News & Events »

हेल्प डेस्कबाट अक्सिजन सहयोग जारी (२०७८ आषाढ २६)

COVID Help Desk 3.26

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट शनिबार दुईजनालाई विदाई गरिएको छ । आइसोलेशन बसाईबाट स्वास्थ्यलाभ प्राप्त भई उहांहरु विदाई हुनुभएको हो । पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, कोभिड हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता र मउवासंघका कार्यसमिति सदस्य रवि कडेल शर्माले उहांहरुलाई विदाई गर्नुभएको थियो ।

कोभिड हेल्प डेस्कबाट शनिबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा ५, पिप्लेका एकजना कोभिडको बिरामीका लागि उक्त अक्सिजन सहयोग गरिएको हो । कोभिड हेल्प डेस्क मकवानपुरको गठनदेखि हालसम्म हेल्प डेस्कले बिरामीहरुको लागि निरन्तर अक्सिजन सहयोग गर्दै आएको छ ।

पल्पसा आइसोलेशन सेन्टरलाई शनिबार सहयोग प्राप्त भएको छ । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेश प्रसाद कोइरलाबाट सहयोग प्राप्त भएको हो । उहांले पल्पसा आइसोलेशन सेन्टरको व्यवस्थापनमा क्रियाशील टोली र स्वास्थ्यकर्मीहरुको लागि रु. ४,०००।– बराबरको मासु सहयोग गर्नुभएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । शनिबार संघका उपाध्यक्ष गणेश भेटुवालको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback