News & Events »

चर्को बैंकव्याज विरुद्ध सात दिने विरोध कार्यक्रम सम्पन्न (२०७९ फागुन ३०)

Protest against Bank

मकवानपुर उद्योग वाणिज्य संघको आह्वानमा भइरहेको चर्को बैंक व्याजको विरुद्धको विरोध कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सात दिनसम्म चलेको विरोधको कार्यक्रममा फागुन २१ गते पहिलो दिन चर्को बैंक व्याज घटाउन बैंकहरुलाई ज्ञापनपत्र बुझाइएको थियो । दोश्रो दिन फागुन २४ गते बागमती प्रदेशभरका २८ वटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा हेटौंडामा विरोध ¥यालीसहित बुद्धचोकमा विरोध सभा गरिएको थियो । उक्त सभालाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठले सम्बोधन गर्नुहु“दै चर्को बैंकव्याजको विरोध गर्नुभएको थियो । तेश्रो दिन फागुन २५ गते हेटौंडाका विभिन्न बैंकहरुमा एक घण्टा धर्ना दिइएको थियो । चौथो दिन फागुन २६ गते पनि हेटौंडाका विभिन्न बैंकहरुमा दुई घण्टा धर्ना दिइएको थियो । पा“चौं दिन फागुन २८ गते बैंकमा नगद जम्मा नगर्न आह्वानसहित बैंकहरुमा धर्ना दिइएको थियो । त्यसैगरी छैठौं दिन फागुन २९ गते बैंकिङ कारोवार नगर्न आह्वानसहित हेटौंडाका विभिन्न बैंकहरुमा धर्ना दिइएको थियो । अन्तिम सातौं दिन फागुन ३० गते हेटौंडाका बैंकहरु बन्द आह्वान गरी विरोधको सात दिनको कार्यक्रम सम्पन्न गरिएको छ ।
मकवानपुर उद्यँेग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले उक्त विरोधको कार्यक्रम संयोजन गर्नुभएको थियो । कार्यक्रमलाई सफल बनाउन नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एशोसिएशन, सुनचा“दी व्यवसायी संघ, कपडा तथा सिलाई व्यवसायी संघ, माछामासु व्यवसायी संघ, कपडा तथा तयारी पोशाक व्यवसायी संघ, मोबाइल एशोसिएशन, फर्निचर व्यवसायी संघ, अटोमोबाइल एशोसिएशनलगायत विभिन्न बस्तुगत संघहरुको सक्रिय सम्लग्नता रहेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले सातौं दिनको विरोध सभालाई सम्बोधन गर्नुहु“दै आन्दोलनले अपेक्षा गरेअनुरुप माग पूरा नभएकाले थप आन्दोलन आवश्यक रहेको बताउनु भएको भएको थियो ।
देहत्याग गरेका व्यवसायी झलक विक्रम शाहको चिरशान्तिको कामना गर्दै मंगलबार साझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन तथा मौनधारणसहित चर्को बैंक व्याजको विरुद्धमा सात दिनको विरोध कार्यक्रम पनि समापन गरिएको थियो ।
समापन कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष वालगोपाल कडेल, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल र मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले चर्को बैंक व्याज र दवावको कारण व्यवसायी झलक विक्रम शाहले देहत्याग गर्नुपरेको बताउनु हु“दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उहा“हरुले चर्को बैंकव्याज विरुद्धको सात दिने विरोध कार्यक्रम सम्पन्न भएपनि आगामी दिनलाई हेरेर थप विरोधका कार्यक्रमहरु आवश्यक हुनसक्ने र त्यसका लागि सबै तयार हुनुपर्ने बताउनु भयो ।
सात दिने विरोध कार्यक्रमका संयोजक तथा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट नेपाल सरकारसंग चर्को बैंकव्याजको विषयमा सम्बाद भएको र समस्या समाधानको लागि आश्वासन प्राप्त भएको बताउनु हु“दै सबै सहयोगी संस्था, बस्तुगत संघहरु, उद्योगी÷व्यवसायीलगायत सदभाव राख्ने अन्य निकायहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback