News & Events »

३ नं. प्रदेश सांसदज्यूहरुलाई हेटौंडाको भ्रमण गराईयो । (२०७५ बैशाख ११)

 

                संघले प्रदेश नं. ३ का माननीय सांसदज्यूहरुलाई हेटौंडाको भ्रमण गराएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा गरिएको भ्रमण कार्यक्रममा हेटौंडाको बस्तुस्थिति बुझाउन प्रदेश नं. ३ का माननीयज्यूहरुको भ्रमण कार्यक्रमको आयोजना गरिएको थियो । प्रदेश नं. ३ का ७३ जना माननीयज्यूहरुलाई हेटौंडाका विभिन्न उद्योगहरुमध्ये अन्टार्र्किटक विस्कुट उद्योग, हेटौंडा दुग्ध वितरण आयोजना र शिवम सिमेन्ट उद्योगको अवलोकन गराईएको थियो । त्यसैगरी धार्मिक पर्यटकीयस्थलको रुपमा चर्चित हुदै गईरहेको कुष्माण्ड सरोवरको पनि भ्रमण गराईएको थियो । मकवानपुरका उद्योगहरुको अवस्था र यहा“को धार्मिक पर्यटनका विषयमा अवगत गराउ“दा सांसदज्यूहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो । भ्रमण गराई हेटौंडाको बस्तुस्थिति बुभ्mन सहयोग गरेकोमा सबै माननीयज्यूहरुबाट मकवानपुर उद्योग वाणिज्य संघलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । भ्रमण कार्यक्रमलाई सफल बनाउन अन्टार्टिक विस्कुट उद्योग, हेटौंडा दुग्ध वितरण आयोजना, रिलायन्स बोर्डि· स्कुल र हेटौंडा एकेडेमीबाट सहयोग प्राप्त भएको थियो । भ्रमणपश्चात आयोजित शान्त रात्रीभोजको व्यवस्था शिवम सिमेन्टबाट प्रायोजन गरिएको थियो । भ्रमण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback