News & Events »

प्रहरी प्रमुखलाई मउवासंघको स्वागत (२०७९ श्रावण १५)

welcome13

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभापतित्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नव आगन्तुक प्रमुख, प्रहरी उपरिक्षक बामदेव गौतमको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत मन्तब्य राख्नुह“ुदै जिल्लाको समस्या र सम्भावना बुझेको प्रहरी प्रमुख पाउनु अत्यन्त खुशीको विषय रहेको बताउनु भयो । उद्योगी÷व्यवसायीलाई सुरक्षित व्यवसाय संचान गर्न सहयोग पुग्ने आशा व्यक्त गर्दै निजी क्षेत्रकोतर्फवाट पुर्ण सहयोग हुने वताउनु भयो । साथै सुखद बसाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि प्रहरी उपरीक्षक बामदेव गौतमले सवैको साथ, सहयोग, सुझावबाट अगि बढने, सिसिटिभीको लागि हेटौडा उपमहानगरपालिकासंग समन्वय गरिने, ट्राफिक व्यवस्थापन, लागु औषध प्रयोगलाई निरुत्साहन, मोटरसाईकल चोरी नियन्त्रण, व्यवसायिक सुरक्षालगायतका विषयहरुमा कानूनी परिधिभित्र रहेर काम गर्ने उहा“ले बताउनु भयो ।
आफु मकवानपुर जिल्लामा रहेर काम गरिसकेकोले सवैको साथ र सहयोग पाउने अपेक्षा व्यक्त गर्नुहुंदै उक्त सहयोग र सदभावले आफुलाई थप जिम्मेवार र योगदान गर्न प्रेरित गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्वल चौलागाई, राजु अधिकारी, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याललगायतले आफ्ना भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रममा सचिव राजाराम कार्की, सहकोषाध्यक्ष निलम पाण्डेलगायत कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback