मकवानपुर उद्योग वाणिज्य संघले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । बैंक व्याजको दर, सोमा भएको अनियन्त्रित बृद्धि र एल.सि. सम्बन्धी समस्या समाधान हुनुपर्ने व्यहोरा समेटिएको ज्ञापनपत्र बुधबार बुझाइएको हो । मउवासंघ अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेमार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई उक्त ज्ञापनपत्र बुझाएको हो । टोलीमा संघका उपाध्यक्ष राजु अधिकारी, महासचिव दिपक उप्रेती, सचिव माधव ज्ञवाली, सदस्यहरु अनिलभक्त श्रेष्ठ, प्रदिप अर्याल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछाने र कार्यकारी सचिव पवन कार्कीको सहभागिता रहेको थियो ।
मउवासंघका अध्यक्ष गुप्ताले पटक–पटकको कोभिड महामारीलगायतका समस्याहरुले आक्रान्त भएको अवस्था र ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले सोमबार बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठलाई नापतौल कार्यालय हेटौंडामा राख्न अनुरोधसहित ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा सचिव माधव ज्ञवाली, कार्यसमिति सदस्य प्रदिप अर्याल र कार्यकारी सचिव पवन कार्की सम्मिलित टोलीले मन्त्रालय पुगी अनुरोध गरेको थियो । मन्त्री मिलन बाबु श्रेष्ठले नापतौल कार्यालय हेटौंडामा राख्नको लागि आफूले काम अघि बढाउने टोलीलाई बताउनु भएको छ ।
देश संघीयतामा गएपनि नापतौल कार्यालय हेटौंडामा नरहेकोले बागमती प्रदेशअन्तर्गत मकवानपुरका उद्योगी/व्यवसायी अर्को प्रदेशमा गएर नापतौल उपकरणहरुको दर्ता नविकरण गर्न वाध्य भएको जिकिर गरिएको थियो ।
नापतौल कार्यालय नहुदा उद्योगी/व्यवसायीहरुले ढक, काटा, ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस २०७८ मनाएको छ । हेटौंडाको बसामाडी निवासी दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण गरी उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा उक्त खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो । एकै परिवारका पाच सदस्य मध्ये तीनजना सदस्य दृष्टिविहिन रहेकोले सो परिवारमा आर्थिक समस्या परेको जानकारी आएकोले सहयोग गरिएको कार्यवाहक अध्यक्ष अनिल अग्रवालले बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गी, कार्यसमिति सदस्यहरु ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले वीरगंज उद्योग वाणिज्य संघको टोलीलाई शनिबार हेटौंडामा स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी टोलीलाई हेटौंडामा स्वागत गरिएको हो । वीरगंज उवासंघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताको नेतृत्वमा टोली हेटौंडा आएको थियो । टोलीमा वीरगंज उवासंघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, सचिव अरविन्द्र अमात्य, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सदस्यहरु रविन्द्र वर्णवाल, मनोज शर्मा, सुरेशकुमार रुंगटा, अंकित खेतान, प्रमोदकुमार चौरसिया, कार्यकारी सचिव सुनिलकुमार कण्ठ र अधिकृत खड्ग रावलको सहभागिता रहेको थियो । त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्वल चौलागाई, राजु ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले आफ्ना दुई बस्तुगत संघ मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ र मदिरा व्यवसायी संघको नव निर्वाचित कार्यसमितिलाई बुधबार एक कार्यक्रम आयोजना गरी उहाहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ र मदिरा व्यवसायी संघको नव निर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । त्यसैगरी मउवासंघको तर्फबाट सल्लाहकार महेन्द्र राउत, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत मन्तव्य राख्नुहुदै दुवै संघका नव निर्वाचित कार्यसमितिको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुहुदै साझा विषयहरुमा संस्थागत सहकार्य रहने ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको अयोजनामा एक दिवशीय श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल एशोसिएसन नेपालको संयुक्त सहकार्यमा श्रम बजार सर्वेक्षण कार्य हाल देशका विभिन्न जिल्लासहित मकवानपुर जिल्लामा भइरहेको छ । सर्वेक्षण कृषि, पर्यटन र निर्माण व्यवसायमा केन्द्रित रहेर भइरहेको हो । सर्वेक्षणले नेपाल सरकारका सम्बन्धित निकायलाईसमेत योजना तर्जुमा गर्न भावि दिनमा सहयोगी हुने विश्वास लिइएको छ । त्यसैगरी रोजगारदाता र दक्ष व्यक्ति बीच उपयुक्त ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न तीन वटा बस्तुगत संघहरुको नव निर्वाचित कार्यसमितिलाई बुधबार संघमा कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । नव निर्वाचित कार्यसमितिको सम्मानमा मउवासंघले स्वागत गर्ने र उहाहरुलाई संस्थागत क्रियाकलाप गर्न प्रोत्साहित गर्ने उद्देश्यले स्वागत कार्यक्रमको थालनी गरिएको हो । संघले निर्माण सामग्री व्यवसायी संघ, मकवानपुर भाडा व्यवसायी संघ र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघको कार्यसमितिलाई स्वागत गरेको हो ।
स्वागत तथा छलफल कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाई, मकवानपुर भाडा व्यवसायी संघका अध्यक्ष हेमराज बानिया र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाईले मन्तव्य राख्नु भएको थियो । उक्त ... Read More