News & Events »

तीन बस्तुगत संघको नया कार्यसमितिलाई मउवासंघद्धारा स्वागत (२०७८ फागुन १८)

Welcome1

मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न तीन वटा बस्तुगत संघहरुको नव निर्वाचित कार्यसमितिलाई बुधबार संघमा कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । नव निर्वाचित कार्यसमितिको सम्मानमा मउवासंघले स्वागत गर्ने र उहाहरुलाई संस्थागत क्रियाकलाप गर्न प्रोत्साहित गर्ने उद्देश्यले स्वागत कार्यक्रमको थालनी गरिएको हो । संघले निर्माण सामग्री व्यवसायी संघ, मकवानपुर भाडा व्यवसायी संघ र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघको कार्यसमितिलाई स्वागत गरेको हो ।

Welcome3

स्वागत तथा छलफल कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाई, मकवानपुर भाडा व्यवसायी संघका अध्यक्ष हेमराज बानिया र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाईले मन्तव्य राख्नु भएको थियो । उक्त अवसरमा भएको छलफलमा बैंक व्याजदर, भि.सि.टि.यस.लगायत संस्थागत विषयहरुमासमेत छलफल गरिएको थियो ।

Welcome2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback