News & Events »

‘श्रमशक्ति निर्यातले मुलुक समृद्ध बन्दैन मूख्य सचिव लिलामणि

नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले श्रमशक्ति निर्यातबाट मुलुक समृद्ध बन्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ । युवाशक्ति वैदेशिक रोजगारीमा जा“दा मुलुक नबन्ने उहा“को भनाइ छ ।
    मकवानपुर उद्योग वाणिज्य संघको ४७ औं साधारणसभाको  हेटौंडामा उद्घाटन गर्दै उहा“ले
रोजगारको अवसर सिर्जना गरेर अन्य देशमा गइरहेको युवा शक्तिलाई रोक्न सकेमात्र मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको हो ।
    दोस्रो संविधानसभाको निर्वाचनपछि पनि युवा विदेश जाने क्रम झन् बढेको उल्लेख गर्दै मुख्यसचिव पौडेलले भन्नुभयो– ‘हामीले युवालाई भविष्यप्रति आशावादी अझै बनाउन सकेका छैनौं ।’ संविधानसभाको निर्वाचनपछि पनि मुलुकका समस्या समाधान हुन्छ भन्नेमा युवा विश्वस्त हुन नसकेकाले विदेश गइरहेको पौडेलले बताउनुभयो । ुनेपालको श्रम शक्ति विदेश जानेक्रम बढिरहेको छ । यसले नेपाललाई समृद्ध बनाउन सक्दैन । जुन देशमा पुगेर हाम्रा युवाले श्रम र पसिना बगाउ“छन् । त्यही मुलुक समृद्ध हुने हो । मुलुकमा श्रमको सम्मान र अवसर नभएसम्म आर्थिक विकास सम्भव छैन ।’ उहाले भन्नुभयो ।
    मुलुकमा भएको लामो द्वन्द्व, संक्रमणकाल र राजनीतिक अस्थिरताका कारण दीर्घकालीन नीति ऐन र कानुन निर्माण गर्न नसक्दा मुलुक आर्थिक विकासमा पछि परेको उनले उल्लेख गर्नुभयो । मुलुकलाई आर्थिक विकासमा लैजान आफैंबाट सुरुआत गर्नुपर्ने मुख्य सचिव पौडेलले बताउनुभयो । मुलुकमा रोजगारीका लागि पूर्वाधारको कमी र भएकालाई पनि उपयोगमा ल्याउन नसकेको उल्लेख गर्नुभयो । भएका पूर्वाधारलाई दिगोरुपमा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । अहिले पनि दक्ष जनशक्तिको अभावमा विदेशबाट ल्याउनु पर्ने बाध्यता कायम रहेको जानकारी दिनुभयो ।
    उहा“ले  व्यवसायीले आफू कमाउने भन्दा पनि सामाजिक दायित्व पनि निर्वाह गर्न आग्रह गर्नुभयो । समस्यालाई प्राथमिकीकरण गरेर हल गर्नेतर्फ लागि रहेको पौडेलले उल्लेख गर्नुभयो । सरकारले ल्याएका कार्यक्रमलाई कार्यान्वयन गर्दै लगेको बताउनुभयो । सरकारले लगानीको उपयुक्त वातावरण तयार गर्ने, निर्यातजन्य उद्योगलाई सरकारले अनुदान दिने, औद्योगिक क्षेत्रलाई निश्चित समय लगातार विद्युत् उपलब्ध गराउने कार्यक्रम ल्याएको बताउनुभयो ।
    मकवानपुर देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने मुख्य सचिव पौडेलले उल्लेख  गवर्नुभयो । देशको पुरानो औद्योगिक क्षेत्र रहेको र धेरै आर्थिक विकासका सम्मभावना बोकेको जिल्लाको रुपमा रहेको बताउनुभयो । उहा“ले उनले मुलुकको सम्रग आर्थिक विकासका लागि मकवानपुरको अग्रणी भूमिका रहने जानकारी दिनुभयो ।  हेटौंडा अस्पतालको स्तरवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहा“ले अस्पतालको कामका लागि प्रशासनिक काममा रोकावट नगर्ने  बताए ।
    उहा“ले भन्नुभयो– ‘क्रसर उद्योग सञ्चालनमा सरकारले रोक लगाएको छैन । मापदण्डमा रहेर उद्योग सञ्चालन गर्नुस् कसैले रोक्दैन ।’ उहा“ले मापदण्ड पालना नगर्ने उद्योगलाई सरकारले कारबाही गर्ने चेतावनी दिए । मापदण्डमा सञ्चालन भएका उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन र नभएकालाई कारबाही गर्न  सरकार लागिपरेको उल्लेख गर्नुभयो ।
    मध्यमाञ्चल क्षेत्रीय प्रशासक श्रीरञ्जन लाकौलले अब मुलुकलाई समृद्ध बनाउन आर्थिक बृद्धिदर बढाउन आवश्यक रहेको बताउनुभयो । मुलुकमा रोजगारीको सिर्जना व्यापार व्यवसाय बढाउन उद्योगीको महत्वपुर्ण भूमिका रहने उल्लेख गरे । उनले कृषि र पर्यटन विकासमा जोड दिनुपर्ने बताउनुभयो । लगानी सुरक्षाका कारण लगानी भित्रन नसकेको उहा“ले बताउनुभयो ।
    मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले मकवानपुरलाई बन्दमुक्त जिल्ला घोषणा गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानका लागि बन्दको संस्कृतिलाई बन्द गर्नुपर्ने बताएका हुन् ।
    उहा“ले उद्योगी व्यवसायीले सरकारको ऐन, कानुनको दायरामा रहनुपर्ने उल्लेख गर्नुभयो । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मध्यमाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, नेकपा एमाले मकवानपुरका अध्यक्ष रामेश्वर राना, जिल्ला विकास समिति मकवानपुरका स्थानीय विकास अधिकारी गोकर्ण शर्मा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback