News & Events »

हेल्प डेस्कलाई पुस्तक सहयोग (२०७८ आषाढ ५)

COVID Help Desk3.05

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा शनिबार सांझसम्ममा १६ जना संक्रमित उपचाररत हुनुहुन्छ । पल्पसा आइसोलेशनबाट शनिबार छजना घर फर्किनु भएको छ । साथै चारजना संक्रमित नयां भर्ना हुनुभएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी गराउनु भएको छ ।
कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट शनिबार ३५ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये ३१ जना संक्रमितहरु घरमै रहेको ४ जना अस्पताल र आइसोलेशन सेन्टरमा रहेको बताउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गरिएको छ ।
हेल्प डेस्कबाट शुक्रबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–१०, कर्राका बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।

पल्पसा आइसोलेशन सेन्टरलाई माछा १० किलो सहयोग प्राप्त भएको छ । हेटौंडा–२ निवासी सुनिल बानियाबाट उक्त सहयोग भएको हो ।
पुस्तकालय अभियान समूह मकवानपुरको संयोजनमा सचेत नागरिक युवा समूह मकवानपुरमार्फत रु. ६,०००।– बराबरको १९ थान पुस्तक पल्पसा आइसोलेशन सेन्टरलाई सहयोग प्राप्त भएको छ । समूहबाट पल्पसा आइसोलेशन सेन्टरमा सेवारत स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । समूहका तर्फबाट सुरेश श्रेष्ठ, चुडाराज उप्रेतीलगायतको उपस्थिति रहेको थियो भने हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्य सरोज खनाल, मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, सदस्य नरेन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
पल्पसा आइसोलेशन सेन्टरको डाक्टर सागर काफ्लेले शनिबार निरीक्षण गर्नुभएको थियो । निरीक्षणको क्रममा उहांले मन्तव्य पनि राख्नु भएको थियो । आइसोलेशन संचालन प्रति उहांले प्रशंसा गर्नुहुंदै, संक्रमितहरु गम्भिर अवस्थामा नपुगेसम्म अस्पतालमा नआउने गरेको अनुभव उहांले सुनाउनु भयो । आइसोलेशनहरु ठाउंठाउंमा खुल्दा बिरामीको निगरानी सम्भव हुने र जटिल देखिए हेटौंडा अस्पतालमा पठाउन सकिने उहांले बताउनु भएको थियो । कोभिड १९ भाइरसको प्रभाव पहिलो ५ दिनसम्म संक्रमण भएको थाहा नहुने, भाइरस बढ्ने, स्वाद र गन्ध विस्तारै हराउन थाल्ने, त्यसपछि ५ दिनदेखि ९ दिनसम्ममा ज्वरो आउने, झाडापखाला लाग्ने, स्वाद र गन्ध हराउने, सास फेर्न गारो हुने जस्ता संकेतहरु देखिएको उहांले बताउनु भएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने गरेका छन् । शनिबार संघका उपाध्यक्ष गणेश भेटुवालको संयोजन रहेको थियो ।

COVID Help Desk 3.05 (1)



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback