News & Events »

बैंक व्याज र एल.सि. सम्बन्धमा मउवासंघको ज्ञापनपत्र (२०७९ बैशाख १४)

GypanPatra

मकवानपुर उद्योग वाणिज्य संघले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । बैंक व्याजको दर, सोमा भएको अनियन्त्रित बृद्धि र एल.सि. सम्बन्धी समस्या समाधान हुनुपर्ने व्यहोरा समेटिएको ज्ञापनपत्र बुधबार बुझाइएको हो । मउवासंघ अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेमार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई उक्त ज्ञापनपत्र बुझाएको हो । टोलीमा संघका उपाध्यक्ष राजु अधिकारी, महासचिव दिपक उप्रेती, सचिव माधव ज्ञवाली, सदस्यहरु अनिलभक्त श्रेष्ठ, प्रदिप अर्याल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछाने र कार्यकारी सचिव पवन कार्कीको सहभागिता रहेको थियो ।


मउवासंघका अध्यक्ष गुप्ताले पटक–पटकको कोभिड महामारीलगायतका समस्याहरुले आक्रान्त भएको अवस्था र हाल चिन्ता गरिएको आर्थिक मन्दि जस्ता समस्याहरु भइरहेको समयमा बैंक व्याजदरमा भएको बृद्धि उद्योगी/व्यवसायीहरुको लागि चिन्ताको विषय बनेको बताउनु भएको छ । सो बृद्धि निर्मम रहेको र समग्रमा यसले राष्ट्र हित नगर्ने उहाको भनाइ रहेको छ । नेपाल सरकार र राष्ट्र बैंकमार्फत बैंकहरुलाई निर्देशन जारी गरी बैंक व्याज एक अंकको दरमा कायम गराउन र एल.सि. सम्बन्धी पछिल्लो व्यवस्था खारेज गरी साविक अनुसार नै गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

GypanPatra1

GypanPatra2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback