नेपाल सरकार, कृषि मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रलाई विभिन्न जिल्लामा एक गाऊ एक उत्पादन कार्यक्रम उपलब्ध गराएपश्चात महासंघबाट यस मकवानपुर उद्योग वाणिज्य संघले संचालन गर्नेगरी उक्त एक गाऊ एक उत्पादन कार्यक्रम अन्तर्गत किवी फल उत्पादन तथा बजारिकरणसंग सम्बन्धित रहेर विभिन्न क्रियाकलापहरु संचालन गरेको थियो । यो कार्यक्रम वि.सं. २०७०/७१ देखि २०७३/७४ सम्म संचालन गरिएको थियो । किवी फल उत्पादन समुन्द्री सतहबाट करिब १२०० देखि २४०० मिटरसम्मको उचाई रहेको जमिनमा मात्र सम्भव भएको पाइन्छ । तसर्थ मकवानपुर जिल्लाको उक्त उचाई भित्र रहेका क्षेत्रहरुमध्ये पालुङ, बज्रवाराही, नामटार आदि क्षेत्रमा किसान समूह गठन गरी तालिम, विरुवा, प्याकेजिङ, बजारिकरण जस्ता विभिन्न स्वीकृत कार्यक्रमहरुमा संघले भूमिका निर्वाह गरेको थियो । कार्यक्रम प्रति किसानहरुको आकर्षण, उत्साह र मेहनत देखिएको थियो भने कार्यक्रम समग्रमा सफल भएको थियो ।