News & Events »

हेल्प डेस्कलाई सहयोग जुट्दै (२०७८ जेष्ठ २९)

COVID Help Desk29.1

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरलाई विभिन्न निकायबाट शनिबार सहयोग प्राप्त भएको छ । नेकपा एमाले मकवानपुरबाट पल्पसा आइसोलेशन सेन्टरको लागि आवश्यक वासिङ्ग मेसिन खरिद गर्न रु. ५०,०००।– नगद सहयोग प्राप्त भएको हो । नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशका सांसद मुनु सिग्देलले उक्त रकम सहयोग गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा सांसदहरु बसुन्धारा हुमागाई र लक्ष्मण लम्सालसमेतको उपस्थिति रहेको हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले जानकारी गराउनु भएको छ ।
त्यस्तै आइएमई जनरल इन्स्योरेन्सबाट १०० लिटर सनफ्लावर तेल सहयोग गर्नुभएको छ । आईएमई जनरल इन्स्योरेन्स, हेटौंडाका डेपुटी मेनेजर अजय अधिकारीले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।
मारवाडी एशोसिएशन मकवानपुरबाट पनि हेल्प डेस्कलाई सहयोग भएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने रु. १५,०००।– बराबरको १०० प्याकेट आयुर्वेदिक औषधी सहयोगस्वरुप प्राप्त भएको मउवासंघका सचिव सन्तोष कुमार अर्यालले जानकारी गराउनु भयो । आयुर्वेदिक औषधी हस्तान्तरण कार्यक्रममा मारवाडी एशोसिएशन मकवानपुरको तर्फबाट अध्यक्ष पवन अग्रवाल र कोषाध्यक्ष सुनिल सिंघल, व्यवसायी अजय अग्रवाललगायतको उपस्थिति रहेको थियो ।
पल्पसा आइसोलेशन सेन्टरमा रहनुभएका बिरामीहरुको लागि संगम टेण्ट हाउस, चितवनका प्रोपाइटर कुरेश अहमदले रु. ६,०००।– बराबरको ३ काटुन ड्राइगन फ्रुट सहयोग गर्नुभएको थियो ।
त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कुल प्रसाद चौलागाई र कुखुरा व्यवसायी विरेन्द्र खत्रीले पल्पसा आइसोलेशन सेन्टरको लागि १४ क्रेट अण्डा सहयोग गर्नुभएको छ । कुखुरा व्यवसायीसमेत रहनुभएका कुल प्रसाद चौलगाईले वर्ड फ्ल्युबाट नोक्सानी व्यहोर्नुभएको थियो भने दोश्रो लहरको कोभिडबाट भर्खरै मात्र उहां मुक्त हुनुभएका हुन् ।
साथै पल्पसा आइसोलेशन सेन्टरको शनिबारको खाना तथा नास्ताको लागि मउवासंघका उपाध्यक्ष गणेश भेटुवालले १० किलो कुखुराको मासु सहयोग गर्नुभएको छ । पल्पसा आइसोलेशन सेन्टरमा रहनुभएका कोभिड संक्रमित, स्वास्थ्यकर्मी र व्यवस्थापनमा खट्नुभएका महानुभावहरुको लागि उपाध्यक्ष भेटुवालले सहयोग गर्नुभएको हो ।
त्यसैगरी अप्सरा ईन्टरप्राइजेजका प्रोपाईटर भवनाथ दहालले पल्पसा आइसोलेशन सेन्टर संचालनमा रहेसम्मको लागि दैनिक २ लिटर दुध सहयोग गर्ने बताउनु भएको छ ।
कोभिड हेल्प डेस्क मकवानपुरले कालिकाटारस्थित स्वास्थ्य केन्द्रका प्रमुख सुधिर महतोलाई स्वास्थ्य केन्द्रमै गई ५ लिटर सेनिटाइजर र ५०० थान माक्स सहयोग गरेको छ ।
पल्पसा आइसोलेशनको कामकारवाही व्यवस्थित बनाइराख्न हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु सरोज खनाल, शंकरलाल श्रेष्ठ, पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठलगायत हेल्प डेस्कका अन्य सदस्यहरुको नियमित उपस्थिति रहने गरेको छ भने शनिवारको दिन व्यवसायी होमनाथ गौतम, दिनेश उपाध्याय, आनन्दराम पराजुलीलगायतको पनि उपस्थिति रहेको थियो ।

COVID Help Desk29.2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback