News & Events »

उद्योग वाणिज्य दिवस मनाइयो (२०७९ चैत्र २८)

Mamaghar Nepal

मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार उद्योग वाणिज्य दिवस २०७९ मनाएको छ । हेटौंडा–११ स्थित मामाघर नेपालमा आश्रित बालबालिकाहरुको लागि खाद्यान्न वितरण गरेर उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका उपाध्यक्ष राजु अधिकारीको नेतृत्वमा खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो । उपाध्यक्ष राजु अधिकारीले संघको तर्फबाट चामल, पिठो, तेल, दाल र नुन सहयोग गरिएको बताउनु भयो । कार्यक्रममा संघका सचिव राजराम कार्की, कार्यसमिति सदस्य दिवस पराजुली, कार्यकारी सचिव पवन कार्कीलगायतको उपस्थिति रहेको थियो ।
मामाघर नेपालका स्वयमसेविका आइशा राईले हाल मामाघर नेपालमा ५ वर्षदेखि १६ वर्षसम्मका १६ जना सडक जीवन जिउन बाध्य भएका र आश्रयविहिन हुनपुगेका बालबालिकाहरुलाई संरक्षण गरिरहेको बताउनु भएको छ । कार्यक्रममा उपाध्यक्ष राजु अधिकारीले आफ्नो व्यक्तिगत तर्फबाट २०८० सालभरी मामाघर नेपालमा आश्रित बालबालिकाहरुको लागि आवश्यक संख्यामा दैनिक अण्डा सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback