News & Events »

बस्तुगत सम्मान कार्यक्रम सम्पन्न (२०७९ बैशाख १६)

welcome10

संघले शुक्रबार दुईवटा बस्तुगत संघका नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । दामोदर प्रसाद अटलको अध्यक्षतामा रहेको हेटौंडा अटोमोबाइल एशोसिएशन र राजु नेपालको अध्यक्षतामा रहेको मकवानपुर मुद्रण उद्योग संघका पदाधिकारी तथा सदस्यहरुलाईलाई स्वागत तथा सम्मान गरिएको हो ।

welcome11

कार्यक्रममा मउवासंघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बस्तगत संघहरुको उत्साह बढाउन र आपसी सम्बन्ध सुमधुर बनाउन स्वागत कार्यक्रमको थालनी गरिएको अध्यक्ष गुप्ताले कार्यक्रममा बताउनुभयो । त्यसैगरी बस्तुगत संघका अध्यक्षहरुले स्वागत ग्रहण गर्नुहुदै स्वागत तथा सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै बस्तुगत संघका समस्याहरु हल गर्न मउवासंघले पहल गर्ने विश्वास लिएको बताउनु भएको थियो । कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, बस्तुगत संघका अध्यक्ष दामोदर प्रसाद अटल र राजु नेपाल, संघका उपाध्यक्ष राजु अधिकारी, सचिव माधव ज्ञवाली र कार्यसमिति सदस्य प्रदिप अर्यालले मन्तव्य राख्नुभएको थियो ।

welocme12

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback