News & Events »

बैंकर्ससंग मउवासंघको छलफल (२०७९ आषाढ २४)

Bank related1

मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार बैंकर्ससंग छलफल कार्यक्रम गरेको छ । बैंकिड्ड कारोवारमा आइरहेका विभिन्न समसामयिक समस्याहरुबारे बैंकर्ससंग छलफल गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बैंकर्स मकवानपुरका अध्यक्ष रमेशराज घिमिरे, संघका पदाधिकारीहरु, बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु र विभिन्न बैंकका शाखा प्रवन्धकहरुको उपस्थिति रहेको थियो ।
बैंकबाट व्याज असुलीका लागि समयअघि नै ताकेता गर्ने गरेको, नया“ कर्जा निकासा नदिएको, कतिपय विषयमा सहजता भन्दापनि झन्झट सिर्जना गरिदिएको, कहिलेकाही विना जानकारी व्याज बढाउने गरेको, नियमित किस्ता व्याज बुझाउने व्यवसायीको कारोवारमा आएको मन्दीले समयमै बुझाउन नसक्दा बैंकले सहिदिनु पर्ने जस्ता भनाईहरु उद्योगी÷व्यवासायीहरुको थियो । त्यसैगरी बैंकको तर्फबाट शाखासंग प्रशस्त अधिकार नहुने, केन्द्रीय बैंक, राष्ट्र बैंक र नेपाल सरकारसंग कतिपय विषयहरु जोडिने, बैंक पनि व्यवसाय नै भएकोले नाफा खोज्ने जस्ता भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षहरु प्रमोद सिंह रानाभाट, उज्वल चौलागाई, राजु अधिकारी, महासचिव दिपक उप्रेती, सचिव राजाराम कार्की, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछाने, अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष पवन कुमार अग्रवाल, कपडा व्यवसायी जावेद हुसेन, सुनचा“दी व्यवसायी प्रेम शाक्यलगायतले आफ्नो धारणा राखेका थिए । उद्योगी÷व्यवसायीको कारण बैंक चल्ने र बैंकको कारण उद्यँेग÷व्यवसाय चल्ने भएकोले मित्रवत सम्बन्ध कायम हुनुपर्ने छलफलमा चर्चा गरिएको थियो ।

Bank related

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback