News & Events »

हेल्प डेस्कलाई सहयोग प्राप्त (२०७८ आषाढ २१)

COVID Help Desk 3.21
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरलाई सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्थाबाट सहयोग प्राप्त भएको छ । सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्थाबाट खाद्यान्न सहयोग प्राप्त भएको हो । सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशिला पाण्डेले कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवाललाई सोमबार खाद्य सामग्री हस्तान्तरण गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीका अध्यक्ष सुशिला पाण्डे, हेल्प डेस्कका सदस्य सरोज खनाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता र संयोजक कृष्ण कटुवालले मन्तव्य राख्नुभएको थियो । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले सहयोगको लागि सुखसमृद्धि बचत तथा ऋण सहकारी संस्थाको टिमलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

COVID Help Desk 3.21 (1)

कोभिड हेल्प डेस्क मकवानपुरलाई पूर्व गृहराज्यमन्त्री, नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेशका प्रतिपक्षि दलका नेता सांसद माननीय ईन्द्र बहादुर बानियाबाट हेल्प डेस्कलाई सहयोग प्राप्त भएको छ । उहांले रु. ६०,०००।– नगद सहयोग गर्नुभएको हो । उहांले आइसोलेशनमा स्वास्थ्यलाभ लिइरहनुभएका कोभिडका बिरामीहरुसंग पनि अन्तक्र्रिया गर्नुभएको थियो ।

COVID Help Desk 3.21 (2)

हेल्प डेस्कलाई सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आर्थिक सहयोग प्राप्त भएको छ । राप्रपाका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाबाट हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई नगद रु. १७,०००।– हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा राप्रपा मकवानपुरका नेता कार्यकर्ता र हेल्प डेस्कका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

COVID Help Desk 3.21 (3)

होटल व्यवसायी भागिरथ शर्माबाट हेल्प डेस्कलाई सहयोग प्राप्त भएको छ । उहांले सोमबार पल्पसा आइसोलेशन सेन्टरलाई १० किलो कुखुराको मासु सहयोग गर्नुभएको हो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । सोमबार संघका सहकोषाध्यक्ष राधिका सामरी पाण्डेको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback