News & Events »

पदयात्रा तथा आशिर्वाद प्रदान कार्यक्रम सम्पन्न (२०७९ भाद्र ४)

The art of living
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा स्वस्थ, सुशासन, शान्ति, स्नेह र सद्भाव पदयात्रा तथा आशिर्वाद प्रदान कार्यक्रम गरिएको छ । द आर्ट अफ लिभिङ्गका स्वामी पुर्णतेज जीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पल्पसा सदनबाट शुरु गरिएको पदयात्रा काग्रेस चोक–हरिकुञ्ज रोड-परिजातपथ-अजरअमर रोड-मेनरोड हुदै मउवासंघको सभाकक्षमा पुगी आशिर्वाद प्रदान कार्यक्रममा परिणत भएको थियो । जहा स्वामीले द आर्ट अफ लिभिङ्गले संचालन गरिरहेको ह्यापिनेश कार्यक्रमको बारेमा जानकारी तथा सामान्य योगाभ्यास गराउनु भएको थियो । कार्यक्रममा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, गोरख गण मकवानपुरका गणपति सुवास चन्द्र महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतम, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत मोहलाल जिसि, हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, नारायणी संघ हेटौंडाका पूर्व अध्यक्ष बद्री प्रसाद चौलागाई, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष गणेश प्रसाद भेटुवाल, द आर्ट अफ लिभिड्डका प्रशिक्षकद्वय पल्पसा प्रजापति तथा अनामिका मिश्र, ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्र हेटौंडाका प्रतिनिधिहरु, विभिन्न बस्तुगत संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिज्यूहरु, संघका पदाधिकारी तथा सदस्यहरु, उद्योगी/व्यवसायीलगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रम आयोजना गर्न  दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोग रहेको थियो । 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback