News & Events »

६० जना महिलालाई बेकरी तालिम


    मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले महिलालाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यका साथ बेकरी तालिम प्रदान गरेको छ । ४ दिनसम्म चलेको तालिममा ६० जना महिलाको सहभागिता रहेको थियो ।
गत माघ २ गतेदेखि सुृरु भएको तालिम ५ गतेसम्म सञ्चालन गरिएको थियो ।अधिकांश गृहिणी महिला सहभागी तालिममा पिज्जा, बर्थडे केक, बर्गर, दुनटलगायत भेज नन्भेज आइटमहरु बनाउन सिकाइएको थियो । हेटौंडा–१०, स्थित आषिश बेकरी उद्योगमा संचालित तालिममा उद्योगका प्रोपाइटर ज्ञानेन्द्र ढकालले प्रशिक्षण दिनुभएको थियो । महिला उद्यमी विकास समितिका सचिव निलम वैद्यको संयोजकत्वमा आयोजना गरिएको तालिममा महिला उद्यमी विकास समितिका कार्यवाहक सभापति देवकुमारी ढकालको सभापतित्व रहेको थियो । तालिमको समुद्घाटन संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको प्रमुख आतिथ्यतामा गरिएको थियो । समुद्घाटन संघका अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो । समापन कार्यक्रममा प्रमाण पत्र प्राप्त गरेपश्चात सहभागीहरु हर्षित भएर आफूहरु यो तालिमबाट धेरै लावान्वित भएको जानकारी दिनुहु“दै तालिमको सहि सदुपयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback