झ भएको गोली प्रहारको घट्नाप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
स्वच्छ उद्योग व्यापार गरी मुलुकको आर्थिक विकास गर्न निरन्तर लागि परेका उद्योगी व्यवसायीहरुको प्रतिष्ठामा हुदै आएका यस्ता गोली प्रहार, बम विस्फोट, अपहरण, हत्या, आतंक जस्ता अपराधिक घट्नाले व्यवसायिक क्षेत्र थप धराशायी र त्रस्त हुन पुगेको छ । यस्तो हुनु जो कोहीको पक्षमा पनि हितकारी नहुने भएकोले यो संघ घोर भर्त्सना गर्दछ ।
अतः घट्नाको निष्पक्ष छानविन तथा दोषीलाई तत्काल कारवाही गरी उद्योगी व्यापारी व्यवसायीहरुको जीवन रक्षा तथा व्यवसायको संरक्षण गर्न गराउन, सुरक्षाको प्रत्याभूति गर्न र शान्ति सुरक्षा बनाई भविष्यमा यस्ता निन्दनीय कार्य पूनः दोहोरिन नदिन यो संघ जोडदार माग गर्दछ ।