News & Events »

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई मउवासंघको ज्ञापन पत्र (२०७९ बैशाख ५)

Request for Naap Taul Office

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठलाई नापतौल कार्यालय हेटौंडामा राख्न अनुरोधसहित ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा सचिव माधव ज्ञवाली, कार्यसमिति सदस्य प्रदिप अर्याल र कार्यकारी सचिव पवन कार्की सम्मिलित टोलीले मन्त्रालय पुगी अनुरोध गरेको थियो । मन्त्री मिलन बाबु श्रेष्ठले नापतौल कार्यालय हेटौंडामा राख्नको लागि आफूले काम अघि बढाउने टोलीलाई बताउनु भएको छ ।

देश संघीयतामा गएपनि नापतौल कार्यालय हेटौंडामा नरहेकोले बागमती प्रदेशअन्तर्गत मकवानपुरका उद्योगी/व्यवसायी अर्को प्रदेशमा गएर नापतौल उपकरणहरुको दर्ता नविकरण गर्न वाध्य भएको जिकिर गरिएको थियो ।
नापतौल कार्यालय नहुदा उद्योगी/व्यवसायीहरुले ढक, काटा, लिटर, मिटर जस्ता बिक्रीको क्रममा मापन गर्ने उपकरणहरुको नापजाचको लागि असहजता भोग्दै आएका छन् । अनावश्यक झन्झट तथा जरिवाना पनि व्यहोर्दै आएका छन् । कतिपय समयमा अद्यावधिक भएका नियमहरु समयमै जानकारी नपाउदा ठूलो जरिवाना र त्रासको अवस्था सिर्जना हुने गरेको अध्यक्ष गुप्ताले बताउनु भयो ।
हाल नापतौल कार्यालय मधेस प्रदेशको वीरगंजमा रहेको छ । जसको कारण सहज समन्वय छैन । नापतौलका उपकरणहरुको दर्ता र नविकरण शुल्क पनि यसरी अरु प्रदेशमा बुझाउन जान परेको अवस्था संघीयताको हिसावले पनि सहि नभएको अध्यक्ष गुप्ताको भनाइ रहेको थियो । हेटौंडामा नापतौल कार्यालय नहुनू र सोही कार्यालयको मापदण्ड पुरा नगरेको भनि कतिपय समयमा कारवाही हुनू न्यायपूर्ण नभएको उहाको तर्क थियो । 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback