News & Events »

हेल्प डेस्कलाई सहयोग (२०७८ आषाढ ३०)

COVID Help Desk 3.30

कवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बुधबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–४, कर्राका एकजना बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।

हेल्प डेस्कबाट हेटौंडाको मुल बजार क्षेत्र अन्तर्गतका दुई स्थानबाट निःशुल्क मास्क वितरण गरिएको छ । सितलमहल चोक र मउवासंघ चोकबाट बुधबार कुल ९०० थान माक्स वितरण गरिएको हो ।

कोभिड हेल्प डेस्कलाई सहयोग प्राप्त भएको छ । हेटौंडा–२ का निरन श्रेष्ठबाट नगद रु. ५,०००।– सहयोग प्राप्त भएको हो । आईटी व्यवसायी प्रमेश प्रधानमार्फत मउवासंघका सचिव सन्तोष कुमार अर्याललाई बुधबार उक्त रकम हस्तान्तरण गरिएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । बुधबार संघका सचिव सन्तोष कुमार अर्यालको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback