News & Events »

पल्पसा आइसोलेशन सेन्टरबाट सेवा स्थगित (२०७८ आषाढ ३१)

COVID Help Desk 3.31

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरको सेवा स्थगित गरिएको छ । आइसोलेशनमा स्वास्थ्यलाभ लिइरहनुभएका बाकी ४ जनालाई बिहीबार बिदाई गर्दै सेवा स्थगित गरिएको हो । नेपाल सरकारबाट सरकारीस्तरका आइसोलेशन संचालन गर्ने तर निजीस्तरका आइसोलेशनहरुले संक्रमितबाट शुल्क लिएर मात्र सेवा दिनुपर्ने गरी पछिल्लो व्यवस्था गरेको छ । सोही अनुरुप स्वास्थ्य कार्यालय मकवानपुरलेपनि आषाढ १८ गतेपश्चात पल्पसा आइसोलेशन सेन्टर संचालनको सम्झौता निस्क्रिय हुने जानकारी गराएको थियो । कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालले भन्नुभयो –‘आषाढ ३१ गतेसम्म स्वयमसेवी हिसावले व्यवस्थापन कार्यमा हामी जुट्यौ र आइसोलेशनमा रहेको संक्रमितहरु सरकारको मापदण्डअनुसार हाल संक्रमण मुक्त हुनुभएकाले उहांहरुको विदाई गर्दै पल्पसा आइसोलेशन सेन्टर स्थगित गरेका हौं’ । पल्पसा आइसोलेशन सेन्टर २०७८ जेष्ठ १९ गतेबाट संचालनमा आएको थियो भने २०७८ आषाढ ३१ गतेबाट स्थगित गरिएको हो ।

COVID Help Desk 3.31 (6)

पल्पसा आइसोलेशन सेन्टरको सफल संचालनमा चारजना नर्सहरुको अहम भूमिका थियो । नर्सहरु पवि लामा सिन्तान, कविता सापकोटा, मुस्कान पौडेल र प्रिती घिमिरेबाट कोभिड बिरामीहरुको नियमित चेकजांच गर्नुभएको थियो । उहांहरुले २४ सै घण्टा सेवा प्रदान गर्नुभएको थियो ।
त्यसैगरी अनमी दिव्या बस्नेत, अहेब प्रविन पुडासैनीको उल्लेख्य भूमिका रहेको थियो । पल्पसा आइसोलेशन सेन्टरमा रहेका कोभिड संक्रमितहरुको लागि डाक्टर ओजश्वी पोखरेल वा डाक्टर मुकेश कुमार शाहबाट दैनिक स्वास्थ्य परामर्श प्रदान गरी आइसोलेशनको सफल संचालनमा सघाउनु भएको थियो ।

कोभिड हेल्प डेस्क मकवानपुरका सचिवालय सदस्य एबम् सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगरका अध्यक्ष राम विष्टमार्फत केन्द्रको स्वामित्वमा रहेको एम्बुलेन्स २४ घण्टा निःशुल्क सुविधा प्रदान गर्नेगरी पल्पसा आइसोलेशन सेन्टरमा तयार अवस्थामा राखी सेवा प्रदान गरिएको थियो ।

कोभिड हेल्प डेस्क मकवानपुरबाट बिहीबार दुई सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा १२, रमनटारका एकजना र मकवानपुर गढी ५, धादिङ्गका एकजना बिरामीका लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।


हेल्प डेस्कबाट बिहीबार ८५० थान माक्स निःशुल्क वितरण गरिएको छ । हेल्प डेस्कबाट सितलमहल चोक र मउवासंघ चोकबाट मास्क वितरण हुदैं आएको छ ।

 COVID Help Desk 3.31 (7)

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback