News & Events »

प्रहरी उपरीक्षक गुरुङ्गको संघद्वारा स्वागत (२०७८ मंसिर १२)

SP Welcome Program

मकवानपुर जिल्लामा भर्खरै सरुवा भई आउनुभएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गलाई संघले आइतबार स्वागत गरेको छ । संघको बैठक कक्षमा एक कार्यक्रम गरी उहालाई स्वागत गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले मन्तव्य राख्नुहुदै प्रहरी उपरीक्षकज्यूको कार्यकाल सफलताको शुभकामना दिनुहुदै जिल्लाको बस्तुस्थिति, विगतमा जिल्ला प्रहरी कार्यालयसंग भएका सहकार्य, लागूपदार्थको नियन्त्रण, उद्योग/व्यवसाय क्षेत्रमा सुरक्षा, पार्किङ्ग व्यवस्थापन, ट्राफिक व्यवस्थापनको लागि हेभी गाडी बाइपासबाट प्रयोग र फुटपाथ व्यवस्थापनको बारेमा बोल्नुभएको थियो । त्यसैगरी सल्लाहकार अशोक शाक्य, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष राजु अधिकारी, कार्यसमिति सदस्यहरु दिवस पराजुली, तेजराज अधिकारीलगायतले प्रहरी उपरीक्षकज्यूको कार्यकाल सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसैगरी प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले आफ्नो कार्य अवधिमा उद्योग वाणिज्य संघसंग सहकार्य गरिने, उद्योग/व्यवसाय क्षेत्रको हीतका साथसाथै विभिन्न सामाजिक गतिविधिहरुमा उद्योग वाणिज्य संघले काम गर्ने गरेको आफूले बुझेको, यातायात क्षेत्र र दुर्व्यसनी नियन्त्रणमा काम गर्न जरुरी रहेको उहाले औल्याउनु भयो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback