News & Events »

उद्योग क्षेत्रसंग सम्बन्धित सरोकारवालासंग अन्तक्र्रिया गोष्ठी सम्पन्न (२०७९ आषाढ २१)

Industry related program

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकारको अयोजना र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवशीय उद्योग क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरुसंग अन्तक्र्रिया गोष्ठी सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकारका सचिव विश्वबाबु पुडासैनीको अध्यक्षता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठको प्रमुख आतिथ्यता, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेको विशिष्ट आतिथ्यता, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको आतिथ्यता र प्रदेशस्तरका उद्योगसंग सरोकारवाला संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको कार्यक्रममा सहागिता रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश, नेपाल उद्योग परिसंघ बागमती प्रदेश, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश अन्तर्गतको महिला उद्यमी समिति, हस्तकला महासंघ, मकवानपुर चेम्बर अफ कमर्श, उद्यँेग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले उद्योगका विषयमा प्रस्तुतिकरण दिनु भएको थियो । त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकारका अधिकृत किशोर सापकोटाले उद्योग क्ष्ँेत्रसंग सम्बन्धित ऐनद्धारा व्यवस्था गरिएको विभिन्न सुविधाहरुलगायतका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।
नेपालको राष्ट्रिय गानबाट प्रारम्भ भएको कार्यक्रममा परिचयात्मक, मन्तव्य, कार्यपत्र प्रस्तुति, अन्तक्र्रिया हुदैं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकारका सचिव विश्वबाबु पुडासैनीको समापन मन्तव्यसहित कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाई, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले मन्तव्य राख्नुभएको थियो भने सहभागिहरुले अन्तक्र्रिया खण्डमा आफ्ना भनाईहरु राख्नुभएको थियो ।
कार्यक्रममा हस्तकला उद्योगमा ठूलो रोजगारीको सम्भावना रहेको, औद्योगिक क्षेत्रको विस्तारको लागि पूर्वाधार निर्माणमा तिब्र गतिमा काम हुनुपर्ने, उद्योगको लागि सरकारी सेवाहरु एकद्धार प्रणालीबाट हुनुपर्ने, प्रदेश सरकारको बजेट प्रस्तुति अघि उद्योगी व्यवसायीहरुसंग अन्तक्र्रिया गर्नुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने, तयारी बस्तुभन्दा कच्चा पदार्थको भन्सार दर न्यून हुनुपर्नेलगायतका विषयहरुमा चर्चा गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback