News & Events »

बस्तुगत संघको मउवासंघद्धारा स्वागत (२०७९ जेष्ठ १६)

welcome12

मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न बस्तुगत संघहरुको नव निर्वाचित कार्यसमितिलाई स्वागत गर्ने कार्यको केही समय अघिदेखि थालनी गरेको छ । यसअघि विभिन्न बस्तुगत संघको नव निर्वाचित कार्यसमितिलाई संघमा निम्त्याई स्वागत तथा छलफल गरिसकेको मउवासंघले सोमबार व्यावसायिक बाख्रापालन संघको नव निर्वाचित कार्यसमितिलाई मउवासंघमा स्वागत गरेको हो । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बाख्रापालन संघको बागमती प्रदेश, मकवानपुर जिल्ला र हेटौंडा नगरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने मउवासंघका पदाधिकारी तथा सदस्यहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
मउवासंघका अध्यक्ष कुष्ण कुमार गुप्ताले बस्तुगत संघहरुको महत्व रहेको, व्यवसायीहरु आफ्नो क्षेत्रको विज्ञ आफै रहेको र उहांहरुलाई प्रोत्साहित गर्न कार्यक्रम सहायक हुने भनाई राख्नुभएको थियो । त्यसैगरी व्यावसायिक बाख्रापालन संघका नव निर्वाचित जिल्ला अध्यक्ष झंकनाथ सुवेदीले मउवासंघको काम प्रति धन्यवाद ज्ञापन गर्दै बाख्रापालनमा ५० प्रतिशतसम्म नोक्सानी भइरहेकोले केन्द्र, प्रदेश र नगरपालिकामा आफ्ना समस्याहरु समाधानको लागि माग पेश गरिएको भनाई राख्नुहुदै मउवासंघबाट पनि आवश्यक पहलको लागि अनुरोध गर्नुभएको थियो ।

welcome15



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback