News & Events »

हेल्प डेस्कबाट अक्सिजन सहयोग (२०७८ आषाढ २२)

COVID Help Desk 3.22
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट मंगलबार संक्रमण मुक्त हुनुभएका एकजनालाई विदाई गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले खादा लगाई विदाई गर्नुभएको थियो ।

हेल्प डेस्कबाट मंगलबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा ४, श्रमिक पथका एकजना बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । मंगलबार संघका कोषाध्यक्ष अनिल अग्रवालको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback