News & Events »

हेल्प डेस्कलाई ई.टि.यस.सि. नेपालको सहयोग (२०७८ आषाढ ११)

COVID Help Desk3.11
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरद्धारा संचालित पल्पसा आइसोलेशन सेन्टरमा २२ जना उपचाररत हुनुहुन्छ । हालसम्म पल्पसा आइसोलेशन सेन्टरबाट ४५ जनाले भर्ना भई स्वास्थ्यलाभ लिनुभएको छ । शुक्रबार एकजना संक्रमण मुक्त भई घर फर्कनु भएको थियो ।


पल्पसा आइसोलेशन सेन्टरबाट शुक्रबार २८ जना कोभिड संक्रमितहरुलाई फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये दुईजना पल्पसा आइसोलेशन सेन्टरमा भर्नाहुन आउनुभएको थियो । बाकी २६ जना घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको छ ।


शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल (ई.टि.यस.सि. नेपाल) बाट पल्पसा आइसोलेशन सेन्टरलाई सहयोग प्राप्त भएको छ । सहयोग सामग्रीहरु १० किलो स्याऊ, १० क्रेट अण्डा, बदाम र काजु २०० ग्रामको १० प्याकेट, औषधी तथा सरसफाई सामग्री दश प्याकेट रहेको थियो । सहयोग सामग्री ई.टि.यस.सि. नेपालका परियोजना संयोजक जगदिश अधिकारीले पल्पसा आइसोलेशनका संयोजक भुवनलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । कोभिड हेल्प डेस्क मकवानपुरका सदस्य सरोज खनालले संचालन गर्नुभएको सहयोग हस्तारन्तरण कार्यक्रममा मउवासंघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुहुंदै परोपकारी कार्यमा खटेको हेल्प डेस्क टिमलाई सहयोगले हौसला मिलेको बताउनु भएको थियो । कार्यक्रममा ई.टि.यस.सि. नेपालका बसन्ता वाईबा, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाटलगायतको उपस्थिति रहेको थियो ।


पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । शुक्रबार संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback