वि.सं. २०४२ सालदेखि नै स्थानीय उद्योगी व्यवसायीको प्रवद्र्धनकालागि यस संघले मेला महोत्सव आयोजना गर्दै आईरहेको छ । सोपश्चात मेलालाई निरन्तरता प्रदान गर्ने क्रममा बि.सं. २०४३, २०५३, २०५५, २०५६ सालमा आयोजना गरिएको थियो भने बि.सं. २०६६ मा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा २०६८, २०७० र २०७२ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न गरिसकेको छ । देशकै मध्यभागमा रहेको ३ नं. प्रदेशको राजधानी यस सुन्दर हेटौंडा नगरीको ५० बर्षभन्दा बढीको औद्योगिक संस्कार रहेको र हेटौंडा औद्योगिक क्षेत्र क्षेत्रफलको हिसाबमा राष्ट्रकै ठूलो औद्योगिक क्षेत्र पनि हो । संगसंगै अर्को नया औद्योगिक क्षेत्रको स्थापना भई भौतिक पूर्वाधारको तयारी पनि भईरहेको अवस्था छ । प्रादेशिक राजधानी भईसकेपश्चात हेटौंडाको आर्थिक विकासले पनि गति लिंदै गएको छ ।
उद्योगको उत्पादनहरुलाई सहज ढंगले उपभोक्ता समक्ष पु¥याउदै आर्थिक सामाजिक विकासमा टेवा पु¥याउन मकवानपुर जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन यस मकवानपुर उद्योग वाणिज्य संघले आगामी २०७५ फागुन १६ गतेदेखि २६ गतेसम्म हेटौंडा ५ स्थित क्याम्पा चौरमा ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ आयोजना गर्न गईरहेको छौं । मकवानपुरका स्थानीय तथा मौलिक बस्तुहरुको प्रदर्शनी, भेषभुषाहरुको प्रवद्र्धन, हस्तकला, औद्योगिक बस्तु तथा सेवाहरुको प्रवद्र्धनसंगसंगै जिल्लाको पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यो मेला आयोजना गरिदै छ। स्थानीय कलाकारहरुको प्रवद्र्धनकालागि हेटौंडा आईडल र बालबालिकाहरुकालागि मनोरञ्जनजन्य कृयाकलापहरुसमेत आयोजना गरिने यो मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संघसंस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादनहरु प्रदर्शन गरिनेछन् । मेलालाई पूर्ण रुपमा कृषि, पर्यटन, उद्योग र व्यवसायको प्रवद्र्धन गर्ने थलोको रुपमा अघि बढाईनेछ ।