Membership
General Member
Events & Activities
Tender & Quotations
Tourism Information
Sahid Samarak, Hetauda
Makwanpur Gadi
Photo Gallery
Downloads
Links
Feedback / Contact
 
 
Events & Activities
 
संघको नवनिर्वाचित कार्यसमितिको पद विभाजन

संघको नवनिर्वाचित कार्यसमितिको दोश्रो बैठकबाट निम्नानुसार पद विभाजन गरिएको छ ।

प्रथम उपाध्यक्ष    ः   श्री प्रकाश ढकाल
द्वितीय उपाध्यक्ष  ः   श्री धु्रवप्रसाद पराजुली
तृतीय उपाध्यक्ष  ः   श्री राजकुमार न्यौपाने
महासचिव         ः   श्री माधव न्यौपाने
कोषाध्यक्ष         ः   श्री दीपकशर्मा ढकाल
सचिव              ः  श्री महेन्द्र राउत
सहकोषाध्यक्ष      ः  श्री अनिल अग्रवाल
सहसचिव          ः  श्री रेणु ज्ञवाली

संघमा नयाँ नेतृत्व

मकवानपुर उद्योग वाणिज्य संघको मिति २०६८ माघ ६, ७ र ८ गते सम्पन्न ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचनले भुवनलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिनु भएका श्रेष्ठले आफ्ना प्रत्यासी शर्मिला डंगोललाई पराजित गर्नुभई विजय हात पार्नुभएको हो । निर्वाचन परिणाम लगत्तै सोमबार एक कार्यक्रमको आयोजना गरी विजयी नयाँ कार्यसमितिलाई सपथग्रहण र पदस्थापना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाललाई सफल बनाउन सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यसका लागि अग्रजहरुले गरेका राम्रा कामको निरन्तरता दिंदै सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । उहाँले आफूलाई विजयी गराउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकाललाई सफल बनाउन आवश्यक सहयोग पु¥याउन समेत आग्रह गर्नुभयो । सोही कार्यक्रममा बोल्नु हुँदै निवर्तमान अध्यक्ष अरुणराज सुमार्गीले नयाँ कार्यसमितिले आफ्नो सहयोग र भूमिकाको आवश्यकता ठानेमा त्यसका लागि आफू सदैव तयार रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष पदका प्रत्यासी शर्मिला डंगोलले चुनावी परिणामलाई स्वीकार गर्दै आफू पराजित भएतापनि आगामी दिनमा संघ र उद्योगी व्यवसायीहरुको हक हितका पक्षम काम गर्न नयाँ कार्यसमितिको साथमै रहने प्रतिबद्धता जाहेर गर्नुभयो । संघको ८ गते सम्पन्न निर्वाचनबाट वाणिज्यतफ उपाध्यक्षमा राजकुमार न्यौपाने र एशोसियटतर्फ धु्रवप्रसाद पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ भने उद्योगतरफ प्रकाश ढकाल मतदान प्रकृयाबाट चयन हुनुभएको छ । वाणिज्यतर्फ सदस्यहरुमा दीपकशर्मा ढकाल, अनिल अग्रवाल, सुशिलप्रसाद सेनुरिया बानियाँ, कृष्णकुमार गुप्ता अग्रवाल, महेन्द्र राउत र दिवस पराजुली विजयी हुनुभएको छ । वाणिज्यतर्फ नै महिला आरक्षणतर्फ सुशिला पाण्डे मानन्धर निर्वाचित हुनुभएको छ । एशोसियटतर्फ सदस्यहरुमा कृष्ण कटुवाल, विष्णु खनाल र गणेश भेटवाल विजयी हुनुभएको छ भने उद्योगतर्फ सदस्यहरुमा लवशेर विष्ट, प्रमोद सिंह राणाभाट, नन्दुकृष्ण श्रेष्ठ र माधव न्यौपाने निर्वाचित हुनुभएको छ । उद्योगतर्फ महिला आरक्षणमा रेणु ज्ञवाली, वस्तुगततर्फ सदस्यपदमा यमबहादुर सिलवाल र कृष्णबहादुर कार्की, एशोसियटतर्फ बहुराष्ट्रिय सदस्य आरक्षणमा अम्बरबहादुर थापा र हेटौंडा औद्योगिक क्षेत्रबाट नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ । मउवासंघका पूर्व अध्यक्ष हिट्लर विशेतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत तथा संघका कानूनी सल्लाहकार रामनारायण विंडारीले अध्यक्ष श्रेष्ठलाई सपथग्रहण गराउनुभएको थियो भने अन्य निर्वाचित पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष श्रेष्ठले सपथग्रहण गराउनु भएको थियो ।

संघको ४५ औं वार्षिक साधारण सभा हुने

मकवानपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभा यही माघ ६, ७ र ८ गते हुने भएको छ । ४५ औं वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यको प्रमुख आतिथ्यमा हुनेछ । माघ ६ गते वार्षिक साधारण सभाको कार्यक्रम रहेको छ भने ७ गते उम्मेद्वारी मनोनयन तथा ८ गते निर्वाचन कार्यक्रम रहेको छ । वार्षिक साधारण सभामा महासंघका उपाध्यक्षहरुलगायत केन्द्रीय सदस्यहरु तथा जिल्ला/नगर उवासंघका अध्यक्षहरुको उपस्थिति रहनेछ ।
राष्ट्रिय औद्योगिक व्यापार मेला भव्यताका साथ सम्पन्न

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा यही कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला भव्यताका साथ सम्पन्न गरिएको छ । मकवानपुर जिल्लाको आर्थिक, सामाजिक, सा“स्कृतिक विकासका लागि संघले प्रत्येक दुइ वर्षमा मेलाको आयोजना गर्ने कार्यक्रम बमोजिम यस पटक ११ दिने मेला कार्यक्रमको आयोजना गरिएको हो । “नेपालीको आशलय, समृद्धिको लागि व्यवसाय” भन्ने मूल नाराका साथ सम्पन्न मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन तथा विक्री वितरण हुनुका साथै आन्तरिक पर्यटनको विकासमा पनि महत्वपूर्ण योगदान पुगेको संघका अध्यक्ष अरुणराज सुमार्गीले बताउनुभयो । उहाले यस मेलाको सफलताले आगामी २ वर्षपछि हुने मेलाको स्वरुप परिवर्तन गर्दै नेपाल र भारतबीच औद्योगिक तथा व्यापार प्रवद्र्धन गर्न द्विराष्ट्रिय मेला गर्ने योजना रहेको पनि बताउनुभयो । मकवानपुरवासीका साथसाथै छिमेकी जिल्लाहरु बारा, पर्सा, चितवन, रौतहट, सिन्धुली, धादिङ, काठमाडौंलगायत देशका विभिन्न स्थानबाट गरी करीब २ लाख २५ हजारले मेलाको अवलोकन गरेका थिए । मेलामा स्थानीय तथा राष्ट्रिय उत्पादनहरुका समेत गरी ३ सय ९ वटा स्टलहरु राखिएका थिए । माननीय अर्थमन्त्री वर्षमान पुनबाट उद्घाटन गरिएको यस मेला अवधिभर १३ करोड बराबरको कारोबार भएको थियो । मेला मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघ, आयोजक जिल्ला विकास समिति मकवानपुर, हेटौंडा नगरपालिका, सहआयोजक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षेत्रीय कृषि निर्देशनालय, कृषि विकास कार्यालय मकवानपुर तथा विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरु रहेका थिए भने प्रवद्र्धकको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको सहयोग रहेको थियो । मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य, घरेलु तथा हस्तकलाका सामाग्रीहरु, शैक्षिक, अटो, खाना, आई.टी. संग सम्बन्धित विभिन्न सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो । मेलालाई थप आकर्षण प्रदान गर्न दैनिकरुपमा राष्ट्रियस्तरका कलाकारहरुको बाक्लो जमघट गराईएको थियो । स्थानीय व्याण्ड तथा कलाकारहरुको पनि दैनिक प्रस्तुति रहेको थियो भने जिल्लाका गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले ‘हिमस्टार हेटौंडा आईडल’ कार्यक्रमको पनि आयोजना गरिएको थियो । साथै जिल्ला विकास समिति मकवानपुरको सहयोगमा लोपोन्मुख पञ्चेबाजा प्रतियोगिताको पनि आयोजना गरिएको थियो । मेलाको उद्घाटन अवसरमा नै स्व. माधवराज स्मृति कोषद्वारा बैकल्पिक मार्ग निर्माण सहयोगार्थ रु. १ करोडको चेक प्रमुख अतिथि माननीय अर्थमन्त्री वर्षमान पुनज्यूमार्पmत संघलाई हस्तान्तरण गरिएको थियो । मेलामा बालबालिकाहरुका लागि भव्य बालउद्यानको व्यवस्था गरिएको थियो भने अटो, आई.टी,, कृषि, उद्योग, विद्युतीय सामाग्रीहरु, गार्मेन्ट्स, रेष्टुरेण्ट, घरेलु तथा हस्तकला उद्योगहरुका अलगअलग पेभेलियनहरु राखिएका थिए । मेलामा नया“ प्रश्तुतीको रुपमा कम्प्यूटरको निःशुल्क सर्भिसिड्ड क्याम्पको पनि व्यवस्था मिलाइएको थियो । मेलाको समापन संघका पूर्वअध्यक्ष तथा सल्लाहकार श्री रामकृष्ण गोर्खालीज्यूबाट गरिएको थियो भने समापनकै अवसरमा मेला स्मारिका २०६८ पनि विमोचन गरिएको थियो ।
राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा यही कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । मकवानपुर जिल्लाको आर्थिक, सामाजिक, सास्कृतिक विकासका लागि संघले प्रत्येक दुइ वर्षमा मेलाको आयोजना गर्ने कार्यक्रम बमोजिम यस पटक कार्तिकमा मेलाको आयोजना गरिन लागेको हो । मेलाको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघ, आयोजक जिल्ला विकास समिति मकवानपुर, हेटौंडा नगरपालिका, सहआयोजक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षेत्रीय कृषि निर्देशनालय, कृषि विकास कार्यालय मकवानपुर तथा विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरु छन् भने प्रवद्र्धकको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड रहनेछन् । मेलालाई जीआईजेड इन्क्लुड–सेक्वालगायत विभिन्न संघसंस्थाहरुले पनि सहयोग पु¥याउनेछन् । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगी व्यवसायीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, प्रचार प्रसार एवम् विक्री वितरण गराई व्यवसाय प्रवद्र्धन गरी समग्रमा राष्ट्रको आर्थिक विकास गराउने मुख्य उद्देश्यले संचालन गरिन लागेको मेलामा उद्योग, व्यापार , कृषि, पर्यटन, संचार, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करीब ४ सय ५० वटा स्टलहरु रहनेछन् । मेलालाई करीब ४ लाख दर्शकहरुले अवलोकन गर्ने संघले अनुमान गरेको छ । राष्ट्रियस्तरमा गरिन लागेको यस मेलामा विभिन्न औद्योगिक उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनी हुनेछ भने हस्तकलाका उत्पादनहरु, अटो, वित्तीय संस्थाहरु, सूचना प्रविधि सम्बन्धी वस्तुहरुको अवलोकन तथा खरिद विक्री पनि गर्न सकिनेछ । बालबालिकाहरुको लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा प्रदर्शनीहरुको व्यवस्था गरिएको छ भने राष्ट्रियस्तरका थुप्रै ख्यातिप्राप्त कलाकारहरुको पनि मेलामा दैनिक प्रस्तुति रहनेछ । “नेपालीको आशय, समृद्धिको लागि व्यवसाय” भन्ने मूल नाराका साथ गरिन लागेको यस मेलाले नेपाल पर्यटन वर्ष २०११ लाई पनि यथेष्ट मात्रामा सघाउने संघले विश्वास लिएको छ । मेलाको स्टल बुकिङ कार्य छिट्टै नै शुरु हुदैछ भने स्टल बुकिङ फाराम संघको वेबसाईट www.mcci.org.np बाट डाउनलोड गरी भर्न सकिने पनि व्यवस्था मिलाईएको छ ।
नवआगत् प्रमुखहरुको स्वागत

मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो परम्परा अनुसार जिल्लाका नवआगत् प्रमुखहरुको स्वागत गर्ने सिलसिलामा जिल्लामा पुनः स्थानिय विकास अधिकारी भई आउनुभएका भुवनप्रकाश विष्टको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै अध्यक्ष सुमार्गीले स्थानिय विकास अधिकारीको पुनः आगमनले जिल्लालाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुहुँदै पूmलमाला तथा अबिर लगाई हार्दिक स्वागत गर्नुभयो । स्थानिय विकास अधिकारी विष्टले आफू पुनः आफ्नै जिल्लामा आउन पाउँदा अत्यन्तै हर्षित हुनुभएको र जिल्लाको विकासमा अझै कटिबद्ध भएर लाग्ने बताउनुभयो । छलफलको क्रममा संघले आगामी कार्तिक १८ देखि २८ सम्म गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला २०६८ को सफलतापूर्वक सम्पन्न गर्नका लगि सबैको हातेमालो आवश्यक रहेको अध्यक्ष सुमार्गीले बताउनुभयो । कार्यक्रममा भारतीय महावाणिज्यदुत आशुतोषकुमार अग्रवाल, वाणिज्यदुत पि.एस. शशीकुमार, हेनपाका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्यायको पनि स्वागत गरिएको थियो । नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न संघले गर्न लागेको मेलाले ठूलो सहयोग पुग्ने विचार व्यक्त गरिएको थियो । मेला सम्बन्धमा संघका सल्लाहकार उत्तमशर्मा ढकाल, प्रताप विष्टलगायतले सुझाव दिनुभएको थियो भने जिल्ला विकास समिति, नगरपालिकाबाट मेलाको लागि आवश्यक सहयोग हुने विश्वास व्यक्त गरिएको थियो । त्यसै गरी भारतीय महावाणिज्यदुत आशुतोषकुमार अग्रवालले पनि आफूले मेलाको सफल संचालनको लागि सक्दो सहयोग पुर्याउने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कासस, विभिन्न सरकारी निकायका उच्च पदस्थ कर्मचारीहरु, वस्तुगत संघका पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।
स्वागत तथा छलफल कार्यक्रम

मकवानपुर उद्योग वाणिज्य संघले जीआईजेड/सेक्वा अन्तर्गत गठित विभिन्न जिल्लाका व्यवसाय सेवा केन्द्रबीच हेटौंडामा भएको नेटवर्किङ बैठकमा सहभागी सम्पूर्ण उद्योग वाणिज्य संघका प्रतिनिधिहरुबीच श्रावण १७ गते छलफल कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष अरुणराज सुमार्गीले सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक स्वागत गर्नुभएको थियो । नेपालका विभिन्न जिल्लामा व्यवसाय सेवा केन्द्र गठन भएका उवासंघ र गठन हुन लागेका उवासंघका व्यवसाय विकास अधिकृत र कार्यकारी सचिवहरुबीच मकवानपुर जिल्लामा भईरहेको प्रगति तथा अन्य समसामयिक विषयहरुमा छलफल गरिएको थियो । छलफल कार्यक्रममा अध्यक्ष सुमार्गीले संघका गतिविधिको विषयमा जानकारी प्रदान गर्नुभएको थियो भने व्यवसाय सेवा केन्द्रको दिगो संचालनको विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । छलफलको क्रममा विभिन्न उवासंघका कार्यकारी सचिवहरुबाट उठेको जिज्ञासाहरुलाई संघका महासचिव गोकर्ण पराजुली, सचिव माधव न्यौपाने, कार्यकारी सचिव विवेक मानन्धरलगायतले प्रष्ट्याउनु भएको थियो । कार्यक्रममा जीआईजेडका टोली प्रमुख उत्तम झा, बरिष्ठ कार्यक्रम अधिकृत आनन्दराज जोशी, कार्यक्रम अधिकृत अमृता बराल, संघका पदाधिकारी तथा कासस लगायतको उपस्थिति रहेको थियो ।
विहार उद्योग वाणिज्य संघ र उत्तर विहार वाणिज्य एवं उद्योग परिषद्को भ्रमण

नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र सम्पर्क कार्यालय वीरगंज पर्साको निमन्त्रणामा छिमेकी मुलुक भारतको सीमा क्षेत्रका विकसित बजारमा निर्यात सम्भावनाको अध्ययन र सो क्षेत्रको व्यावसायिक चेम्बरहरुसंगको सम्पर्क विकास गर्ने लक्ष्य अनुरुप २०६८ आषाढ २६ गतेदेखि ३० गतेसम्मको भ्रमणका लागि यस संघका तालिम तथा वस्तुगत समन्वय समितिका संयोजक कासस यमबहादुर सिलवाल तथा संघका कार्यकारी सचिव विवेक मानन्धरको सहभागिता जनाउनु भएको थियो । भ्रमण टोलीले पटनाको विहार उद्योग वाणिज्य संघ र मुजफ्फरपुरको उत्तर विहार वाणिज्य एवं उद्योग परिषद्को भ्रमण गरेको थियो । दुवै संघहरुसंगको छलफलले भ्रमण उपलब्धिपूर्ण रहेको कासस यमबहादुर सिलवालले बताउनुभयो । विहार उद्योग वाणिज्य संघ, पटनाका अध्यक्ष ओ.पी. साह, अन्य पदाधिकारी तथा सदस्यहरुहरुसंगको छलफलमा अध्यक्ष साहले नेपाली व्यापारीहरुले भारतमा व्यापार गर्ने भन्ना साथ दिल्ली र मुम्बई मात्र सम्झने परिपाटीलाई त्याग्नुपर्ने बताउनुभयो । विहारसंगको व्यापार नजिकको सिमानाको हिसाबले फाइदाजनक हुने बताउनु हुँदै परेको खण्डमा संयुक्त लगानीमा पनि थुप्रै व्यवसायमा लगानी गर्न सकिने बताउनुभयो । छलफल कार्यक्रममा भारतमा नेपालबाट निर्यात हुने वस्तुहरुको विषयमा राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । संघका कासस यमबहादुर सिलवालले मकवानपुर जिल्लामा औद्योगिकलगायत विभिन्न क्षेत्रमा लगानीको अवसरहरु रहेको बताउनु हुँदै जिल्लाको भौगोलिक अवस्थाका कारण पर्यटन क्षेत्रमा पनि उत्तिकै सम्भावना रहेको बताउनुभएको थियो । उहाँले विहार उद्योग वाणिज्य संघको सम्पूर्ण पदाधिकारी तथा काससहरुलाई मकवानपुर जिल्लाको भ्रमणको लागि पनि आग्रह गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा दुवै उद्योग वाणिज्य संघको तर्फबाट आपसमा मायाको चिनो आदान प्रदान गरिएको थियो । त्यसै गरी उत्तर विहार वाणिज्य एवं उद्योग परिषद्, मुजफ्फरपुरका अध्यक्ष विशेष कारणवश उपस्थित हुन नसकेको अवस्थामा संघका निवर्तमान अध्यक्ष श्रीराम बाकेको अध्यक्षतामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । दुवै देशबीच हुने व्यापार सन्धिहरुको विषयमा छलफल केन्द्रित रहेको थियो । अवैध रुपमा हुने चोरी निकासी तथा पैठारी, भन्सारमा हुने विभिन्न अव्यवहारिक कृयाकलापहरु, क्वारेन्टाईनका नाममा विभिन्न नाकाहरुमा हुने अप्ठ्याराहरु, व्यापार गर्दा आइरहने अव्यवहारिक नियमहरुका कारण नेपालसंगको व्यापार अपेक्षाकृत रुपमा राम्रो हुन नसकेको बताउनु हुँदै नेपाल पर्यटन वर्ष २०११ को अवसरमा काठमाडौंबाट सिधै मुजफ्फरपुरको हवाई सम्पर्क हुन सकेको अवस्थामा व्यापार लगानीको साथसाथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने बताउनु भएको थियो । उत्तर विहार वाणिज्य एवं उद्योग परिषद्का उपाध्यक्ष अमित सरावगीले नेपालमा लगानी गर्नको लागि यथोचित वातावरण नबन्नुमा नेपालको राजनैतिक अस्थिरता पनि एउटा प्रमुख कारण रहेको बताउनुभएको थियो । उद्योग वाणिज्य संघहरुबीच सौहार्द सम्बन्ध कायम गर्नुमा विभिन्न समयमा हुने मेला तथा प्रदशर्नीहरुले पनि प्रमुख भूमिका खेल्ने भएकोले आगामी दिनहरुमा हुने मेला प्रदर्शनीहरुमा दुवै पक्षले सहभागिता जनाउन सके फाइदा पुग्न सक्ने कुरामा पनि जोड दिईएको थियो । परिषद्का उपाध्यक्ष अमित सरावगीले आफ्ना उद्योगको कार्यालयमा आउनका लागि दिनुभएको निमन्त्रणालाई स्वीकार गर्दै भ्रमण टोली उहाँको अनमोल ग्रुप अफ इण्डष्ट्रिज पुगेका थिए । सरावगीले आफ्ना कृषि, पशुपालन, डेरी उद्योगलगायत सातवटा विभिन्न उद्योगहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । नेपालको राजनैतिक अस्थिरताका कारण आफूले नेपालमा गर्न लागेको लगानीलाई बंगलादेशमा लानु परेको कुरा बताउनु हुँदै नेपालमा राजनैतिक स्थिरता कायम भएमा छिट्टै नै नेपालमा लगानी गर्ने योजना रहेको बताउनु भएको थियो । यस्तै समय समयमा हुने मेला प्रदर्शनीमा आफूले पनि सहभागिता जनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको थियो । भ्रमण टोलीमा व्या.तथा नि.प्र.के. बीरगंजका का.मु. कार्यालय प्रमुख दिगम्बर प्रसाद यादव, व्या.तथा नि.प्र.के., काठमाडौंका अधिकृत केवल विष्ट, सहायक अधिकृत गणेश दाहाल, मउवासंघका कासस यमबहादुर सिलवाल, कार्यकारी सचिव विवेक मानन्धर, उवासंघ चितवनका कासस रामशरण सिलवाल, कार्यकारी निर्देशक रसिक प्रधान, बीउवासंघका कार्यकारी सचिव सुनिलकुमार कण्ठ र व्या.तथा नि.प्र.के., काठमाडौंका कार्यालय सहायक उज्वल लामिछाने गरी जम्मा ९ सदस्य हुनु हुन्थ्यो ।
कार्यस्थल सहकार्य सम्बन्धी गोष्ठी सम्पन्न (२०६८।३।२४)

अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल उद्योग वाणिज्य महासंघ तथा मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोनजामा कार्यस्थल सहकार्य सम्बन्धी तेश्रो चरणको एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष भुवनलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्नुहुँदै उहाँले कार्यस्थलमा हुने सहकार्यले व्यवस्थापन र मजदुरबीच सौहार्द्र सम्बन्धको विकास मात्र नभई उद्योगको उत्पादन र उत्पादकत्वमा समेत सहयोग पुग्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत गठित रोजगारदाता परिषदका सूचना तथा अनुसन्धान प्रमुख ईश्वर श्रेष्ठ र तालिम प्रमुख शकुन्तला श्रेष्ठले सहजीकरण गर्नुभएको उक्त गोष्ठीमा विभिन्न उद्योग प्रतिष्ठानका व्यवस्थापक तथा मजदुर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पहिलो र दोश्रो चरणको कार्यक्रम पश्चात व्यवस्थापन पक्ष र मजदुर पक्षबीचको सम्बन्धमा आएको प्रगति सम्बन्धमा पनि छलफल गरिएको थियो । गोष्ठीमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो । तालिम प्रमुख शकुन्तला श्रेष्ठले औद्योगिक सम्बन्धलाई सुमधुर बनाई राख्नका लागि आवश्यक तालिम तथा गोष्ठीको लागि पनि महासंघ सदैव तयार रहेको बताउनु भयो । संघका कार्यकारी सचिव विवेक मानन्धरले संचालन गर्नुभएको कार्यक्रमको समापन मन्तव्य राख्नु हुँदै संघका तालिम तथा वस्तुगत समन्वय समितिका संयोजक यमबहादुर सिलवालले स्वच्छ औद्योगिक वातावरण बनाउनका लागि आवश्यक तालिम तथा गोष्ठीका लागि मउवासंघले नै महासंघसंगको सहकार्यमा कार्यक्रमहरु ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय महावाणिज्यदुतको स्वागत

बीरगंजस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत श्री आशुतोषकुमार अग्रवालको सम्मानमा मकवानपुर उद्योग वाणिज्य संघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । २०६८ आषाढ १३ गते संघका कार्यवाहक अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभाध्यक्षतामा सम्पन्न स्वागत तथा छलफल कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै कावा अध्यक्ष श्रेष्ठले मकवानपुर जिल्ला अन्य जिल्ला भन्दा लगानी मैत्री वातावरणको लागि उपयुक्त भएको हुँदा औद्योगिक लगानीको लागि महावाणिज्यदुत समक्ष आग्रह गर्नुभयो । उहाँले समग्र देशकै लागि आवश्यक जनशक्ति प्रदान गर्न बहुप्राविधिक महाविद्यालय निर्माणको लागि जग्गा उपलब्ध भईसकेको अवस्थामा उक्त महाविद्यालय निर्माणका लागि सहयोग गर्न पनि आग्रह गर्नुभयो । महावाणिज्यदुत अग्रवालले भारत नेपालको रोजगार र सेवामूलक क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउँदै उद्योग वाणिज्य क्षेत्रको विकास नभएसम्म मुलुकको विकास सम्भव नहुने बताउनुभयो । नेपालको औद्योगिकीकरणका लागि नेपाली र भारतीय उद्योगी व्यवसायीले संयुक्त लगानी गर्ने वातावरण निर्माणका लागि समेत सहयोग गर्ने बताउनुभयो । नेपाल र भार बीचको सम्बन्धमा रहेको समस्या समाधानका लागि पहल गर्ने पनि बताउनुभयो । वाणिज्यदुत पीएस शशीकुमारले मकवानपुर बहुमुखी क्याम्पसमा छात्रावास, खानेपानीसंगै जिल्लाका अन्य शैक्षिक संस्थामा भारतीय सहयोगका लागि आएको प्रस्ताव कार्यान्वयनका लागि प्रतिबद्ध रहेको भन्नुहुँदै नेपाल र भारतबीच रहेको सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री जीवनकाजी माकजु श्रेष्ठ, काससहरु श्री विजयकुमार श्रेष्ठ, श्री प्रकाश ढकाल, श्री यमबहादुर सिलवाल, श्री सरिदी श्रेष्ठलगायतले जिल्लाको सडक, शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता, बहुप्राविधिक महाविद्यालय निर्माणलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा संघको बहुउद्देश्यीय भवन निर्माणमा सहयोग गर्न समेत आग्रह गरिएको थियो । महावाणिज्यदुत अग्रवाललाई संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो भने कार्यक्रमपश्चात महावाणिज्य दुतावासको टोलीलाई प्रस्तावित नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालय निर्माणस्थलको अवलोकन गराईएको थियो ।
बुद्ध जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

२५५५ औं बुद्ध जयन्तीको अवसरमा मकवानपुर उद्योग वाणिज्य संघ÷महिला उद्यमी विकास समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान ः जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै व्यवसायीहरु आपैm पनि समाजको एउटा अंग भएकोले सामाजिक कार्यमा सक्रिय योगदान हुनुपर्ने कुरामा जोड दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि मकवानपुर उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । उद्घाटन अवसरमा समितिका निवर्तमान सभापति शर्मिला डंगोलले आधा आकाश ढाकेका महिला मध्ये पनि महिला उद्यमीहरुले सामाजिक कार्यमा सक्रियता जनाउनुपर्नेमा जोड दिनुहुँदै महिला उद्यमीको कामबाट विशेष गरी महिलाहरु बढी मात्रामा लाभान्वित हुने खालका कार्यक्रमहरु गर्न सुझाव दिनुभयो । कार्यक्रमका सभाध्यक्ष एवम् महिला उद्यमी विकास समितिका सभापति सरिदि श्रेष्ठले समितिले गरेका महिला लक्षित कार्यक्रमहरुबाट महिलाको जीवनस्तर सुधार तथा सामाजिक कार्यमा कोसेढुंगा सावित भएको विचार व्यक्त गर्नुभयो । महिला उद्यमीहरुबाट संचालित बचत कार्यक्रमहरुबाट प्राप्त व्याजको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो । हेटौंडाको बुद्धचोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए भने रक्तदाता सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटन मन्तव्य महिला उद्यमी विकास समितिका कोषाध्यक्ष नीलम बैद्यले गर्नुभएको थियो । कार्यक्रममा संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र महिला उद्यमी सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघको प्रेश विज्ञप्ति

मिति २०६८ वैशाख २८ गते पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा नुडल्समा बन्दकर्ताहरुबाट उद्योगमा कार्यरत कर्मचारीहरुमाथि भएको कुटपिट तथा उद्योगमा गरिएको तोडफोडको घटनाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । लोडसेडिङ र आर्थिक मन्दीले धरासायी हुँदै गईरहेको अवस्थामा स्वच्छ उद्योग व्यापार गरी मुलुकको आर्थिक विकास विस्तार गर्न निरन्तर लागी परेका उद्योगी व्यवसायी र उद्योग प्रतिष्ठानहरुमा हुँदै आएका यस्ता कुटपिट, तोडफोड, आतंक, अपहरण, बम बिष्फोट, गोली प्रहार, हत्यालागयतका आपराधिक घटनाहरुले व्यावसायिक क्षेत्र थप धरासायी, त्रस्त र आक्रान्त हुन पुगेको छ । यस्तो हुनु जो कोहीको पक्षमा पनि हितकारी नहुने भएकोले यसप्रति यो संघ घोर भत्र्सना गर्दछ । साथै उद्योग ब्यवसायलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरियोस् भन्ने जोडदार माग नेपाल सरकारसंग गर्दछौं । मितिः २०६८।१।२९ .......... भुवनलाल श्रेष्ठ का.वा.अध्यक्ष
उत्तरी क्षेत्र समितिका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिको गत बैशाख ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुनुभएका नवनिर्वाचित पदाधिकारीहरुको संघले मिति २०६८ बैशाख २१ गते स्वागत कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा अध्यक्ष सुमार्गीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्रीले उत्तरी क्षेत्रको आर्थिक सामाजिक सुदृढिकरणको लागि आपूmले सक्दो प्रयास गर्ने र सो को लागि मउवासंघको सहयोग अपरिहार्य रहेको बताउनुभयो । सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष सुमार्गीले टीका, प्रथम उपाध्यक्ष भुवनलाल श्रेष्ठले फूलको गुच्छा, द्वितीय उपाध्यक्ष भगिरथ शर्मा तथा तृतीय उपाध्यक्ष कृष्ण कटुवालले खादा लगाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
व्यवसाय सेवा केन्द्रको अन्तरक्रिया कार्यक्रम

मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत रहेको व्यवसाय सेवा केन्द्रको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले पदमपोखरी गाविसमा २०६८ बैशाख १७ गते एक कार्यक्रमको आयोजना गरियो । श्री महिला मिलन बचत तथा ऋण सहकारी संस्थाका सचिव प्रमिला थिङको सभापतित्व तथा संघका सचिव माधव न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्यवसाय सेवा केन्द्रको विषयमा जानकारी गराई अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख अतिथि न्यौपानेले परम्परागत सीपलाई समय सापेक्ष रुपमा व्यवसायीकरण गर्दै आधुनिकतातर्फ डो-याउनु पर्ने कुरामा जोड दिनुभयो । संघका कासस तथा तालिम तथा बस्तुगत समन्वय समितिका संयोजक यमबहादुर सिलवालले स्वागत मन्तव्य प्रकट गर्नुहुँदै व्यवसाय गर्ने सोच भएका र व्यवसाय गरिरहेका दुवैलाई संघले व्यवसाय सेवा केन्द्र मार्पmत सेवा प्रदान गर्न छुट्टै युनिटको स्थापना गरिएको बताउनुभयो । संघका कार्यकारी सचिव विवेक मानन्धरले संचालन गर्नुभएको कार्यक्रममा उक्त गाविसका ५५ जना व्यवसायीहरुको उपस्थिति रहेको थियो । छलफलकै क्रममा पदमपोखरी गाविस अदुवा खेती, कृषि तथा पशुपालनका लागि उपयुक्त गन्तव्यस्थलको रुपमा विकसित हुने सम्भावना पनि औंल्याईएको थियो । संघले यसअघि जिल्लाका विभिन्न ३ क्षेत्र पालुङ, मनहरी तथा छतिवनमा व्यवसाय सेवा केन्द्रको बारेमा यस्ता अन्तरक्रिया कार्यक्रमको आयोजना गरिसकेको छ ।
दुर्घटना बीमा रकम प्रदान

संघले साईकल दुर्घटनामा परी मृत्यु भएको सदस्यका परिवारलाई क्षतिपूर्ति स्वरुप आर्थिक सहायता उपलब्ध गराएको छ । गत फागुन १५ गते साईकल दुर्घटनामा परी मृत्यु भएका हेटौंडा ४ स्थित दुर्गा सप्लायर्सका संचालक राम खेलावन मण्डलको परिवारलाई रु. पचास हजार क्षतिपूर्ति प्रदान गरिएको हो । क्षतिपूर्ति रकम चैत्र १५ गते आयोजित कार्यक्रमका बीच संघका कार्यवाहक अध्यक्ष भुवनलाल श्रेष्ठ, महासचिव गोकर्ण पराजुली, सचिव माधव न्यौपाने, कार्यकारी सचिव विवेक मानन्धर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष भानुभक्त आचार्य र एनएलजी बीमा कम्पनीका शाखा प्रबन्धक राजेशमोहन प्रधानले संयुक्त रुपमा स्व. मण्डलका पत्नी सुशीला मण्डललाई हस्तान्तरण गरिएको हो । आप्mना सदस्यहरुको हितका लागि संघले संचालन गरेको कार्यक्रमहरु मध्ये पचास हजार राशि बराबरको सदस्य दुर्घटना बीमा पनि एक हो ।
महिला उद्यमी टोलीको अध्ययन अवलोकन भ्रमण

जिल्लाका उद्योगी व्यवसायीहरुको व्यवसायिक हकहितको संरक्षण एवं सम्वद्र्धन गर्दै स्थानीय क्षेत्रका आर्थिक, सामाजिक क्षेत्रको विकासको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु-याउने उद्देश्यका साथ जिल्ला/नगर उद्योग वाणिज्य संघहरुको गतिविधि वारे जानकारी आदान प्रदान गर्दै संघहरुसंगको आपसी सम्वन्ध र सद्भाव सुमधुर राख्न अध्ययन अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिएको छ । संघ अन्तर्गत रहेको महिला उद्यमी बिकास समितिको मुख्य आयोजनामा २०६८ वैशाख ११ गतेदेखि १७ गतेसम्म हुने भ्रमण कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति लगायत महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरुसहित करिव १६ जनाको सहभागिता रहेको छ ।
उत्तरी क्षेत्र समितिमा खत्री

मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिको २०६८ बैशाख ५ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाले सभापतिमा कविराज खत्रीलाई निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित समितिको उपाध्यक्षमा पुरुषोत्तम ढकाल, सचिवमा कृष्णमान श्रेष्ठ, कोषाध्यक्षमा शम्भुसिंह कार्की, सहसचिवमा मनोहर बस्नेत र सदस्यहरुमा गुप्तबहादुर कार्की, अनिलकुमार खत्री, प्रेमबहादुर गोपाली, प्रदीप प्रधान, रामहरी खत्री र राजकुमार कार्की चयन भएका छन् । नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले मनोहर बस्नेत, युगशेर विष्ट र शिवकुमार खत्रीलाई मनोनित गरेको छ । साथै उक्त बैठकले सल्लाहकारमा सानोभाई कार्की र शंकर कार्कीलाई सल्लाहकारमा चयन गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले समुद्घाटन गर्नुभएको साधारण सभाको सभाध्यक्षता रामप्रसाद ढकालले गर्नुभएको थियो । कोषाध्यक्ष खड्गबहादुर गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक विकास सहयोग समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव गोकर्ण पराजुली, कासस लवशेर विष्ट, विमलकुमार ढकाल, सिद्धिलाल श्रेष्ठ, गोविन्दप्रसाद रिजाल, पालुङ जेसीजका अध्यक्ष ओमकार विष्ट, नेकपा एमाले क्षेत्रीय अध्यक्ष विष्णुप्रसाद ढकाल, राजु नापितलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कासस गणेशकुमारी श्रेष्ठ, प्रकाश ढकाल, कार्यकारी सचिव विवेक मानन्धर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला अध्यक्ष भानुभक्त आचार्य, रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष सविन न्यौपाने तथा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । नव निर्वाचित सभापति खत्रीले निजी क्षेत्र राजनैतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताउनुहुँदै विगतका कामको निरन्तरता संगै नयाँ र रचनात्मक कार्यहरु गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । जनकल्याण माविका प्राचार्य तथा निर्वाचन अधिकृत सानोभाइ कार्कीले नव निर्वाचित पदाधिकारीहरुको नामावली घोषणा गरी सपथग्रहण गराउन भएको थियो ।
जीवनकाजी माकजु श्रेष्ठ नेउवामहासंघको केन्द्रीय सदस्य पदको उम्मेद्वार

नेपाल उद्योग वाणिज्य महासंघको यही २०६७ चैत्र २८ र २९ गते हुने ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचनमा मकवानपुर उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष जीवनकाजी माकजु श्रेष्ठलाई केन्द्रीय सदस्य पदमा उम्मेद्वारको रुपमा उठाएको छ । विगत १७ वर्षदेखि संघको कार्यसमिति सदस्य, महासचिव र अध्यक्ष हुनु भै निरन्तर चेम्वर आन्दोलनमा लागि रहनु भएका संघका निवर्तमान अध्यक्ष जीवन काजी माकजु श्रेष्ठले संघको संस्थागत विकासका साथै मकवानपुर जिल्लाको समग्र सामाजिक, आर्थिक विकास र व्यवसायिक प्रवद्र्वनमा ठूलो योगदान पुरयाउँदै आउनुभएको छ । उहाँको अध्यक्ष कालमा उहाँकै सक्रियतामा व्यापक व्यवस्थापकीय सुधारहरु गरी संघले अन्तर्राष्ट्रिय स्तरको ISO 9001:2008 प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो । तथ्यांकविद् समेत रहनुभएका श्री श्रेष्ठले कुशल प्रशासक तथा व्यवस्थापकको रुपमा रही विभिन्न निकाय संघ/संस्थाहरुको जिल्लास्तरदेखि केन्द्रीय तहमा समेत कार्यगरी सक्नु भएको छ । साथै नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगर परिषद् लगायत विभिन्न समिति तथा उपसमितिहरुमा रही कार्य गरी सक्नुभएका उहाँले हाल महासंघको स्थानीय सामाजिक आर्थिक विकास समितिको सदस्य रही कार्य गरिरहनु भएको छ । उहाँ नेउवामहासंघको कार्यसमिति सदस्य पदमा निर्वाचित हुनु भएमा महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघका सम्भावना र समस्याहरु समाधानका लागि सदा झैं सक्रिय हुने कुरामा हामी विश्वस्त रहेका छौं । उक्त निर्वाचनमा उहाँलाई अत्यधिक मतले विजयी वनाउन विगतमा झैं सक्रिय सहयोग पुरयाइदिन हुन मकवानपुर उद्योग वाणिज्य संघ परिवार हार्दिक अनुरोध गर्दछ । सहयोगको लागि धन्यवाद । मकवानपुर उद्योग वाणिज्य संघ
नारायणी अंचल भेला सम्पन्न.....

नारायणी अञ्चल भरिका उद्योग वाणिज्य संघहरुको संयुक्त भेला रत्ननगर उद्योग वाणिज्य संघको आतिथ्यमा मिति २०६७ चैत्र १९ गते शनिवार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका नारायणी अञ्चल प्रतिनिधि गोपाल कर्माचार्यज्यूको सभापतित्व तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नारायणी अञ्चलमा वीरगञ्ज उद्योग वाणिज्य संघ, बारा उद्योग वाणिज्य संघ, रौतहट उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवन गरी ६ वटा उद्योग वाणिज्य संघहरु रहेका छन् । नारायणी अञ्चल भेला २०६७ मा भेलाबाट यही मिति २०६७ चैत्र २८ र २९ गते हुन गईरहेको आसन्न नेउवामहासंघको अधिवेशनमा संयुक्त आवाज स्वरुप विभिन्न महत्वपूर्ण विषयहरुलाई प्रस्तावको रुपमा लैजान पनि सहमति गरिएको छ । उक्त अधिवेशनमा नारायणी अञ्चल प्रतिनिधिको रुपमा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष मदनलाल जोशीलाई सर्वसम्मत रुपमा नारायणी अञ्चल भेलाबाट अनुमोदन गरिएको छ । यसैबीच अन्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुबाट नारायणी अञ्चलको तर्फबाट क्रमशः मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवन काजी माकजु श्रेष्ठ, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय सरावगी र रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष देवप्रयाग गुप्तालाई सर्वसम्मत रुपले अनुमोदन गरिएको छ । उक्त भेलामा मकवानपुर उद्योग संघबाट संघका अध्यक्ष अरुणराज सुमार्गी, निवर्तमान अध्यक्ष जीवन काजी माकजु श्रेष्ठ, प्रथम उपाध्यक्ष भुवनलाल श्रेष्ठ, सचिव माधव न्यौपाने, महिला उद्यमी सभापति सरिदि श्रेष्ठ, तालिम तथा बस्तुगत समन्वय समिति संयोजक यमबहादुर सिलवाल तथा संघका कार्यकारी सचिव विवेक मानन्धरले सहभागिता जनाउनु भएको थियो ।
तालिम सम्पन्न

नेपाल सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र तथा मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बजार विश्लेषण सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सल्लाहकार जर्मन प्रशिक्षक ग्याब्रियल स्लेगर, सुरेन्द्र गोंगल तथा राजेन्द्र सिंहले बजार विश्लेषण सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा प्रमाण पत्र वितरण गर्नुहुँदै संघका अध्यक्ष अरुणराज सुमार्गीले यस किसिमका तालिमले व्यवसायको विकासमा ठूलो योगदान पुरयाउने बताउनुभयो । व्यवसायलाई अझ बढाउन मद्दत पुरयाउन संघले यस्ता तालिमहरु निकट भविष्यमा थप गर्दै लैजाने पनि उहाँले बताउनुभयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सुरेन्द्र गोंगलले व्यापार तथा निकासी प्रवद्र्धनका लागि जस्तो सुकै तालिम केन्द्रले दिन सक्ने र सो को लागि मउवासंघसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । साथै चुस्त तालिम व्यवस्थापनका लागि सहयोग पुरयाउनु भएकोमा हार्दिक धन्यवादज्ञापन गर्नुभयो । प्रशिक्षार्थीहरुको तर्फबाट बोल्नुहुँदै नेहा फ्लावर पट प्रा. लि.का रामकुमार अर्यालले तालिमले व्यवसाय प्रवद्र्धनमा ठूलो सहयोग पुरयाउने बताउनुहुँदै थप तालिमहरुको लागि पनि आग्रह गर्नुभयो । संघका कार्यकारी सचिव विवेक मानन्धरले संचालन गर्नुभएको समापन कार्यक्रममा संघका निवर्तमान अध्यक्ष जीवन काजी माकजु श्रेष्ठ, प्रथम उपाध्यक्ष भुवनलाल श्रेष्ठ, कोषाध्यक्ष दीपकशर्मा ढकाल, सहकोषाध्यक्ष विजयकुमार श्रेष्ठ, कासस विजयकुमार वैद्य, यमबहादुर सिलवाललगायतको उपस्थिति रहेको थियो । विभिन्न औद्योगिक प्रतिष्ठान तथा कार्यालयहरुबाट गरी पहिलो पटक १० जना हरेक प्रशिक्षार्थीहरुलाई ल्यापटपको व्यवस्था गरी अनलाईनको माध्यमबाट तालिम प्रदान गरिएको थियो । तालिम २०६७ चैत्र ९ देखि ११ सम्म संचालन गरिएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघको प्रेश विज्ञप्ति

मकवानपुर उद्योग वाणिज्य संघको प्रेश विज्ञप्ति ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ र नेपाल प्लाष्टिक उत्पादक संघका अध्यक्ष तथा श्री टेक्सटायलका संचालक शैलेन्द्रलाल प्रधानमाथि अखिल नेपाल टे«ड युनियन महासंघमा आबद्ध मजदुरहरुले पाटन औद्योगिक क्षेत्र भित्रै कुटपिट तथा उद्योगमा तोडफोड गरेको घटनाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । लोडसेडिङ र आर्थिक मन्दीले धरासायी हु“दै गईरहेको अवस्थामा स्वच्छ उद्योग व्यापार गरी मुलुकको आर्थिक विकास विस्तार गर्न निरन्तर लागी परेका उद्योगी व्यवसायी र उद्योग प्रतिष्ठानहरुमा हु“दै आएका यस्ता कुटपिट, तोडफोड, आतंक, अपहरण, बम बिष्फोट, गोली प्रहार, हत्या जस्ता आपराधिक घटनाले व्यावसायिक क्षेत्र थप धराशायी, त्रस्त र आक्रान्त हुन पुगेको छ । यस्तो हुनु जो कोहीको पक्षमा पनि हितकारी नहुने भएकोले यसप्रति यो संघ घोर भत्र्सना गर्दछ । अतः उद्योगी व्यवसायी माथि गरिएको उक्त घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई तत्काल कारवाही गरी उद्योगी व्यापारी व्यवसायीहरुको जीवन रक्षा तथा व्यवसायको संरक्षण गर्न गराउन, सुरक्षाको प्रत्याभूति गर्न र शान्तिसुरक्षा मजबुत बनाई भविष्यमा यस्ता निन्दनीय कार्य पुनः दोहोरिन नदिन यो संघ जोडदार माग गर्दछ । मितिः २०६७।१२।६ ............ अरुणराज सुमार्गी अध्यक्ष
Happy Holi...........

समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई होली पर्वको हार्दिक मंगलमय शुभकामना.........

मकवानपुर उद्योग बाणिज्य संघ परिवार

उदार अर्थनीति प्रतिकुल हुन लागेको संशोधनमा नेउवामहासंघको ध्यानाकर्षण

उदार अर्थतन्त्रको सट्टा मिश्रित अर्थव्यवस्थामा जाने तथा बैङ्क तथा वित्तिय संस्थामा उद्यमी व्यवसायीहरुको संस्थापक शेयर ५ प्रतिशत भन्दा बढि हुन नहुने लगायतमा प्रावधानहरु राखेर बैंक तथा वित्तिय संस्था ऐन संशोधन हुन लागेको समाचार प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

लोकतान्त्रिक राजनैतिक व्यवस्था अवलम्बन गरेको उदार अर्थतन्त्रलाई परित्याग गरी पुन असफल भै सकेको नियन्त्रणमूमि अर्थव्यवस्था तर्फमुलुकलाई फर्काउन खोज्नु निजी क्षेत्रको छाता संगठन यस महासंघले दूर्भाग्यपूर्ण ठानेको छ । अहिलेको नेपाली अर्थतन्त्र त्यसैपनि संकटमा छ । आर्थिक वृद्धिदर ज्यादै न्यून छ । व्यापार घाटा बढ्दो छ । मुलुकबाट पूंजी पलायन भइरहेको कसैबाट छिपेको छैन । यस्तो संकटको वखत ल्याइने यस्ता प्रावधानले अर्थतन्त्र धरासायी हुनेछ र लगानीको वातावरण पूर्ण तहसनहस हुने, तथा आर्थिक गतिविधिमा ठूलो नकारात्मक असर पर्न जाने तर्फ पनि नीति निर्माता लगायत सम्बन्धित सबै क्षेत्रको पुन गम्भिर ध्यानाकर्षण गराउन चाहान्छौं ।

लोकतान्त्रिक राज्य व्यवस्था, व्यक्तिगत स्वतन्त्रता, सम्पत्ति माथिको अधिकार, स्वतन्त्र रुपमा उद्योग व्यवसाय संचालन गर्न पाउने अधिकार जस्ता आधारभूत संविधानिक व्यवस्थाको प्रतिकुल हुने गरी हुन लागेको संशोधनमा यस महासंघको गम्भिर असहमति रहेको छ ।

साथै प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैङ्कबाट अनुमति तथा इजाजत लिई भर्खरै मात्र संचालनमा आएका बैङ्क तथा वित्तिय संस्थाका संस्थापक शेयर स्वामित्व समेत एक्कासी परिवर्तन गर्नुपर्ने व्यवस्था भएमा थप अन्योल सिर्जना हुने देखिन्छ । एकातिर केन्द्रिय बैङ्कले इजाजत दिदै जाने तथा साथसाथै शेयर स्वामित्वमा परिवर्तन गर भन्ने व्यवस्था पटक्कै न्यायसंगत देखिदैन ।

उर्जा संकट, अस्थिर राजनैतिक अवस्था, श्रम समस्या, तरलताको अभाव जस्ता नाजुक अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई त्राण दिन पहल गर्नुपर्ने बेलामा उदार आर्थिक व्यवस्थाको प्रतिकुल हुने गरी गर्न लागिएको यस व्यवस्थाले निजी क्षेत्रको लगानीलाई पूर्णत नकारात्मक असर पर्न जाने तथ्यलाई मनन गरी ऐनमा हुन लागेको शंसोधनमा यस्ता किसिमका प्रावधानहरु नराख्न तथा निजी क्षेत्रको लगानी हतोत्साही नगर्न महासंघ सम्बन्धित सवैमा जोडदार आग्रह गर्दछ । यस किसिमको गम्भीर विषयमा जिम्मेवार ढंगले प्रस्तुत भई मुलुकको अर्थतन्त्रलाई तहसनहस हुनबाट जोगाउन र अन्यथा परिणामको स्वयम जिम्मेवार हुन महासंघ सरकार तथा सवै राजनीतिक दलहरुमा अपिल गर्दछ ।


Press Release

प्रेस विज्ञप्ति मितिः २०६७।११।२९ मिति २०६७।११।२८ मा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी र अखिल नेपाल ट्रेड युनियन महासंघका संयोजक प्रकाश पौडेल तथा अखिल नेपाल औद्योगिक मजदुर संघका जिल्ला अध्यक्ष विष्णु रानामगर बीच मजदुरहरुको मागलाई सम्बोधन गर्न गरिएको सहमति मकवानपुर उद्योग वाणिज्य संघको मिति २०६७।११।२९ गते अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा बसेको कार्यसमितिको विशेष बैठकले त्रुटिपूर्ण भएको ठहर गर्दै उक्त सहमति अमान्य भएको निर्णय गरेको छ । उक्त सहमतिबाट पर्न गएको नकारात्मक सन्देश प्रवाह प्रति यस संघ दुःख व्यक्त गर्दछ । बन्द उद्योग खुलाउने क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियन महासंघहरुबीच मिति २०६७।११।२६ गते विहिवार भएको सहमति नै यस संघको आधिकारिक धारणा रहेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं । स्थानीय उद्योग संघ तथा समस्त उद्योगीहरुसंग सहकार्य गरेर मात्रै आगामी दिनहरुमा समस्या निराकरण गर्न निरन्तर लागि पर्ने प्रतिबद्धता समेत जाहेर गर्दछौं । साथै बन्द रहेका उद्योगहरु निःशर्त रुपमा संचालन गर्ने वातावरण बनाउन सम्पूर्ण ट्रेड युनियनहरुमा हार्दिक अपील गर्दछौं । .............. अरुणराज सुमार्गी अध्यक्ष
जापानको कर्पोरेट मेनेजमेण्ट तालिममा मकवानपुर उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व

The Association for Overseas Technical Scholorship (AOTS)जापान, नेपाल उद्योग वाणिज्य महासंघ र Nepal AOTS Alumni Society बीच सम्पन्न सम्झौता अनुसार जापनको ओशाका र योकोहामामा हुने १५ दिने कर्पोरेट म्यानेजमेन्ट तालिममा सहभागी हुन विभिन्न औद्योगिक प्रतिष्ठानका ४५ जना कार्यकारी प्रमुख तथा बरिष्ठ व्यवस्थापकहरुको दुइ टोली २०६७ फागनु २३ गते जापान प्रस्थान गरेको छ । यही मार्च ९ देखि २२, २०११ सम्म संचालन हुने उक्त तालिममा जापानका कम्पनिहरुको व्यवस्थापनका विविध सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका साथै कम्पनिको कार्ययोजना तथा मानव संशाधन विकास बारे प्रशिक्षण दिइनेछ । तालिममा मकवानपुरको तर्पmबाट मकवानपुर उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष कृष्ण कटुवाल तथा नोबल प्रिन्ट एण्ड प्याकेजिङ्ग इ. प्रा. लि. का व्यवस्थापक सुकृतराज पराजुलीको सहभागिता रहेको छ । तालिमको क्रममा सहभागीहरुलाई जापानका साना तथा मझौला उद्योगहरुको स्थलगत भ्रमण पनि गराइनेछ । जापानको विकास तथा त्यहाँको व्यवस्थापकीय पद्धति तथा प्रविधिको अध्ययन तथा अवलोकनबाट प्राप्त गरेको ज्ञानलाई सहभागीहरुले आफ्नो औद्योगिक व्यावसायिक प्रतिष्ठानहरुको व्यवस्थापकीय क्षमता अभिबृद्धि गर्न प्रयोग गर्ने अपेक्षा गरिएको छ । टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले विदाई गर्नुभएको थियो भने उक्त अवसरमा महासंघका कार्यकारिणी समितिका सदस्य प्रदीपमान बैद्यको पनि समुपस्थिति थियो ।
मकवानपुर उद्योग वाणिज्य संघ तथा उद्योग संघ हेटौंडाको संयुक्त प्रेस विज्ञप्ति

मकवानपुर उद्योग वाणिज्य संघ तथा उद्योग संघ हेटौंडाको संयुक्त प्रेस विज्ञप्ति २०६७।११।२४ देशको राजनैतिक अस्थिरतालगायतका कारणबाट विगत अढाई वर्षदेखि श्रमिकको ज्याला बढ्न नसकेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै न्यूनतम वेतन संशोधनका लागि उद्योग/प्रतिष्ठानहरुको सैद्धान्तिक समर्थन रहदै आएको अवस्थामा सो सम्बन्धमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ हेटौंडा तथा विभिन्न ट्रेड युनियनहरुसंग पटक पटक छलफल भईरहेको र छलफलकै क्रममा मिति २०६७ फागुन २३ गते उद्योग संघ हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ हेटौंडा तथा विभिन्न ट्रेड यूनियनका प्रतिनिधिहरुबीच भएको छलफलपश्चात उद्योग/प्रतिष्ठानको उत्पादन र उत्पादकत्वलाई असर नपर्ने गरी उद्योग संचालन गरेरै सरकारलाई दवाब दिन नेपाल ट्रेड युनियन काग्रेस (स्वतन्त्र) र नेपाल ट्रेड युनियन महासंघका प्रतिनिधिले देखाउन भएको सकारात्मक धारणाप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । न्यूनतम वेतन संशोधन “राष्ट्रिय मुद्दा” भईसकेको हालको अवस्थामा सोही विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग महासंघ तथा विभिन्न ट्रेड युनियन महासंघहरुबीच छलफल पनि भईरहेको र अन्तिम निर्णय नभईञ्जेलसम्म उद्योग/प्रतिष्ठान ठप्प नबनाउने वातावरण तयार पारिदिनका लागि पनि सबैलाई हार्दिक अनुरोध गर्दछौं । उद्योग र मजदुर एकअर्काका परिपूरक हुन् र उद्योग/व्यवसाय नै देशको आर्थिक विकासको मेरुदण्ड भएकाले बन्द, हड्ताल जस्ता कृयाकलापहरुबाट भन्दा पनि वार्ताको माध्यमबाट नै उद्योग/प्रतिष्ठानहरुलाई कसरी सहज र सरल वातावरणमा संचालन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहन पनि सम्बन्धित सबैमा हार्दिक अपील गर्दछौं । भुवनलाल श्रेष्ठ, का.वा. अध्यक्ष, मउवासंघ ऋषिराम घिमिरे, अध्यक्ष, उद्योग संघ हेटौंडा
चौघडा शैक्षिक तथा व्यापार मेला २०६७ को समुद्घाटन

मकवानपुरको पूर्वीद्वार हेटौंडा ६ स्थित वंशगोपाल उच्च मा. वि. ले आफ्नो स्वर्ण जयन्तीको अवसरमा मकवानपुर उद्योग वाणिज्य संघको संरक्षकत्वमा पहिलो पटक चौघडा शैक्षिक तथा व्यापार मेला २०६७ को आयोजना गरेको छ । मेलाको समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले गर्नुभयो । उद्घाटन मन्तव्यको क्रममा अध्यक्ष जोशीले देशका विभिन्न क्षेत्रमा शैक्षिक उन्नति र प्रोत्साहनका लागि महासंघले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो । तराईलाई काठमाडौं जोड्ने बहुप्रतिक्षित फास्ट ट्रयाकको जिम्मा निजी क्षेत्रलाई दिए २ वर्षभित्र सम्पन्न गर्न सकिने दावी जोशीले गर्नुभयो । फास्ट ट्रयाकले राष्ट्रकै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकोले यसको लागि स्थानीयवासी तथा लगानीकर्ता जुट्नु आवश्यक रहेको पनि बताउनुभयो । मेला मूल आयोजक समितिका संयोजक तथा मकवानपुर उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष विजयकुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले वंशगोपाल जिल्लाकै नमूना उच्च मा. वि. बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उपसचिव हिमशर्मा पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्ट, उच्च मा. वि. का प्राचार्य रमेशप्रसाद लामिछानेलगायतले आफ्नो विचार व्यक्त गर्नुभयो । २०६७ फागनु १८ गतेदेखि शुरु भएको उक्त मेला फागनु २४ गतेसम्म संचालन हुनेछ । मेलामा शैक्षिक र व्यावसायिक क्षेत्रका गरी १०० स्टल रहेका छन् । कर्रा खोलालाई ड्याम बाँधी बोटिङ्गको व्यवस्था मिलाईएको उक्त मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ भने बालबालिकाको लागि बाल मेला पनि संचालनमा ल्याइएको छ ।
आन्तरिक कार्यस्थल सहकार्य सम्बन्धी गोष्ठी सम्पन्न

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), नेपाल उद्योग वाणिज्य महासंघ तथा मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आन्तरिक कार्यस्थल सहकार्य सम्बन्धी दोश्रो चरणको गोष्ठी २०६७ फागनु १० गते सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष भुवनलाल श्रेष्ठले आन्तरिक कार्यस्थल सहकार्यले उद्योग प्रतिष्ठानलाई सुव्यवस्थित रुपमा संचालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संघका कार्यसमिति सदस्य विजयकुमार वैद्यले आन्तरिक कार्यस्थलमा सहकार्य अनिवार्य रहेको र त्यसलाई लागू गर्न सके उद्योग प्रतिष्ठानमा ठूला समस्याहरु आउन नसक्ने विचार व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का श्रम कानून तथा औद्योगिक सम्बन्ध विज्ञ रोमन अविक तथा तालिम प्रमुख ईश्वर श्रेष्ठले आन्तरिक कार्यस्थल सहकार्य सम्बन्धमा सहजीकरण गर्नुभएको हो । गोष्ठीमा उद्योग तथा प्रतिष्ठानका व्यवस्थापक र कामदारका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन संघका कार्यकारी सचिव विवेक मानन्धरले गर्नुभएको थियो ।
आजदेखि मनहरी महोत्सव शुरु....

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिमी क्षेत्र समितिको आयोजनामा आज २०६७ माघ १४ गतेदेखि मनहरी महोत्सव शुरु हुँदैछ ! मकवानपुर उद्योग बाणिज्य संघ, जिल्ला विकास समिति मकवानपुर, मनहरी गाविसको संयुक्त आयोजनामा हुन लागेको महोत्सव १८ गते सम्म चल्नेछ ! महोत्सवको प्रमुख आकर्षण गिठ्ठाको चिप्स, माछा, तामालगायत स्थानीय लेकाली खाध्यबस्तुहरु हुनेछन ! साथै कोमल ओली, धुर्मुसे र माग्ने बुढो, किरण के.सी. तथा लोक दोहोरि लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रतिदिन हुनेछन ! महोत्सवमा बालमेला पनि आयोजना गरिएको छ !
मकवानपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारण सभा सम्पन्न

मकवानपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारण सभा संघका अध्यक्ष अरुणराज सुमार्गीको सभापतित्वमा २०६७ माघ ८ गते सफलतापूर्वक सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष जोशीले उद्योगी र यातायात व्यवसायीबीचको सिण्डिकेट विवाद सम्बन्धमा राज्यद्वारा प्रतिबन्धित कार्य नगर्न आग्रह गर्नुभएको थियो । समस्यामा केन्द्रीत भएर यसलाई सुल्झाउनु पर्ने पनि उहाँले बताउनुभयो । हेटौंडादेखि काठमाडौंसम्मको दुरीलाई डेढ घण्टामा पुग्न सकिने बनाउन सबै लागिपर्नु पर्ने बनाउनुभयो । संघका अध्यक्ष अरुणराज सुमार्गीले स्वागत मन्तव्य राख्नुहुँदै ४८ वर्षको औद्योगिक इतिहास बोकेको हेटौंडा औद्योगिक क्षेत्रको विस्तारका लागि पहल गर्ने, हेटौंडाको मानव बस्ती संरक्षण गर्न बाईपास सडक निर्माण गर्ने, मकवानपुरको बज्रबाराही गाउँलाई जापानिज डेष्टिनेशन भिलेजको रुपमा विस्तार गर्ने गुरुयोजना भएको बताउनुभयो । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, सभासद् प्रल्हाद लामिछाने, नेकपा एमाले जिल्ला अध्यक्ष रामेश्वर राना, उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरे, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष खड्गबहादुर गोपाली, नगरपालिकाका बि.के. महर्जन, रत्ननगर उवासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, पूर्व अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, सिस्नेरी गाविसका सुवासचन्द्र ठकुरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । ४४ औं वार्षिक साधारण सभाको अवसरमा २०६५ र २०६६ सालमा एस.एल.सी.मा जिल्ला प्रथम हुने विद्यार्थीहरु क्रमशः क्षितिजकुमार सुवेदी र संगम रिमाललाई जुद्धबहादुर स्मृति स्वर्ण पदक प्रदान गरिएको थियो । संघले यसै वर्षदेखि विभिन्न क्षेत्रका पुराना व्यवसायीहरुलाई पनि सम्मान गरेको थियो । पुराना उद्योगहरुमा तत्कालिन नेपाल बु्रअरी प्रा.लि. हाल युनाईटेड बु्रअरीज नेपाल प्रा.लि., तत्कालिन नेपाल टोबाको इ.प्रा.लि. हाल गोर्खा लाहारी प्रा.लि. र पुराना व्यवसायीहरुमा निर्माण व्यवसायी अशोक श्रेष्ठ, पेट्रोलियम पदार्थ व्यवसायी बलरामदास श्रेष्ठ, औषधि व्यवसायी तुलसी कर्माचार्य तथा कपडा तथा सिलाई व्यवसायी मोहन बज्राचार्यलाई महासंघका अध्यक्ष जोशीबाट दोसल्ला तथा कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो । जिल्लाबाट सर्वाधिक निर्यात गर्ने बहुराष्ट्रियतर्फ क्लोजर सिस्टम्स इन्टरनेशनल नेपाल प्रा.लि. र राष्ट्रियतर्फ एभरेष्ट भिनाईल प्रा.लि. लाई पनि सम्मान गरिएको थियो । बंगलादेशको कक्स बजारमा सम्पन्न प्रथम साफ महिला फुटबल च्याम्पियनशीप प्रतियोगिता २०१० मा नेपाललाई दोश्रो स्थानमा पु¥याउन सफल मकवानपुरे महिला फुटबल खेलाडी दीपा क्षेत्री तथा मकवानपुरे प्रशिक्षक कुमार कटुवाललाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष इन्द्रबहादुर श्रेष्ठलाई रु. २५००१।– (अक्षरेपी रु. पच्चीसहजार एक मात्र) राशिसहितको स्व. माधवराज सुमार्गी स्मृति पुरस्कार २०६७ प्रदान गरिएको थियो । उक्त पुरस्कार आपूmलाई प्रदान गरिएकोमा धन्यवाद ज्ञापन गर्नुहुँदै पूर्व अध्यक्ष श्रेष्ठले जिल्लाका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले संघमा एउटा छुट्टै कोष खोली संचालन गरिदिन आग्रह गर्नुहुँदै अध्यक्ष सुमार्गीलाई उक्त रकम पुनः हस्तान्तरण गर्नुभएको थियो । ४४ औं वार्षिक साधारण सभाकै अवसरमा संघको पश्चिमी क्षेत्र समिति, मनहरीका सभापति गोविन्दप्रसाद रिजालले आउँदो माघ १४ गतेदेखि १८ सम्म मनहरीमा हुने मनहरी महोत्सव २०६७ बारे जानकारी प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि जोशीलाई संघका अध्यक्ष सुमार्गीले मायाको चिनोस्वरुप “मकवानपुरे ठेकी” प्रदान गर्नुभएको थियो भने ४४ औं वार्षिक साधारण सभा तयारी समितिका संयोजक तथा प्रथम उपाध्यक्ष भुवनलाल श्रेष्ठले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सभासद्, पत्रकार, सौजन्यकर्ता तथा सहयोगी सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्नुहुँदै उद्घाटन सत्रको समापन गर्नुभएको थियो ।
सुरक्षा चश्मा वितरण

औद्योगिक प्रतिष्ठानमा कार्यरत कामदारहरुलाई आँखाको सुरक्षा प्रदान गर्ने उद्देश्यले सुरक्षा चश्मा वितरण गरिएको छ । हेटौंडा औद्योगिक क्षेत्रस्थित एभरेष्ट भिनाइल प्रा. लि. का कामदारहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा २०६७।१०।५ गते बुधवार ३० थान चश्मा वितरण गरेको हो । संघका अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा आयोजित आँखा स्वास्थ्य सम्बन्धी जनचेतना तथा आँखा परीक्षण एवम् चश्मा वितरण कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरे, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका व्यवस्थापक राजकुमार मण्डल, संघका तृतीय उपाध्यक्ष कृष्ण कटुवाललगायतले उद्योगमा कार्यरत कामदारहरुको आँखाको सुरक्षा सम्बन्धी अपरिहार्यताका बारेमा प्रकाश पारेका थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. बेन लिम्बुले मानवको महत्वपूर्ण अंगका रुपमा रहेको आँखाको सुरक्षाका लागि अपनाउन पर्ने र सकिने उपायहरुको विषयमा आफ्नो प्रस्तुति सबै समक्ष पेश गर्नुभएको थियो । उद्योगमा कार्यरत एकसय कामदारहरुको आँखा परीक्षण गरिएको उक्त कार्यक्रमको सहजिकरण संघका सचिव माधव न्यौपानेले गर्नुभएको थियो । उक्त कार्यक्रममा संघका कार्यकारी सचिव विवेक मानन्धर तथा हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठ तथा सहयोगीहरुको उपस्थिति रहेको थियो ।
मेहन्दी तालिमको समापन

मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समितिको आयोजनामा १५ दिने मेहन्दी तालिम सम्पन्न गरिएको छ । गत पौष ११ गतेदेखि २७ सम्म संचालित उक्त मेहन्दी तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आतिथ्यमा सम्पन्न मेहन्दी तालिमको समापन समारोहमा महिला उद्यमी विकास समितिका सभापति सरिदी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्नुहँदै अध्यक्ष सुमार्गीले महिला दिदीबहिनीहरुले लिनुभएको हरेक तालिमलाई व्यवसायिक रुप दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । मउवासंघ/तालिम युनिटका संयोजक यमबहादुर सिलवालले तालिमलाई तालिममा मात्र सीमित नराखी व्यवहारमा पनि लागू गरी व्यवसायिक बन्न महिला उद्यमीहरुलाई आग्रह गर्नुभएको थियो । मेहन्दी तालिमको संयोजन रमा श्रेष्ठले गर्नुभएको थियो भने सहभागीहरुलाई प्रशिक्षक उषा श्रेष्ठले तालिम प्रदान गर्नुभएको थियो ।
प्रहरी नायब महानिरीक्षकको संघमा स्वागत

मकवानपुर उद्योग वाणिज्य संघले मिति २०६७ पौष १८ गते प्रहरी नायब महानिरीक्षकको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष श्री अरुणराज सुमार्गीज्यूले प्रहरी नायब महानिरीक्षक श्री गंगा पाण्डेज्यूलाई खादा तथा फूलको गुच्छा प्रदान गरी कार्यक्रममा स्वागत गर्नुभयो । अध्यक्ष सुमार्गीज्यूले स्वागत मन्तव्य राख्नुहुँदै जिल्लाको बढ्दो जनघनत्वका कारण सुरक्षा निकायको दरबन्दी बढाउनु पर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष श्री हिटलर बिशेत, सल्लाहकार ऋषिराम घिमिरे, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष राममणि दाहाललगायतले स्वागत मन्तव्य राख्नु भएको थियो । जिल्लाको सुरक्षाको विषयमा मउवासंघ पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजाल, उत्तरी क्षेत्र समितिका सभापति राम प्रसाद ढकाल, कासस सिद्धिलाल श्रेष्ठलगायतले छलफलको क्रममा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । छलफल कार्यक्रममा नायब महानिरीक्षक पाण्डेले सुरक्षाको लागि नेपाल प्रहरी कटिबद्ध भएर लागिरहेको बताउनुभयो । विभिन्न क्षेत्रमा अझै पनि सुदृढिकरणको लागि थप प्रयासहरु जारी नै रहेको र अपराधमा न्यूनिकरण गर्न सबैको सामूहिक सहयोग हुनुपर्ने बताउनुभयो । साथै आफूलाई संघले यसरी स्वागत गरेकोमा अध्यक्षलगायत सम्पूर्ण कार्यसमितिलाई धन्यवादज्ञापन गर्नुभयो । कार्यक्रममा प्रहरी उपरीक्षक राम बहादुर श्रेष्ठ, दंगा प्रहरी गणका प्रहरी उपरीक्षक गुप्त बहादुर श्रेष्ठ तथा स्थानिय पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा संघका प्रथम उपाध्यक्ष श्री भुवनलाल श्रेष्ठले ब्यस्त समयका बाबजुद पनि समय दिनु भएकोमा नायब महानिरीक्षक पाण्डेलाई हार्दिक धन्यबादज्ञापन गर्नुभएको थियो । कार्यक्रम संघका सचिव माधव न्यौपानेले संचालन गर्नुभएको थियो ।
आ.व. २०६७।०६८ को बजेटमाथि नेपाल उद्योग वाणिज्य महासंघको धारणा (२०६७/८/८)

नेपाल सरकारबाट आर्थिक वर्ष २०६७/०६८ को वाषिर्क बजेट अध्यायदेश मार्फत यही मंसिर ४ गते ल्याइएको छ । सरकारको वाषिर्क बजेटका सम्बन्धमा निजी क्षेत्रको संघीय संस्था नेपाल उद्योग वाणिज्य महासंघको धारणा यस प्रकार छः १. आ.व. को एक चौथाई समय सकिई सकेपछि, त्यो पनि अध्यादेशबाट र नीति/कार्यक्रमको प्रस्तुति विना आएको बजेटबाट धेरै आशा गर्नु र उत्साहित हुनु पर्ने कारणहरु छैनन् । बजेट नै नआउला र सरकारको सञ्चालनमै अवरोध आउला भन्ने डर रहेको बेला बजेट आउनुलाई सकारात्मक मान्ने हो भने यस घटना क्रमलाई सकारात्मकनै मान्नु पर्दछ । २. बजेट वक्तव्यमा उल्लेख भएका पू्र्वाधार निर्माणमा जोड, जलाशययुक्त आयोजनाको निर्माण, भूमिको वर्गिकरण, व्यापार घाटा कम गर्ने आयात प्रतिस्थापन र अर्थतन्त्रलाई औद्योगिकीकरण तर्फ लैजाने जस्ता कतिपय सकारात्मक कुराहरु छन् । उल्लेख भएका नीति एवं घोषणा समयमानै पुरा भएमा निश्चयनै नेपालको द्रुततर प्रगति सम्भव हुनेछ । ३. आगामी दिनहरुमा बजेट पेश गर्ने समय आ.व. को कुनै निश्चित दिन तोक्ने कानूनी व्यवस्था ल्याउने प्रस्ताव स्वागत योग्य छ । महासंघले नीति र कार्यक्रम सहित पूर्ण बजेटको माग गर्दै आएकोमा छुट्टै नीति र कार्यक्रम नआए पनि पूर्ण आकारसम्मको बजेट आएको छ । बजेट पूर्ण रुपमा कार्यान्वयन होस् भन्ने हाम्रो भनाई हो । ४. महासंघले जनता एवं उद्योग प्रतिष्ठान र उद्यमी व्यवसायीको सुरक्षाको राम्रो प्रत्याभूति हुने गरी बजेटको विनियोजन हुनु पर्ने धारणा राख्दै आएकोमा ठूला र धेरै रोजगारी दिने प्रतिष्ठानमा प्रहरी वीट राख्नेसम्मको बाचा बजेट वक्तव्यमा गरिएको छ । निजी क्षेत्रबाट महासंघले वर्षौदेखि उठाउदै आएको औद्योगिक सुरक्षा वलका विषयमा बजेट मौन देखिनु दुःखद छ । ५. निर्यातको प्रोत्साहनका लागि माग गर्दै आएकोमा धेरै मुल्यअभिवृद्धि भएका वस्तुको निर्यातका लागि नगद अनुदान दिने जस्ता कार्यक्रम स्वागतयोग्य छन् । कार्यान्यवनमा सुनिश्चितता हुनुपर्छ । सेवा उद्योग र अन्य निर्यातमुलक उद्योगहरुलाई पनि यो सुविधा दिन आवश्यक छ । ६. बजेट वक्तव्यमा पूर्वाधारलाई निकै महत्व दिन खोजेको देखिन्छ । यो निश्चयनै सकारात्मक पक्ष हो । धेरै जसो पूर्वाधारका परियोजनाको कार्यान्वयनलाई धेरै समय लाग्ने भएकोले यसको अर्थतन्त्रमा असर थाहा पाउन पनि समय लाग्ने छ । तर पूर्वाधारको निर्माण सुरु भएमा अर्थतन्त्र र आर्थिक क्रियाकलापमा सकारात्मक असर पर्नेछ । ७. कफि, चिया, मह प्रशोधन केन्द्रको विकास र विस्तारमा लाग्ने मेशिनको खरीदमा भन्सार छुटको व्यवस्था सकारात्मक छ । सहुलियत ऋण, रासायनिक मलमा अनुदान बृद्धि, कृषि उत्पादनमा जोड, कृषि औजारको आयातमा अनुदानको व्यवस्था, व्यावसायिक कृषि खेती र पशुपालनमा सुविधा, कृषि सामग्री, मल, बीऊ तथा उपकरण खरीदमा सहुलियत दिने व्यवस्थाले अन्ततः कृषि क्षेत्रको उत्पादकत्व बढाउने आशा गर्न सकिन्छ । ८. यस वर्षको बजेटले नेपाल पर्यटन वर्ष २०११ लाई सहयोग गर्न खोजेको छ । MICE Tourism का लागि १०० भन्दा बढीको संख्यामा विदेशी पर्यटक ल्याएमा रु. ५ लाख अनुदान दिने व्यवस्था सकारात्मक छ । जनकपुर, लुम्बिनी र काठमाडौं (पर्यटकीय क्षेत्र) मा ५ तारे होटल खोल्नेलाई प्रोत्साहन गर्ने Package लाई पनि हामीले सकारात्मक रुपमा लिएका छौं । ९. साना जलविद्युत योजनाको लागि अनुदान दिइने उल्लेख छ । यस व्यवस्थाले जलविद्युतको क्षेत्रको विकासले केही गति लिने आशा गर्न सकिन्छ । तर जलविद्युतको विकास हुने र नेपालमा विद्युत लोडसेडिङ कटौती हुने प्रष्ट प्रत्याभूति अझै हुन सकेको छैन । १०. पूर्वाधार विकासको लागि पूर्वाधार विकास बैंकको स्थापनाका लागि निजी क्षेत्रसंग सहकार्य गर्ने राम्रो पक्षको रुपमा लिएका छौं । भंसार दरका तहहरु ७ वाट ६ तहमा ल्याएको सकारात्मक भएपनि वस्तुहरु समायोजनको प्रक्रिया वैज्ञादिन देखिएन । ११. महासंघले माग गर्दै आएको जनतालाई प्रत्यक्ष आर्थिक भारथोपर्ने सिण्डिकेट, कार्टेलिङ जस्ता गैर कानूनी कार्यहरुलाई निस्तेज गर्नुपर्ने लगायत महासंघले दिएका कतिपय सुझावलाई संवोधन गरिएकोमा स्वागत गर्दै गरिएका घोषणाहरु यथाशीघ्र कार्यान्वयन हुन आग्रह समेत गर्दछ ।
मोटर रेसका सहभागीहरुलाई भव्य स्वागत

२०६७ कार्तिक २७ गते राजधानीबाट शुरु भएको दोश्रो सिनियर सिटिजन्स कर्पोरेट मोटर रेस त्रिभुवन राजपथ हुँदै चितवनको सौराहा जाने क्रममा हेटौंडा आइुपग्दा मकवानपुर उद्योग वाणिज्य संघले रेसका सहभागीहरुको भव्य स्वागत गरेको छ । सम्पूर्ण सहभागीहरुलाई संघका अध्यक्ष अरुणराज सुमार्गीले खादा, सचिव माधव न्यौपानेले टीका लगाई स्वागत गर्नुभएको थियो । सबै सहभागीहरुलाई संघका द्वितीय उपाध्यक्ष भागिरथ शर्माले संघको स्मारिका प्रदान गर्नुभएको थियो । नेपाल अटोमोबाइल स्पोर्ट्स एशोसियसन (नासा) को आयोजनामा भएको उक्त रेसको संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले उद्घाटन गर्नुभएको थियो । संघका अध्यक्ष सुमार्गीले नजिकिदै गरेको पर्यटन वर्ष २०११ को प्रवद्र्धनमा यसले ठूलो टेवा पु¥याउने बताउनुभयो । “साहसिक खेल पर्यटनको विकास र विस्तार, शान्ति र सद्भाव नयाँ नेपालको आधार” भन्ने नाराका साथ आयोजना गरिएको उक्त रेसको दुरी काठमाडौंबाट १९० किलोमिटर तय गरिएको थियो ।
छठ पर्वको हार्दिक मंगलमय शुभकामना

समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई छठ पर्वको हार्दिक मंगलमय शुभकामना.........
Happy Bijaya Dashami And Shubha Deepawali

विजया दशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना
शुभकामना आदान प्रदान

मकवानपुर उद्योग वाणिज्य संघ/तालिम तथा वस्तुगत समन्वय समितिले विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रम समितिका संयोजक यमबहादुर सिलवालको सभाध्यक्षता, संघका अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आतिथ्यता तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष विद्युत बज्राचार्यको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका हरिशरण महर्जन, आईरन तथा स्क्र्याप व्यवसायी संघका बोमबहादुर राउत, मकवानपुर इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स व्यवसायी संघका पवनकुमार भगत, मकवानपुर हस्तकला संघका रमेशराज बज्राचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष विद्युत बज्राचार्यलाई खादा ओढाएर र टीका लगाएर सम्मान गरिएको थियो ।
नेपाल प्रहरीलाई ६ थान साइकल हस्तान्तरण

हेटौडा नगरको सुरक्षालाई चुस्त दुरुस्त राख्न सहयोग पुरयाउने हेतुले मकवानपुर उद्योग वाणिज्य संघले २०६७ आश्विन २० गते एक समारोहबीच नेपाल प्रहरीलाई ६ थान साइकल प्रदान गरेको छ ! करीब ३० हजार मूल्य बराबरका उक्त साइकलहरु संघका अध्यक्ष अरुणराज सुमार्गीले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राम प्रसाद श्रेष्ठलाई साइकलको चाबी हस्तान्तरण गर्नु भएको थियो ! नजिकिदै गरेको चाड पर्वको अवसरमा हुन सक्ने अपराधलाई न्यूनीकरण गर्न यसले सहयोग पुग्न सक्ने अध्यक्ष सुमार्गीले बताउनु भयो भने उपरीक्षक श्रेष्ठले सबैको सामूहिक सहयोगले नै नगरमा अपराधमा कमी आउने बताउनु हुँदै संघले पुरयाएको सहयोगको लागि धन्यवादज्ञापन गर्नुभयो !
महिलालाई आत्मनिर्भर बनाउन जुत्ता बनाउने तालिम प्रदान

मकवानपुर उद्योग बाणिज्य संघ/महिला उद्यमी विकास समितिको आयोजनामा महिलालाई आत्मनिर्भर बनाउने १५ दिने कपडाको जुत्ता बनाउने तालिम सम्पन्न गरेको छ ! तालिम समापन समारोहका प्रमुख अतिथि एवं संघका प्रथम उपाध्यक्ष भुवनलाल श्रेष्ठले महिला उद्यमीको संख्या थप्न यस्ता तालिमको आयोजना गरिएको बताउनुभयो ! उँहाले एक टोल एक उत्पादनको अवधारणा लागू गर्न सकेमा हेटौडा नगर नै आर्थिक हिसाबले सक्षम हुने ठोकुवा गर्नुभयो ! ३० जना सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै उँहाले तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गरी आर्थिक उन्नति गर्दै आत्मनिर्भरतातर्फ महिलाहरु अघि बढ्न जरुरी भएको बताउनुभयो ! कार्यक्रममा महिला उद्यमी विकास समितिका सभापति सरिदी श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ! प्रशिक्षक अमृतमैया कायस्थले काठमाडौँदेखि आएर महिला दिदिबहिनीहरुलाई यसरी तालिम दिन पाउँदा खुशी तथा आत्मसन्तुष्टि मिलेको बताउनुभयो ! संघका तालिम संयोजक यम बहादुर सिलवालले तालिमलाई प्रमाणपत्रमा मात्रै सीमित नराखी त्यसलाई व्यवसायीकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो ! संघका सचिव माधव न्यौपानेले संचालन गर्नुभएको समापन समारोहमा का.स.स. धर्मकृष्ण श्रेष्ठ तथा सहभागीकोतर्फबाट माला श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ! तालिम गत आश्विन १ गते देखि १५ गतेसम्म संचालन भएको थियो !
मैत्रीपूर्ण फुटबल सम्पन्न

हेटौडा जेसिजको सप्ताहब्यापी पर्व अन्तर्गत २०६७ आश्विन १६ गते शनिबार हेटौडा औद्योगिक क्षेत्रको फुटबल मैदानमा हेटौडा जेसिज र मकवानपुर उद्योग वाणिज्य संघ बीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ! जेसिज र संघ बीच भएको ४० मिनेटको खेलमा दुवै तर्फ ४-४ गोल भै खेल बराबरीमा टुंगियो ! जेसिजका तर्फबाट प्रदिप पराजुली र संघका तर्फबाट नवराज बज्राचार्यले ह्याट्रिक गर्नु भएको थियो ! जेसिजका अन्जनी पराजुली तथा संघका प्रथम उपाध्यक्ष भुवन लाल श्रेष्ठले गोल थपे पनि निर्णय हुन सकेन ! जेसिजका शाखा अध्यक्ष काव्यमणि अधिकारीको सभाध्यक्षतामा सम्पन्न खेलको उद्घाटनमा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ र प्रतियोगिता संयोजक रामराजा नेपालले मन्तब्य राख्नु भएको थियो ! शाखा अध्यक्ष अधिकारीले सहभागीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो !
तालिम कार्यक्रमको उदघाटन

मकवानपुर उद्योग बाणिज्य संघले नेपाल उद्योग बाणिज्य महासंघको सहयोग तथा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) र नेपाल ट्रेड यूनियन कांग्रेस(स्वतन्त्र) संग सहकार्य गरि ३ दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धि तालिमको २०६७ आश्विन १० गते संघको सभाकक्षमा उदघाटन गरिएको छ! संघका अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा सहभागी सबैलाई स्वागत गर्नुहुँदै उहाले उद्योग व्यवसायमा सुरक्षा तथा स्वास्थ्यको ठूलो महत्व रहेको बताउनु भयो! नेपाल उद्योग बाणिज्य महासंघका निर्देशक हंसराम पाण्डेयले तालिमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने जिफन्टका बिदुर कार्की, कमलेश झा र नेपाल ट्रेड यूनियन कांग्रेस(स्वतन्त्र)का गणेश निरौला, तेज बहादुर गोदारले तालिम उपलब्धिमुलक हुनुपर्ने कुरामा जोड दिनुहुँदै यसलाई व्यवहारमा लागु गर्न सके मात्र सफलता हात लाग्ने बताउनु भएको थियो! संघका सचिव माधव न्यौपानेले संचालन गर्नु भएको तालिम उदघाटन समारोहको अन्त्यमा संघका का.स.स. विजय कुमार वैद्यले धन्यवादज्ञापन गर्नुभएको थियो! तालिममा विभिन्न उद्योगका प्रबन्धक/अधिकृतहरु गरि २० जनाको सहभागिता रहेको थियो भने तालिम आश्विन १३ गते समापन हुने सचिव न्यौपानेले जानकारी दिनुभयो!
पश्चिमी क्षेत्र समिति गठन

मकवानपुरको पश्चिमी क्षेत्रलाई पनि अर्थ प्रशासनिक गतिविधिमा अगाडि बढाउने र उद्योगहरुलाई अधिकार दिने उद्देश्य राखेर मकवानपुर उद्योग बाणिज्य संघले आफ्नो दोश्रो शाखाको रुपमा २०६७ आश्विन ९ गते मनहरी गाविसमा पश्चिमी क्षेत्र समिति गठन गरेको छ! शाखाको संघका अध्यक्ष अरुणराज सुमार्गीले उदघाटन गर्नु भयो! समितिले मनहरी लगायत पश्चिमी क्षेत्रको व्यापार व्यवसायलाई बिशेष पहिचानका रुपमा अगाडि बढाउने पश्चिमी क्षेत्र समितिका सभापति गोबिन्द रिजालले बताउनु भयो! समिति ११ सदस्यीय रहेको छ! पश्चिमी क्षेत्रका उद्योगी लामो समयदेखि संघका सदस्य रहेका छन्! उनीहरुमा ब्यापार व्यवसाय संग सम्बन्धित प्रशासनिक कार्य गर्नका लागि हेटौडा आउनु पर्ने बाध्यता रहेको थियो! उक्त कार्यक्रममा ६० जना व्यवसायीलाई संघको साधारण सदस्यता वितरण गरिएको थियो! कार्यक्रममा संघका का.स.स. तथा समाजसेवी सिद्धिलाल श्रेष्ठलाई सम्मान गरिएको थियो! ४३ वर्ष अघि स्थापित संघले २०५७ सालमा पालुंगमा उत्तरी क्षेत्र समितिको गठन गरेको थियो! उदघाटन कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका अमृत प्रसाद कायस्थ, जिविस मकवानपुरका अजय बर्तौला, उत्तरी क्षेत्र समितिका सभापति रामप्रसाद ढकाललगायतले समितिको निरन्तरताको शुभकामना ब्यक्त गर्नुभएको थियो! गत महिना गठित तयारी समितिको संयोजनमा उदघाटित कार्यक्रममा महिला उद्यमी विकास समितिका सभापति सरिदी श्रेष्ठ, समाजसेवी एकराज उप्रेती, सुरेन्द्र बहादुर शाह, स्थानीय राजनैतिक दलका प्रतिनिधि तेजराज उप्रेती, नवराज सुबेदी, प्रह्लाद लम्सालले पार्टी भन्दा माथि उठेर समितिलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो! मकवानपुर उद्योग बाणिज्य संघले आफ्नो संजाल बिस्तार गरि निकट भविष्यमा पूर्वी शाखा गठनको तयारी गरिरहेको जानकारी संघका सचिव माधव न्यौपानेले बताउनुभयो!
आगामी मेला महोत्सवहरु...........

राष्ट्रिय औद्योगिक ब्यापार मेला २०६७ २०६७ मङ्सिर ९ देखि १९ सम्म पोखरामा ! सल्यान महोत्सब २०६७ २०६७ मङ्सिर २४ देखि पौष ३ सम्म सल्यानमा ! १० औं सार्क ब्यापार मेला २०६७ मङ्सिर २९ देखि पौष ४ सम्म काठमान्डूमा ! तनहुँ महोत्सब २०६७ २०६७ पौष २३ देखि माघ २ सम्म तनहुँमा ! चितवन महोत्सब २०६७ २०६७ पौष २५ देखि माघ ५ सम्म चितवनमा ! तुलसीपुर महोत्सब २०६७ २०६७ माघ १४ देखि २३ सम्म तुलसीपुरमा ! लेखनाथ महोत्सब २०६७ २०६७ माघ १४ देखि २३ सम्म लेखनाथमा !
हरितालिका तीजको अवसरमा सुभकामना आदान प्रदान

महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर २०६७ भाद्र २० गते महिला उद्यमी विकास समितिको आयोजनामा पहिलो पटक शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ! समितिका संस्थापक सभापति श्रीमती इन्दिरा गुरुंगको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कार्यसमिति परिवार, विभिन्न राजनैतिक दलका महिला प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरु, कर्मचारी परिवार लगायतको उपस्थिति रहेको थियो ! पल्पसा सभागृहमा आयोजित उक्त कार्यक्रमपश्चात महिला दिदीबहिनीहरुले विभिन्न समसामयिक गीतहरुमा नाचगान गरी शुभकामना आदान प्रदान गरेका थिए !
व्यवसाय सेवा केन्द्रको समुदघाटन

जिल्लामा रोजगारी प्रवर्द्धनका लागि नयाँ व्यवसाय दर्ता तथा संचालनमा सहजीकरण एवं स्थापित व्यवसायहरुको प्रवर्द्धन गर्ने उद्देस्यले यस संघले gtz -include /sequa को सहयोगमा संचालन हुन लागेको व्यवसाय सेवा केन्द्रको नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष श्री कृष्ण प्रसाद ताम्राकारज्युबाट २०६७-४-४ गते रिबन काटेर उदघाटन गर्नुभयो ! उक्त अवसरमा प्रमुख अतिथि कृष्ण प्रसाद ताम्राकारले व्यवसाय सेवा केन्द्रको सफल संचालनको लागि कामना गर्नुभयो ! साथै केन्द्रले प्रदान गर्ने सेवाले सबैलाई सहयोग पुरयाउने बिश्वास ब्यक्त गर्नुभयो ! कार्यक्रममा पुर्व अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलका प्रतिनिधिहरु, gtz का पदाधिकारीहरु, महिला उद्यमीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा संचारकर्मिहरु लगायतको उपस्थिति रहेको थियो !
नेउवामहासंघ, सीआईआई र फिक्कीका पदाधिकारीहरुसंगको नयाँ दिल्लीमा भएको भेटवार्तामा संघको सहभागिता

गुजरातको अहमदावादमा आयोजित "नेपालमा व्यापार तथा लगानीका अवसरहरु" विषयक कार्यक्रममा भाग लिन गुजरात गएको महासंघको प्रतिनिधिमण्डलले भारतीय उद्योग महासंघ (CII) र भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) का पदाधिकारीहरुसंग आज नयाँ दिल्लीमा दुई देश बीचको विद्यमान आर्थिक व्यावसायिक सम्बन्ध, आयात निर्यातको अवस्था एवं लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा भेटवार्ता गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्य सहितको ६ सदस्यीय महासंघको प्रतिनिधिमण्डलले ती दुवै भेटका अवसरमा गुजरातमा आयोजना भएको नेपालमा व्यापार तथा लगानीका अवसरहरु विषयक कार्यक्रमबाट प्राप्त अनुभव समेतका विषयमा छलफल गरि नेपालमा भारतीय लगानी विस्तारमा भारतीय उद्योग महासंघ र भारतीय उद्योग वाणिज्य महासंघका तर्फबाट सहयोग हुन आग्रह गरेको छ । साथै प्रतिनिधिमण्डलले गुजरातमा "नेपालमा व्यापार तथा लगानी प्रवर्द्धन" सम्बन्धी कार्यक्रम आयोजना गरेर सहयोग पुर्�याएकोमा भारतस्थित नेपाली राजदुतावास तथा भारतीय उद्योग महासंघलाई धन्यवाद पनि दिएको छ । त्यसअघि असार २२ गते गुजरातको अहमदावादमा आयोजित कार्यक्रमलाई महासंघको प्रतिनिधिमण्डलका नेता एवं महासंघका निवर्तमान अध्यक्ष चण्डीराज ढकालले नेपालमा लगानीका लागि गुजरातका उद्यमी व्यवसायीहरुलाई आव्हान गर्नुहुंदै त्यसका लागि सवै प्रकारको सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाउनु भयो । साथै निवर्तमान अध्यक्ष ढकालले नेपाल र भारत बीचको आर्थिक सम्बन्धलाई अझ बढी मजवुद वनाउन गुजरात कार्यक्रम निकै उपलव्धी मुलक हुने दावी पनि गर्नुभयो । सो कार्यक्रममा नेपालका तर्फबाट महासंघको कार्यकारिणी समितिका सदस्य शेखर गोल्छाले नेपालमा लगानीका अवसरहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । सोही दिन महासंघको प्रतिनिधिमण्डलले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीसंग पनि भेटगर्�यो । सो अवसरमा मुख्य मन्त्री मोदीले नेपालसंग आर्थिक व्यावसायिक सम्बन्ध विस्तार एवं अनुभवहरु आदान प्रदान गर्ने इच्छा देखाउनु भयो । उहाँले आगामी सन् २०११ को जनवरीमा आयोजना हुने Vibrant Gujrat Events 2011 मा नेपाली निजी क्षेत्रको सहभागिताका लागि आव्हान समेत गर्नुभयो । साथै मुख्य मन्त्री मोदीले उच्चशिक्षा हासिल गरेका र केही नयाँ सृजनात्मक क्षमता भएका करिव ३० जना इन्जिनियरिङ क्षेत्रमा दख्खलता हासिल गरेका नेपाली यूवालाई गुजरातको व्यावसायिक जगतसंग सम्बन्ध स्थापना गरि उनीहरुका माध्यमबाट नेपाल र गुजरातको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार गर्न सकिने प्रस्ताव राख्दै त्यसमा आफनो तर्फाट पूर्ण रुपमा सहयोग गर्ने विश्वास समेत भेटका अवसरमा दिनु भयो । नेपालको आर्थिक विकासमा भारतीय निजी क्षेत्रको लगानी आकर्षण गर्ने मुख्य उद्देश्यले भारतका लागि नेपाली राजदुतावास र भारतीय उद्योग महासंघ (CII) गुजरातको पहलमा यही असार २२ गते गुजरातमा आयोजना गरिएको सो कार्यक्रममा भाग लिन गएको महासंघको प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य शेखर गोल्छा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश सिकारिया, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी र कार्यकारिणी सदस्य यमबहादुर सिल्वाल तथा महासंघका महानिर्देशक डा. हेमन्त दवाडी हुनुहुन्छ ।
कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न

मकवानपुर उद्योग बाणिज्य संघको २ दिने कार्य योजना तर्जुमा गोष्ठी मिति २०६७ असार ४ र ५ गते दामनको View Tower & Daman Resort मा सम्पन्न भएको छ ! उक्त गोष्ठीमा अध्यक्ष, पूर्व अध्यक्षहरु, कार्य समितिका पदाधिकारीहरु तथा कर्मचारीहरु समेत गरि ३० जनाको उपस्थिति रहेको थियो ! GTZ -INCLUDE /SEQUA को सहयोगमा आयोजित गोष्ठीमा संघले आगामी वर्षहरुमा गरिने कार्य योजनाहरुको बारेमा बिस्तृत छलफल गरिएको थियो !  GTZ का श्री उत्तम झाले सहजकर्ताको भूमिका निभाउनु भएको थियो !
मकवानपुर उद्योग बाणिज्य संघको प्रेस बिज्ञप्ति

प्रेस विज्ञप्ती

 

मिति ः २०६७/२/६

 

विरगंज उद्योग वाणिज्य संघका महासचिव श्री गोपाल केडिया माथि मिति २०६७ जेष्ठ ५ गते सा"झ भएको गोली प्रहारको घट्नाप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

स्वच्छ उद्योग व्यापार गरी मुलुकको आर्थिक विकास गर्न निरन्तर लागि परेका उद्योगी व्यवसायीहरुको प्रतिष्ठामा हुदै आएका यस्ता गोली प्रहार, बम विस्फोट, अपहरण, हत्या, आतंक जस्ता अपराधिक घट्नाले व्यवसायिक क्षेत्र थप धराशायी र त्रस्त हुन पुगेको छ । यस्तो हुनु जो कोहीको पक्षमा पनि हितकारी नहुने भएकोले यो संघ घोर भर्त्सना गर्दछ ।

अतः घट्नाको निष्पक्ष छानविन तथा दोषीलाई तत्काल कारवाही गरी उद्योगी व्यापारी व्यवसायीहरुको जीवन रक्षा तथा व्यवसायको संरक्षण गर्न गराउन, सुरक्षाको प्रत्याभूति गर्न र शान्ति सुरक्षा बनाई भविष्यमा यस्ता निन्दनीय कार्य पूनः दोहोरिन नदिन यो संघ जोडदार माग गर्दछ ।

This web site has been visited 47989  times since March 1 2008.
Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur
PO Box No: 13
Phone: 057-520310, 523310, 521260  Fax: 057-521110
Email: infomcci@ntc.net.np
www.mcci.org.np