News & Events »

प्रजिअ राजेन्द्र देव पाण्डेको मउवासंघद्धारा हेटौंडामा स्वागत (२०७९ आषाढ २०)

welcome11

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार नव आगन्तुक प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा स्वागत कार्यक्रम भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, संघका सल्लाहकार हिरालाल श्रेष्ठ, महेन्द्र राउतलगायत संघका पदाधिकारी, सदस्य तथा बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले मन्तव्य राख्नुहु“दै संघको स्थापना, गतिविधि, कृषि, पर्यटन, ट्राफिक व्यवस्थापन, व्यवसायिक समस्याहरु र शान्तिसुरक्षा बारे आफ्नो भनाईहरु राख्नु भएको थियो । छलफलमा संघका उपाध्यक्ष उज्वल चौलागाई, सल्लाहकार हिरालाल श्रेष्ठ, केन्द्रीय सदस्य अरुणराज सुमार्गी, कार्यसमिति सदस्य नरेन्द्र भण्डारीलगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नाकावन्दी तथा प्राकृतिक विपत्तिको समयमा संघले खेलेको भूमिका, तरलता अभावले पार्न सक्ने समस्या, कर प्रशासन, महत्वपूर्ण भूमिका निर्वाह गरेका उद्योगी व्यवसायीलाई सरकारको सम्मान कार्यक्रममा प्राथमिकता, चोरी नियन्त्रण, उद्योगी÷व्यवसायीका समस्याहरु सम्बन्धमा चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले उद्योगी÷व्यवसायीहरुको सहजताको लागि आफ्नो भूमिका रहने, गलतको विरुद्ध उद्योगी÷व्यवसायीको साथ पाउने, जिल्ला प्रशासन कार्यालयबाट सहजिकरण गर्नुपर्ने विषयहरु सहजिकरण गरिने, समग्र हितको लागि लाग्नेलगायतका भनाइहरु राख्नु भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback