News & Events »

उद्योग वाणिज्य दिवस २०७८ मनाइयो (२०७८ चैत्र २८)

Udhyog Banijya Diwas

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस २०७८ मनाएको छ । हेटौंडाको बसामाडी निवासी दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण गरी उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा उक्त खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो । एकै परिवारका पाच सदस्य मध्ये तीनजना सदस्य दृष्टिविहिन रहेकोले सो परिवारमा आर्थिक समस्या परेको जानकारी आएकोले सहयोग गरिएको कार्यवाहक अध्यक्ष अनिल अग्रवालले बताउनु भएको थियो ।

Udhyog Banijya Diwas1
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गी, कार्यसमिति सदस्यहरु तेजराज अधिकारी, सिता भेटवाल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछानेको सहभागिता रहेको थियो ।
नेपालभरका उद्योग वाणिज्य संघहरुले नेपाल उद्योग वाणिज्य महासंघको आव्हानमा हरेक वर्ष चैत्र २८ गतेको दिन उद्योग वाणिज्य दिवस मनाउने गर्दछन् । महासंघले सो दिन वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस मनाउने प्रचलन छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback