News & Events »

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे तथा मन्त्रीहरुको मउवासंघद्धारा स्वागत (२०७८ मंसिर १५)

Welcome to Chief Minister & Ministers

मकवानपुर उद्योग वाणिज्य संघले बुधबार बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र प्रदेशका मन्त्रीहरुको हेटौंडामा स्वागत तथा सम्मान गरेको छ । संघद्धारा निर्माण गरिएको पल्पसा सदनमा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । बागमती प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, माननीय सामाजिक विकास मन्त्री कुमारी मोक्तान र माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालको सहभागिता रहेको थियो । उहाहरुलाई संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले टिका तथा दोसल्लालगाई फोटोफ्रेम प्रदान गरी सम्मान गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

संघका महासचिव दिपक उप्रेतीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले सडकको दायाबाया २५/२५ मिटर सडक विस्तारको विकल्पमा बैकल्पिक सडकलाई राजमार्ग निर्माण गर्नुपर्ने, नापतौल कार्यालय मकवानपुर जिल्लामा हुनुपर्ने, औद्योगिक क्षेत्र प्रदेश मातहत हुदा उपयुक्त हुने, नया उद्योगहरुलाई कर छुट दिएर भएपनि भित्र्याउनु पर्ने, लकडाउनले उद्योग/व्यवसाय क्षेत्र धरासायी रहेको, मकवानपुर जिल्लामा १८ वर्ष मुनिकालाई कोभिड बिरुद्धको खोप आवश्यक भएको, अन्य देशहरुमा नया भेरियन्टको प्रभाव सुरुभएको समाचार आइरहेकोले कोभिड बिरुद्ध बुष्टर डोजको प्रबन्ध गर्नुपर्ने जस्ता विषयहरु आफ्नो मन्तव्यको क्रममा राख्नुभएको थियो ।
केन्द्रीय सदस्य अरुणराज सुमार्गीले मकवानपुर जिल्ला अन्तर्गत हेटौंडाको पूर्वी भाग आर्थिक क्षेत्रको हिसावले सम्भावनायुक्त रहेको, पल्पसा परिसरमा प्रदेश सरकारको समन्वयमा मल्टिकम्प्लेक्स बनाउन सकिने जस्ता भनाईहरु राख्नुभएको थियो । त्यसैगरी संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले हेटौंडाको पश्चिमतर्फ तीनताप्केमा एयरपोर्टको सम्भावना रहेको, कैलाली उद्योग वाणिज्य संघको सम्लग्नतामा कैलालीमा पिपिपि अवधारणामा एयरपोर्ट निर्माणको काम भएको, दाङ्गमा स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा त्यहाको उद्योग वाणिज्य संघले व्यवस्थापन गर्नेगरी मल्टिकम्प्लेक्स निर्माणको काम भएकोले मकवानपुर जिल्लामा पनि त्यस्ता कामहरु गर्न सकिने विषयहरुमा चर्चा गर्नुभएको थियो ।
मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्तव्यको क्रममा भीमफेदी–काठमाडौं सडकखण्ड तिब्र गतिमा निर्माण गर्न पहल गरिएको, हेटौंडादेखि नारायणगढसम्ममा मात्र सयौं खाल्डाखुल्डीहरु रहेकोले सडकलाई स्तरीय नबनाई विद्युतीय बस संचालन गर्न नसकिने, हेटौंडा–काठमाडौं अन्तर्गतको सडकखण्डमा सुरुङ्गमार्ग निर्माणको लागि छोटो कार्यअवधि बाकी भएको सरकार र न्यून बजेटले सम्भव नहुने, राजमार्गको स्थान परिवर्तन गर्न सक्ने अधिकार संघीय सरकारमा रहेको, नापतौल कार्यालयको व्यवस्था गर्न सहजिकरण गरिने, औद्योगिक क्षेत्रहरु अभिभावकविहिन जस्तो देखिएको, वैदेशिक रोजगारीमा जानेलाईसमेत सवारी लाइसेन्स आवश्यक पर्ने भएकोले ट्रायल सेन्टरहरु निजी क्षेत्रको लागानीमा प्रशस्तरुपमा खोलिनुपर्ने, दक्ष जनशक्ति निर्माण गर्नसके स्वदेशमै वा विदेशमा पनि राम्रो आयआर्जनमा सम्लग्न हुन सकिने, खोप आउने क्रममा रहेकोले व्यवस्थापन गरिने, निजी क्षेत्र उत्पादनमूलक उद्योगहरु निर्माणमा लाग्नुपर्ने, आर्थिक क्षेत्रको सम्भावनाहरुको विषय आदीमा आगामी दिनहरुमा थप छलफल गरिने बताउनु भएको थियो ।

Welcome to Chief Minister & Ministers1



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback