News & Events »

जीतपुर–सिमरा उवासंघको भ्रमण टोलीको हेटौंडामा स्वागत (२०७९ आषाढ २१)

welcome12

मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार जीतपुर–सिमरा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई हेटौंडामा स्वागत गरेको छ । जीतपुर–सिमरा उवासंघका अध्यक्ष मोहन प्रसाद शर्माको नेतृत्वमा आएको १५ सदस्यीय भ्रमण टोलीलाई मउवासंघमा एक कार्यक्रम अयोजना गरी स्वागत गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दिपक उप्रेती, सहकोषाध्यक्ष निलम पाण्डे, कार्यसमिति सदस्यहरु कुल प्रसाद चौलागाई, प्रदिप अर्याल, सितादेवी भेटवाल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछानेलगायत जीतपुर–सिमरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
स्वागत कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले मउवासंघको स्थापनादेखि हालसम्मको गतिविधिहरु बारे चर्चा गर्नुभएको थियो भने जीतपुर–सिमरा उवासंघका प्रतिनिधिहरुले राख्नुभएको जिज्ञासा उपर जवाफ दिनुभएको थियो । त्यसैगरी नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले संघ संचालनको लागि गर्नुपर्ने गतिविधि र नेउवामहासंघ कृषि उद्यम केन्द्रले संचालन गरिरहेको १०० किसान अभियान बारे बताउनु भएको थियो । कार्यक्रममा मउवासंघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दिपक उप्रेती, सहकोषाध्यक्ष निलम पाण्डेलगायतले मन्तव्य राख्नुभएको थियो । त्यसैगरी जीतपुर–सिमरा उवासंघका अध्यक्ष मोहन प्रसाद शर्मा र वरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले मन्तव्य राख्नुभएको थियो । जीतपुर–सिमरा उवासंघका अध्यक्ष मोहन प्रसाद शर्माले मकवानपुर जिल्ला जीतपुर–सिमराबासीको लागि सहज पर्यटकीय गन्तव्यको रुपमा रहेको बताउनु भयो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback