News & Events »

१५ मिटर सम्बन्धमा डेलिगेशन


मकवानपुरका उद्योगी व्यवसायी तथा सभासदहरुले हेटौंडाको सडक विस्तारको बारे स्थानीयमा छाएको त्रासको बारेमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा डेलिगेशन पत्र बुझाएका छन् ।
    २५ मिटर सडक फराकिलो पार्ने चर्चा चलिरहेका बेला (२०७१ चैत ९) सोमबार  गएको मकवानपुरे टोलीले मुआब्जा दिएर १५ मिटर मात्र सडक भत्काउन बिकल्प दिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा गएको टोलीले भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिलाई भेटी डेलिगेशन पत्र बुझाएको थियो । संविधानसभा सभासद तथा पूर्व जलस्रोत राज्यमन्त्री डिना उपाध्याय, सभासद इन्द्र बानिया“, अनन्त पौडेल, रामनारायण बिडारी, संघका महासचिव महेन्द्र राउतलगायतको टोलीले डेलिगेशन पत्र बुझाएको थियो । डेलिगशेन पत्र बुझाउ“दै मकवानपुरे सभासदहरुले २५ मिटरको विकल्पमा उचित मुआब्जा दिएर १५ मिटर मात्र सडक विस्तारको काम अघि बढाउन आग्रह गर्नुभएको थियो ।
    डेलिगेशन पत्र बुझिसकेपछि भौतिक योजना तथा निर्माण मन्त्री निधिले सडक विस्तारको लागि नारायणी अञ्चलस्तरीय उच्चस्तरीय समिति बनाइसकेको र सो समितिले वीरगञ्जमा काम गरिरहेको जानकारी दिनुभयो । सो समितिले हेटौंडामा चांडै काम थाल्ने भन्दै निधिले १५ मिटर भत्काउनेबारे सकारात्मक जवाफ दिनुभयो । संघका अध्यक्ष राजकुमार न्यौपानेकाअनुसार उद्योग व्यवसायी र मकवानपुरका स्थानीयको भावनाअनुसार काम गर्न निधिले सकारात्मक जवाफ दिनुभयो ।       



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback