News & Events »

चोरी नियन्त्रणको लागि प्रहरी प्रमुखलाई ध्यानाकर्षण (२०७९ श्रावण १३)

Theft

हेटौंडामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएको खबरहरु आइरहेको सन्दर्भमा मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय मकवानपुर समक्ष नियन्त्रणको लागि अनुरोध गरेको छ । संघका कार्यवाहक अध्यक्ष्ँ अनिल अग्रवालको नेतृत्वमा बस्तुगत संघका प्रतिनिधिहरुसहित गएको टोलीले ध्यानाकर्षणको लागि पत्र बुझाएको हो । टोलीमा संघका उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट, राजु अधिकारी, मकवानपुर ग्या“स व्यवसायी संघका अध्यक्ष दिलिश गोविन्द जोशी, हेटौंडा अटो मोबाइल एशोसिएशनका अध्यक्ष दामोदर अटल र मोबाइल एशोसिएशनका अध्यक्ष दिनेश लामाको उपस्थिति रहेको थियो ।
चोरी नियन्त्रण गर्न निरन्तर प्रहरी गस्ती परिचालन, चालु सडक बत्ति र गुणस्तरीय सिसिटिभीको सूचारु अवस्था आवश्यक रहेको जिकिरसहित थप शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले अनुरोध गर्नुभएको थियो । पत्र ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुड्डले तुरुन्तै गस्ती बढाउने आश्वासन दिनुभएको छ ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback