News & Events »

३७ जनालाई राहत सामग्री वितरण (२०७७ कात्तिक ३)

विपन्नलाई राहत सामग्री वितरण कार्यक्रमको तेश्रो दिन सोमबार पनि मकवानपुर उद्योग वाणिज्य संघले राहत वितरण कार्यलाई निरन्तरता दिएको छ । संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ताको अध्यक्षता तथा संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा राहत सामग्री वितरण गरिएको हो ।

Food distribution6

कार्यक्रममा संघका सचिवद्वय सन्तोष कुमार अर्याल र काव्यमणि अधिकारीको सहभागिता रहेको थियो भने ३७ जनालाई राहत वितरण गरिएको थियो । प्रमुख अतिथि न्यौपानेले विगतदेखि यस किसिमका सहयोगहरु संघले गर्दै आएको र यस पटक कोभिड १९ बाट प्रभावित विपन्न समुदायलाई राहत वितरण गरिएकोमा प्रशंसा गर्नुहुदै सहभागिहरुलाई बडा दशैंको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Food distribution6



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback