News & Events »

भूमिपूजन कार्यक्रम सम्पन्न । (२०७५ बैशाख ५)

                संघले अक्षय तृतीयको शुभ साईतको अवसर पारेर पल्पसा सभागृह परिसरमा निर्माण शुरु हुन गईरहेको अतिथि गृह निर्माणस्थलको भूमिपूजन सम्पन्न गरेको छ । पल्पसा सभागृह परिसरमा आयोजित भूमिपूजन कार्यक्रम संघका अध्यक्ष कृष्ण कटुवाल, पूर्वअध्यक्ष जीवनकाजी माकजु श्रेष्ठ, पूर्वअध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी र पूर्वअध्यक्ष भुवनलालश्रेष्ठज्यूबाट संयुक्त रुपमा गरिएको थियो । भूमिपूजनको विधिपश्चात सबैलाई प्रसाद वितरण गरिएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । अतिथि गृह निर्माणकालागि नक्सालगायतको काम अघि बढिसकेको र थप आवश्यककार्य अघि बढ्दै गरेको सचिव तथा निर्माण समिति संयोजक विष्णु गोपाल महर्जनले बताउनुभएको थियो । अनुमानित ५ करोडको लागतमा निर्माण हुन गईरहेको अतिथि गृहमा ३२ वटा कोठा र एउटा सभाहल हुनेछ । उक्त अतिथि सदन छिटोमा दुई वर्षभित्र सम्पन्न गरिसक्ने संघले लक्ष्य लिएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback