News & Events »

व्यावसायिक सुरक्षा विषयमा छलफल कार्यक्रम । (२०७५जेष्ठ ३१)

संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा व्यावसायिक सुरक्षा विषयमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा नगरका विभिन्न बैंकहरुबीच छलफल कार्यक्रम आयोजना गरिएको हो । छलफल कार्यक्रममा स्वागत मन्तव्य राख्नुहु“दै अध्यक्ष कटुवालले नगरको सुरक्षामा सिसिटिभीले पु¥याएको योगदानको चर्चा गर्नुहु“दै विभिन्न समयमा सिसिटिभी विग्रने समस्या आईरहेकोले यसकालागि बैंकहरुबाट पनि आवश्यक बजेटको व्यवस्था हुन सके चोरी, लुटपाटको घटना न्यूनिकरणमा सहयोग पुग्ने पनि बताउनुभयो । बैंकहरुको एटीएम काउण्टर पनि संसा“झै बन्द हुने भएकोले यसलाई २४ घण्टा नै खुला राख्नुपर्ने पनि उहा“ले बताउनुभएको थियो । तात्कालिन प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठज्यूले सिसिटिभीले नगरको सुरक्षामा उल्लेखनीय सहयोग पु¥याईरहेको भएपनि यसको मर्मतमा ध्यान पु¥याउनु सबैको दायित्व रहेको बताउनुभयो । प्रदेशको राजधानी भएको अवस्थामा सुरक्षाको चुनौती पनि संगसंगै रहेको बताउनु हु“दै उपरीक्षक श्रेष्ठले नगरको समग्र सुरक्षामा सबैको समन्वय र सहयोग भए २४ घण्टा नै नगर खुल्ला राख्न सकिने पनि बताउनुभयो । बैंकहरुले पनि यसकालागि आप्mनो तर्पmबाट यथेष्ट सहयोग गर्न उनले आग्रह गरे ।

बैंकर्सहरुको तर्फबाट आप्mनो विचार राख्दै बैंक अफ काठमाडौंका प्रबन्धक रमेश प्याकुरेलज्यूले बैंकहरुबाट पनि सिसिटिभीको लागि सक्दो सहयोग रहने बताए । आगामी वर्षको बजेट बनाउने क्रममा रहेको बताउँदै प्रबन्ध प्याकुरेलज्यूले आगामी वर्षको बजेटमा सिसिटिभीकोलागि निश्चित रकम छुट्ट्याउन सक्दो प्रयास गर्ने बताउनुभयो । छिट्टै नै नगरमा भएका सबै बैंकर्सहरुसंग थप छलफल गरी सबै बैंकबाट निश्चित रकमको व्यवस्था गर्न पहल गर्ने पनि उहा“ले बताउनुभयो ।

संघका पूर्वअध्यक्ष भूवनलाल श्रेष्ठ र पूर्वअध्यक्ष तथा नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीज्यूले पनि सिसिटिभिलाई चुस्त राख्ने दायित्व सबैको भएकोले यसमा नगरमा रहेका बैंकहरुबाट पनि उल्लेखनीय सहयोग प्राप्त हुनुपर्ने बताउनुभयो ।

संघका सचिव विष्णु गोपाल महर्जनज्यूले संचालन गर्नुभएको छलफल कार्यक्रममा समापन मन्तव्य राख्दै बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले नगरको सुरक्षामा बैंकर्सहरुबाट ठूलो आशा रादिएको बताउनुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, उपाध्यक्षद्वय रामप्रसाद न्यौपाने, गणेशप्रसाद भेटुवाल, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिवद्वय सन्तोष अर्याल, काव्यमणि अधिकारी, कासस सुनिल अधिकारी, राजाराम कार्की, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्दप्रसाद रिजाल र विभिन्न बैंकका प्रबन्धकज्यूहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback