News & Events »

दुई बस्तुगत संघको मउवासंघद्धारा स्वागत (२०७८ चैत्र १६)

मकवानपुर उद्योग वाणिज्य संघले आफ्ना दुई बस्तुगत संघ मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ र मदिरा व्यवसायी संघको नव निर्वाचित कार्यसमितिलाई बुधबार एक कार्यक्रम आयोजना गरी उहाहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ र मदिरा व्यवसायी संघको नव निर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । त्यसैगरी मउवासंघको तर्फबाट सल्लाहकार महेन्द्र राउत, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Welcome4

कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत मन्तव्य राख्नुहुदै दुवै संघका नव निर्वाचित कार्यसमितिको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुहुदै साझा विषयहरुमा संस्थागत सहकार्य रहने बताउनु भयो । साथै समाधान गर्नैपर्ने विषयहरु समाधनको लागि सम्बन्धित निकायहरुमा पहल गरिने बताउनु भयो । छलफलमा मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष पवन कुमार अग्रवाल, महासचिव राजेन्द्र लामिछाने, मदिरा व्यवसायी संघका अध्यक्ष दिपक खत्री, मउवासंघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष राजु अधिकारी र महासचिव दिपक उप्रेतीले मन्तव्य राख्नु भएको थियो ।

Welcome5
छलफलमा बैंक व्याज अत्यधिक बढेको, अवैद्य घरेलु मदिराको कारोवार निरुत्साहित गर्नुपर्ने, जिल्ला भित्रका सुपरमार्केटहरुले जिल्लाकै डिलरबाट सामान खरिद गरिदिनु पर्ने, भिसिटियस भन्सार र उद्योगमा मात्र लगाउनु पर्ने, ट्राफिक, कर सम्बन्धी समस्या जस्ता विषयहरुमा छलफल भएको थियो ।

Welcome6



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback