News & Events »

संघको टोली दक्षिण कोरियाको भ्रमणमा । (२०७५ बैशाख २८)

दक्षिण कोरियाको विभिन्न क्षेत्रको विकासलाई मध्यनजर गरी कृषि क्षेत्रलाई विशेष चासोको विषय बनाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालज्यूको नेतृत्वमा दक्षिण कोरिया भ्रमणमा जानुभएको छ । ५ दिनको भ्रमणमा जानुभएको टोलीले दक्षिण कोरियाको गिम्हे माईग्रेन्ट हाउस, ग्या·नाम नेशनल युनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजी र बुसान उद्योग वाणिज्य संघसंग भेटघाट गरी कृषि क्षेत्रको विकासकालागि छलफल गरेको थियो । अध्यक्ष कटुवालसहित पूर्वअध्यक्ष अरुणराज सुमार्गी, सचिव विष्णुगोपाल महर्जन, कासस कृष्णप्रसाद ढुंगाना र सदस्य भीम तिमल्सिनासहित पुगेको भ्रमण टोलीले कृषि उत्पादन, कुखुरापालनलगायतका उद्योगहरुको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणमा मउवासंघ र गिम्हे माईग्रेन्ट हाउससंग द्विपक्षीय सहयोग आदानप्रदान गर्न सम्झौता पनि गरिएको थियो । संघले मकवानपुरमा आधुनिक कृषि र व्यावसायिक तालिम प्रदान गर्दै जाने लक्ष्य लिएको छ । संघले छिट्टै नै दक्षिण कोरियाको ग्या·नाम नेशनल युनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजीसंग सम्झौता गर्ने कार्य अघि बढाउ“दै पनि छ । सम्झौता बमोजिम कोरियन भाषा तालिम, आधुनिक कृषि तालिमलगायतका कार्यक्रमहरु अघि बढाईनेछन् ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback