News & Events »

खोप सबैलाई लगाई बजार खोल्नुपर्ने (२०७८ श्रावण २७)

Donation2

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले गरेका विभिन्न गतिविधिहरुको बुधबार समिक्षा बैठक बसेको छ । बैठकले आवश्यक पर्दा पुनः सक्रिय हुनुपर्नेसम्मको छलफल गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको अध्यक्षतामा छलफल गरिएको थियो । हालसम्म पल्पसा आइसोलेशन सेन्टर संचलानदेखि कोभिड हेल्प डेस्क मकवानपुरको गतिविधि बारे बैठकमा समिक्षा गरिएको थियो । बैठकमा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सरोज खनाल, बासु खतिवडा, शंकरलाल श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । बैठकको समापनपश्चात स्टक रहेको खाद्य सामग्री सहयोग गरिएको छ । रजैयास्थित गुरु आश्रमलाई चामल, दाल, तेल, बिस्कुट, काजु, किसमिस र बदाम सहयोग गरिएको थियो । त्यसैगरी कोभिड १९ को कारण पदमपोखरी, बनस्पतीका एकै परिवारका दुईजना सदस्य मृत्यु भएकोले सो परिवारलाई चामल, दाल, तेल र चाउचाउ सहयोग गरिएको थियो ।

Donation3

बुधबार डिसिसियमसिको बैठकमा मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाट सबै उद्योगी/व्यवसायीलाई भ्याक्सिन उपलब्ध गराई पूर्ण समय बजार खोल्नुपर्ने प्रस्ताव राखिएको छ । संघको तर्फबाट उपाध्यक्ष कृष्ण कुमार गुप्ता उक्त बैठकमा सहभागि हुनुहुन्थ्यो । बाकी स्वास्थ्य सुरक्षाका मापदण्ड व्यवसायीहरुले पनि पालना गर्नुपर्ने उहाको भनाई थियो ।
डिसिसियमसि बैठकमा कोभिड हेल्प डेस्क मकवानपुरमार्फत पल्पसा आइसोलेशन सेन्टर संचालन गरिएको चर्चा गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback