प्रारम्भिक चरणको विरोध कार्यक्रम रहेको र समाधानको लागि ठोस पहल नभई समस्या गहिरिने अवश्था आएमा थप सशक्त विरोधका कार्यक्रमहरु गर्नुपर्ने भएकोले सबैलाई तयार रहन आग्रह गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback