News & Events »

ट्राफिक व्यवस्थापन सम्बन्धमा छलफल (२०७९ श्रावण ३)

traffic

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा बजारको ट्राफिक व्यवस्थापन सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापा, संघका पदाधिकारी तथा सदस्यहरु र बस्तुगत संघका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भएको हो ।
छलफलमा ट्राफिक पनि व्यवस्थित हुने र व्यवसायीहरुलाई पनि सहज हुने मध्यमार्ग पहिल्याउन सहभागिहरुले आफ्ना भनाईहरु राखेका थिए । सडकको एक तर्फ मात्र पार्किङ्गको व्यवस्था गर्नुपर्ने र हेटौंडा बजारमा पार्किङ्गको लागि उपलब्ध जमिनहरुको उपयोग गर्नुपर्ने छलफल भएको थियो ।
मकवानपुर ट्राफिक प्रहरी प्रमुख मुनेन्द्र थापाले पूर्व निर्धारित उपायहरु अवलम्बन गरिने, ट्राफिक व्यवस्थित गर्न क्रमिक रुपमा सुधार तथा कडाई गर्दै जाने र उद्योगी÷व्यवसायीहरुको पनि साथ रहने अपेक्षा रहेको बताउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेती र क्यान महासंघका अध्यक्ष पुष्पराज पुडासैनीलगायतले मन्तव्य राख्नु भएको थियो । नव नियुक्त मकवानपुर ट्राफिक प्रहरी प्रमुख मुनेन्द्र थापालाई कार्यक्रममा खादा ओढाई स्वागत गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback